विश्व सामाजिक मन्च २०२४(World Social Forum -2024 Nepal) नेपालमा आयोजना भैरहेको अवसरमा अन्टुफले विश्वका विभिन्न देशबाट आउनु भएका पाहुनाहरुकालागि नेपालमा सामाजिक सुरक्षाको विषयमा भैरहेको प्रगतिका बारेमा बताउने र विचार आदान प्रदान गर्ने उदेश्यले विदेशी प्रतिनिधि मण्डलकासाथमा अन्तरक्रियात्मक( Interaction On Contribution Based Social security in Nepal : Prospects, challenges and Way forward) कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रमको अध्यक्षता सो महासंघका अध्यक्ष जगत सिम्खडाले र कार्यक्रमको संचालन महासचिब सालिकराम काफ्लेले गर्नु भएको थियोे । कार्यक्रमलाई विदेशी प्रतिनिधि मण्डलले निकै चासोकासाथ भाग लिएका थिए । कार्यक्रममा SARTUC GS लक्ष्मण बस्नेत, APPVU NS कमरेड चेन्नई, JTUCC अध्यक्ष योगेन्द्र कुँवर, JTUCC GS लालकुमार लामा, ILO नेपालबाट आन्द्रे, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, UNI नेपालबाट तिलकजंग खड्का, JTUCC का अन्य सम्बद्धहरूका अध्यक्षहरू,चन्द्रदेव भट्ट र General Secretary ले उपस्थिति जनाई विचार राख्नु भएको थियो ।
यो भव्य अन्तरक्रिया कार्यक्रमले विदेशमा नेपालको सही आवाज पुग्ने र ऐक्यवद्धतामा वृद्धि हुने अपेक्षा गरिएको छ भने उद्घाटन समारोह पूरा मजदुरमय भएकोमा सबैले उत्साह जाहेर गरेका छन् र आम जनताको मजदुर संगठनहरुप्रति भरोसा बढेर गएको प्रष्ट देखिएको छ ।
Be the first to comment