हेलो सरकारको २४ घण्टे सुरुवात, २०८०।०५।१७ पश्चातको परिदृश्य

तारा दल गणको जिम्मेवारी क्षेत्र दोलखा जिल्ला, बिगु गा.पा. वडा नं.४ खोलिखिममा मिति २०८०।०५।१८ गतेदेखी सञ्चालन हुने “अपरेशन सिंगटी रक्षा” मा पूर्व निर्देशन बमोजिम स्थानीय प्रहरी प्रशासन, सम्बन्धित गाउँपालिका तथा अन्य सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरी सुरक्षाको सम्पुर्ण ब्यवस्था मिलाई ढुङ्गा ब्लास्टिङ्ग कार्यको लागि खट्टिएका श्री कालीसिद्धि गण (ई) बाट खट्टिएका ईन्जिनियर टिमबाट आज मिति २०८०।०५।१८ गते उक्त ढुङ्गाको दक्षिण पश्चिम भागमा २१ वटा Hole तयार पारी ऐ. मितिको १७०५ बजे पहिलो ब्लास्टिङ्ग सफलतापूर्वक सम्पन्न गरेको । उक्त ब्लास्टबाट कुनैपनि मानविय तथा भौतिक क्षति नभएको तर २०० मि. तलतिर रहेको बिजुलीको पोलमा उछिट्टिएको ढुङ्गाले पोल केहि बांगिएको

………………………………….
• सम्माननीय प्रधानमन्त्रीज्यूले उद्घाटन गरेको विगु गाँउपालिका दोलखाको गुनासो सम्बोधन गरी शुभारम्भ भएको । उक्त कार्य २०८०।०५।१७ बाटै कार्यान्वयनमा आएको।
• २०८०।०५।१८ मा ओखलढुंगा मानेभञ्ज्याङ गाउपालिका ८ की देविमाया दर्जीले टिचिङ अस्पतालमा बेड नपाएको गुनासो गर्नुभएकोमा टिचिङ अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध तत्काल गरिएको ।
• फोनमार्फत गुनासो टिपाउने संख्या अधिक रहेको आम नागरिकको चासो र विश्वास बढेको देखिएको छ ।
• गुनासोको प्रकृतिहरु
o ११११ मा फोन उठ्छ कि उठ्दैन भनि चेक गरेको
o नयाँ सुरुवातको लागि शुभकामना दिनका लागी फोन गरेको
o आर्थिक सहायताका लागि,विकास निर्माणको लागि बजेट व्यवस्थापनको लागी अनुरोध गरेको
o अनियमितता, विकास निर्माणको कार्यमा भएको ढिलाई लगायतका विषयमा नागरिकका गुनासो बढ्दो
o सहकारी ठगी, अनलाईन ठगीका विषय दैनिक रुपमा बढ्दो रहेको
o सामान्य सुझाव तथा सोधपुछका विषयहरुका सम्बन्धमा पनि गुनासा आएका छन् त्यसको सम्बोधन तत्काल टेलिफोन मार्फत गरिएको
• (जस्तै: PAN लिन के गर्नुपर्छ? नागरिकताको विवरण कसरी सच्चाउन मिल्छ?)
o फेसबुक,ट्वीटर लगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताले उल्लेख्य गुनासो आएको ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*