नागार्जुनको कविता- धेरै दिनपछि

धेरै दिनपछि
बल्ल मैले देखें अघाउन्जेल
पाकेको सुनौला बालीको मुस्कान
– धेरै दिनपछि

धेरै दिनपछि बल्ल मैले सुने अघाउन्जेल
धान कुट्ने केटीहरुको कोइलीको जस्तो तान
– धेरै दिनपछि
धेरै दिनपछि
बल्ल मैले छुन पाएँ अघाउन्जेल
आफ्नो गाउँले गोरेटोमा चन्दन रंगको धूलो
–धेरै दिनपछि

धेरै दिनपछि
बल्ल मैले खाएँ अघाउन्जेल मखनका दाना
अघाउन्जेल चपाएँ उखुका लाँक्रा
– धेरै दिनपछि

धेरै दिनपछि
बल्ल मैले भोगें अघाउन्जेल
गन्ध, रुप, रस, शब्द र स्पर्श सबै एकसाथ यो पृथ्वीमा
धेरै दिनपछि।

साभार:
एशिया महादेशका कविताहरुबाट
प्रकाशक
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
२०३० साल
कम्युनिष्ट अनलाइनकालागि सम्पादक जय कार्की
पेज नम्बर ३०९ देखी ३१० सम्म

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*