अभियान अभियान
के को अभियान?
भ्रष्टाचार र अत्याचारलाई
शून्यतामा झार्ने अभियान ।
अभियान अभियान
के को अभियान ?
जनतालाई जगाई
गाउँ गाउँबाट
लुटेरा र शोषकलाई
तह लाउने अभियान
अभियान अभियान
यो कस्तो अभियान?
मजदुरलाई दमन गर्ने
तलब सुबिधा नदिनेलाई
पाठ सिकाउने अभियान
अभियान अभियान
किन यो अभियान?
नारी अस्मितामाथि खेलवाड गर्नेलाई
धुलो चटाउने अभियान
अभियान अभियान
किन चाहियो अभियान?
जनजनको मनमा बस्न
चाहियो जनअभियान।
अभियान अभियान
किन अभियान?
बिकृति र बिसंगतिलाई नष्ट गरी
सान्ति, सुव्यवस्था र शुसासन
कायम गर्न हाम्रो अभियान।
अभियान अभियान
किन चाहियो अभियान?
छुवाछुत र उत्पिडनको
अन्त्य गरी
जातिभेद, रंगभेदको अन्त्य गर्न
चाल्यौं हामीले अभियान ।
अभियान अभियान
हाम्रो अभियान
जनसेवा खातिर चाल्यौं अभियान।
अभियान अभियान
हाम्रो अभियान
कलाबजारिया र महंगी
विरुद्ध हाम्रो अभियान ।
अभियान अभियान
तपाई हाम्रो अभियान
निशुल्क स्वास्थ्य, शिक्षाको
खातिर तपाई हाम्रो अभियान।
अभियान अभियान
जनता र पार्टीको सम्बन्ध
सुमधुर पार्न हाम्रो अभियान
अभियान अभियान
जनतालाई सत्य तथ्य बताउन
हाम्रो अभियान।
अभियान अभियान
हाम्रो अभियान
समाजवादी रुपान्तरणको खातिर
हाम्रो अभियान
अभियान अभियान
हाम्रो अभियान
प्रतिगामी षड्यन्त्रलाई धुलो चटाई
संघियता र गणतन्त्रलाई मजबुत बनाउने
हाम्रो अभियान।
अभियान अभियान
महाअभियान
भूल चुक गरी दुःख कष्ट दिएको भए,
प्यारा जनतासित माफी माग्ने अभियान।
अभियान अभियान
जनताको चेतना स्तर उठाउन
जुक्ति जान्दो जति सक्तो सिकाउँने
यो हो अभियान ।
अभियान अभियान
बर्गीय मायालाई गाढा र रातो पार्ने
हामी सबको अभियान ।
अभियान अभियान
जनजनको मनमा बस्ने
जनताको मन जित्ने
यो हो माओवादी अभियान.
अभियान अभियान
यो कस्तो हो अभियान?
हिमाल, पहाड,तराई मधेश जोड्ने
हो यो अभियान।
अभियान अभियान
सातै प्रदेश,७७ जिल्ला र गाउँघर
टोल टोलमा पुग्ने अभियान।
अभियान अभियान
माओवादी अभियान
देश बाहिर रहेका सम्पुर्ण
नेपालीलाई एउटै मालामा
गाँस्ने अभियान।
देश विकासमा सामेल गराउँने
विशाल अभियान।
अभियान अभियान
सम्पुुर्ण धर्म, संस्कृति र आस्थालाई
फुल्न दिने अभियान ।
अभियान अभियान
हाम्रो अभियान
सम्पूर्ण शिक्षक, बुद्धिजीवि, विज्ञ
तथा बैज्ञानिकलाई
देश विकासको लागि
जागृत गराउन
थाल्यौं यो अभियान।
अभियान अभियान
जनताको घरदैलोमा गई
नमस्ते, अभिवादन, लाल सलाम अर्पण गर्दै
हालखबर सोध्ने सुुन्ने अभियान ।
..
भाद्र ५ गते २०८० साल
Be the first to comment