इतिहास: अक्टोबर क्रान्ति अजेय छ– जय कार्की

लेनिनको अतिप्रिय लेखक जोड रिडको भाषामा भन्ने हो भने मजदुरवर्गले संसारलाई हल्लाएको र कम्युनिष्ट सत्ता स्थापना गरेको दिन नोभेम्बर ७ हो । यो महान दिन अक्टोबर क्रान्तिका नामले प्रशिद्ध छ ।

सोभियत संघको पतन भएको झण्डै दुई दशक हुन लागिसक्यो । यस अवधिमा रुसमा चारवटा त संसदीय सरकार परिवर्तन भैसक्यो । निर्वाचनवाट सोभियत सत्ता फर्किने कुनै संभावना पनि देखिएको छैन कल्पना पनि गर्न सकिदैन । सोभियत सत्ताको स्थापना सन १९१७ को अक्टोबर २५ (नया क्यालेण्डर अनुसार नोभेम्बर ७) का दिन श्रमजीविवर्गका महान नेता लेनिन—स्टालिन लगायतको सामूहिक नेतृत्वले संसारमा पहिलोपटक श्रमजीविवर्गको राज्यसत्ता आम शसस्त्र विद्रोहद्धारा स्थापना गरेको थियो ।
संसारको एक तिहाई भूभागमा समाजवादी सत्ता स्थापना भएको झण्डै ७५ वर्षपछि सोभियत संघ टुक्रा टुक्रा भएर विभाजित भई समाप्त भएको थियो । क्रान्तिकारीहरुले जतिसुकै सटिक विश्लेषण गरेर सोभियत संघको विघटन भएको होइन, सुधारवादीहरुको अन्त्य भएको हो, सच्चा कम्युनिष्ट सत्ताको त स्टालिनको देहान्तसंगै समाप्त भएको थियो भन्ने निष्कर्ष निकाले पनि भौतिक एवं विधिवतरुपमा श्रमजीविवर्गको समाजवादी सत्ताको अन्त्य सन १९९१ मा मात्रैै भएको हो ।
सोभियत संघको पतनसंगै संसारभरि साम्राज्यवादीहरुको एकछत्र साम्राज्य खडा भएपछि यो संसारको राजनैतिक भूगोलको नक्सा छिन्नभिन्न पारेर रेखांकन गरिएको छ । इराक, अफगानिस्तान, युगोस्लाभिया, चेकोस्लोभाकिया, जर्मनी, इण्डोनेसिया, सुडान लगायतको राजनैतिक नक्सा परिवर्तन गरिएको छ । पछिल्लो सिकार लिविया, सिरिया र यमन लगायतका देशहरु अमेरिकी साम्राज्यवादीको पंजामा जकडिन पुगेका छन् ।
सन १९९० को दशकपछि नवउदारवाद, भुमण्डलीकरण, निजीकरण र युनिपोलरका नाममा राष्ट्रिय मुक्ति आन्दोलन एवं कम्युनिष्ट आन्दोलन अत्यन्त कम्जोर भएर गएको मात्र छैन क्रमिकरुपमा नोष्टालजिया र युटोपिया बन्दै गएको छ । नेपाल, भारत, फिलिपिन्स, टर्की र कोलम्बियामा संचालित हतियारबन्द आन्दोलनहरु फिका पर्दै गएका छन् ।
सुधारवादी कम्युनिष्टदेखि क्रान्तिकारी कम्युनिष्टहरुको एउटै निष्कर्ष छ । अव कम्युनिष्ट सत्ता माक्र्स, लेनिन, स्टालिन र माओले प्रतिपादन गरेको विश्वव्यापी सिद्धान्तमा आधारित रहन सक्दैन । २१ औं शताब्दीको जनवादभन्दै साम्राज्यावादलाई हानी नहुने र श्रमजीवी वर्गको सत्ता पनि स्थापना सहि अर्थमा नहुने हाइब्रिड समाजवादको परिकल्पना गर्न थालिएको छ । शसस्त्र युद्ध र आमसशस्त्र विद्रोहवाट सत्ता कब्जा गर्ने विषयलाई नै पुंजिवादी राजनैतिक प्रणालीले अस्वीकार गर्दछ ।

तर उसको मतलाई अस्वीकार गर्ने राजनैतिक लाइनभन्दा वाहिर गएर सत्ता संचालन गर्न खोज्यो भने डेमोक्रयसी र मानवअधिकारको रक्षाको खोल ओढेर अरु देशहरुमाथि उदाहरणको लागि लिबिया, इराक र अफगानिस्तान जस्ता देशहरुमा जसरी साम्राज्यवादीहरुले मोर्चावन्दी निर्माण गरेर ध्वस्त पार्ने र आफु अनुकुलको कठपुतली सरकार गठन गरी सम्पुर्णरुपले सो देशको शोषण र दमन गर्ने गरेको छ । आतंकवादलाई निर्मुल गर्ने वाहानवाजी गरेर साम्राज्यवादको विरुद्धमा उत्रेका अफगानी, यमनी तथा कुर्दिस निर्दोष जनतामाथि स्वचालित युद्धक विमान- Drone द्धारा आक्रमण गरी दिनहुं जसो सखाप पारिरहेको छ । त्यो साम्राज्यावादी नरसंहारकारीका विरुद्धमा आवाज उठाउन सक्ने शक्तिशाली राष्ट्रहरुको उदय हुन सकिरहेको छैन । चीन र रुसले साम्राज्यवादी कदम विरोध गरिटोपल्छन् तर भौतिकरुपमा प्रत्याक्रमणमा उत्रने हिम्मत गरेका छैनन् ।
यसको मतलव अव साम्राज्यवादीहरुको यो संसारमा एक छत्र राज भयो त भन्दा त्यो कुरामा पनि कुनै सत्यता भने छैन । सिंगो संसारलाई साम्राज्यवादीहरुले कब्जामा लिएकै हुन त ? त्यसो पनि होइन । किनकी पुंजीवादी देशहरुका वीचमा आपसी अन्तरविरोध झनझन तीव्र भएर गएको छ त्यसैगरी बिकसित देशहरुमा मजदुर र पुंजिपति तथा सरकारवीच तीव्र अन्तरविरोध वढ्दै गएर वर्गसंघर्षमा रुपान्तरण हुंदैछ ।
तर संसारभरिका श्रमजीवीको वर्गको राज्यसत्ताको भने खडेरी परेकै हो । समाजवादी तथा कम्युनिष्ट सत्ताको अभाव यतिखेर संसारभरिका श्रमिकवर्गले गरिरहेका छन् । हरेक देशमा उठेका मजदुर आन्दोलनमाथि व्यापक दमन गरिएको छ ।

मजदुर आन्दोलनमा कहिं कतै पनि कमि आएको छैन । साम्राज्यवादी अमेरिकामा नै सवैभन्दा ठुलो मजदुर आन्दोलन वालस्ट्रिट कब्जा आन्दोलनको नाममा उठ्यो त्यो आन्दोलन झण्डै ६ महिनासम्म चल्यो र त्यसले संसारभरिका दमित शोषित वर्गलाई पुन झकझक्याउने काम ग¥यो । हामी ९९ प्रतिशत, तिमीहरु मात्र एकप्रतिशत भनि पुंजीवादको केन्द्रमा अमेरिकन आन्दोलनकारीहरुले स्थापित गरिछाडे । यद्यपि त्यो आन्दोलन जारी नै छ र विश्वव्यापी त्यसको असर परिरहेको छ ।

युरोप अहिले पनि मजदुर आन्दोलनको भयंकर चपेटामा परिरहेको छ । ग्रीसवाट सल्केको मजदुर आन्दोलन आजका मितिसम्ममा बेलायत, इटाली, स्पेन, फ्रान्स, जर्मनी, हंगेरी र पोर्चुगालसम्म फैलिएको छ । अरब मुलुकहरुमा अरब स्प्रिङ्गको आन्दोलनले विश्राम लिन सकेको छैन । इजिप्ट र टयुनिसियाको आन्दोलन अरु मुलुकमा फैलिन खोज्दै छ । उनीहरु सवैको प्रमुख निचोड एउटै छ पुंजिवादको संकटको भुक्तानी मजदुरलाई वेरोजगार वनाएर परिपूर्ति गर्न पाइदैन । पुंजिवादको विकल्प पुंिजवाद हुनसक्दैन, समाजवादले मात्र समश्याको समाधान गर्नसक्छ जस्ता नाराहरु अहिले पनि एक पछि आर्को गरी उठ्ने समुद्री छाल खासगरी सुनामी र सुपरस्टर्म स्याण्डी जसरी उर्लिरहेका छन् ।

पुंजीवादका नाइके र टेक्नोक्रयाटहरु पुंजीवादभित्र गहिरिदै गएको संकट समाधानको उपाय केही नपाएर अत्तालिईरहेका छन् । पुंजिवादभित्र देखापरेका समश्या समाधानका लागि साम्यवादका महान शिक्षक तथा सर्वहारावर्गका महान नेता कार्ल माक्स, लेनिन, स्टालिन र माओको संकलित रचनाहरु खोजी खोजी अध्ययन गरिरहेका छन् र अरुलाई पनि पढ्न सुझाव दिइरहेका छन् । जबकी कुनै वेला यिनीहरुको मुखमा एउटै गाली झुण्डिन्थ्यो त्यो हो माक्र्सवाद मरिसक्यो ।
अतः संक्षिप्तमा के भन्न सकिन्छ भने श्रमिकवर्गको समश्या समाधान संसारको सही किसिमको विकास खातिर, राष्ट्रिय मुक्ति तथा उपनिबेसवादको अन्त्यको लागि समाजवादको विकल्प छैन । श्रमजीवीवर्गको मुक्तिको खातिर २१ औं शताब्दीमा झनै माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधाराको अझ अपरिहार्यता वढेर गएको पुष्टि भएको छ । किनकी पुंजिवादको चरम उत्कर्षमा पुगेका मुलुकहरुवाटै समाजवादी व्यवस्थाको माग उठिरहेको छ ।

ल्याटिन अमेरिकी देशहरुमा एक पछि आर्को देशमा वामपंथीहरुको सरकार स्थापना भैरहेको छ र ती देशका जनताहरुले सदिऔंदेखिको अमेरिकी र युरोपेली उपनिवेसवादवाट मुक्ति पाइरहेका छन् । कुनै समयको दरिद्र र अस्थिर ल्याटिन अमेरिका यतिखेर संसारको ध्यान खिच्न सफल भएको छ । साम्राज्यवादको सैनिक हस्तक्षेप, प्राकृतिक श्रोत र साधनमाथिको आधिपत्य अन्त्यको लागि एक जुट भएका छन् । त्याहांका जनता ऐले पनि राष्ट्रिय प्रतिरोध आन्दोलनमा जुटिरहेका छन् ।

एशिया र युरोपको समाजवाद बल्ल ल्याटिन अमेरिका र अफ्रिका महादेशमा पुगेको छ । संसाभरिका मजदुर आन्दोलनले फेरी नयां तथा क्रान्तिकारी मोड लिने शुरसार कसिरहेको छ । महान सर्वहारा क्रान्ति अर्थात अक्टोबर क्रान्ति सर्वहारावर्गीय आन्दोलनको दर्शन हो सर्वहारावर्गको मुक्ति सवैभन्दा गहकिलो अश्त्र हो । महान अक्टोबर क्रान्ति अजेय छ ९५औं महान् सर्वहारा क्रान्ति जिन्दावाद ।

यो बिशेष लेख ९५ औं अक्टोबर समाजबादी क्रान्तिको शुभ अवसरमा  प्रस्तुत गरिएको थियो । धन्यवाद

 

 

 

 

 

 

\

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*