अन्तर्राष्ट्रिय नेपाली मञ्च बहराइनको पाँचौँ अधिवेशन २५ सेप्टेम्बर २०२६ का दिन बहराइनको राजधानी मनामास्थित भेटघाट नेपाली रेस्टुरेन्टको सभाहलमा भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले कमरेड मीनराज नाथलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ।

नवनिर्वाचित कार्यसमिति-
* अध्यक्ष: मीनराज नाथ * उपाध्यक्ष: ओली राईन * उपाध्यक्ष: गोपाल सेजवाल * उपाध्यक्ष: अभिषेक श्रीपाली * उपाध्यक्ष: रोजिना तामाङ * महासचिव: जीवित कार्की ‘दुश्मन’ * सचिव: गगन पुन * कोषाध्यक्ष: चिन्तामणि सापकोटा * सह–कोषाध्यक्ष: गोपाल बि.क. सदस्यहरू: १. दलबहादुर बि.क. २. विकास तामाङ ३. किशोर किराती ४. भुपाल खनाल ५. प्रेम राई बान्तवा ६. मन्जूर अन्सारी ७. हलिम अन्सारी ८. रमन मियाँ ९. नासर अन्सारी १०. मुक्तार अन्सारी ११. एलियास अन्सारी १२. बिक्रमबहादुर अछामी १३. मसलाउद्दिन अन्सारी १४. कोरान अन्सारी १५. मुस्तफा अन्सारी
शपथ ग्रहणपछि अधिवेशनले प्रवासी नेपालीबीच एकता, सहकार्य र संगठनात्मक सक्रियता बढाउँदै श्रमिक तथा समुदायका सवालहरूलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेको थियो। अन्त्यमा अधिवेशन आयोजक कमिटीका संयोजक कमरेड रामु काफ्लेले आफ्नो कार्यकालमा संगठनले सञ्चालन गरेका विभिन्न गतिविधि, हासिल गरेका उपलब्धि तथा सामना गरेका चुनौतीहरूबारे संक्षिप्त धारणा राख्नुभएको थियो।








Be the first to comment