कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड हो। हाम्रा श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव छ।
तर, रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन्। त्यसैले, किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
यो विशेष दिवसले कृषि र किसानप्रतिको सम्मान एवं उत्पादन वृद्धिको नयाँ सङ्कल्प जगाओस्। सम्पूर्णमा सुख, समृद्धि र सफल खेतीपातीको हार्दिक शुभकामना!
–प्रचण्ड
संयोजक
नेपाली कम्युनिष्ट पार्टी


Be the first to comment