एउटा अधुरो गीत-भिक्टर जारा

एउटा अधुरो गीत
ल्याटिन अमेरिकी देश चिलीका प्रशिद्ध गायक तथा नागरिक अगुवा भिक्टर जाराले चिले रंगशालामा सैनिक तानाशाह पिनोचेले राष्ट्रपति एलेण्डेको बामपन्थी सत्तालाई अपदस्त गरी पाँच हजारभन्दा बढिलाई गिरफतार गरी बन्दि बनाएको थियो । उनै बन्दीहरुको विभत्स अवस्थाको बारेमा र उनीसहित साथीहरुको हत्या गरिनु अघि एउटा गीत लेखेका थिए ।
त्यो गीतको कुनै नाम राखिएको थिएन । साधारणतया इस्तादिओ चिले” अर्थात् चिलीको रंगशाला नामले चर्र्चित छ । सो गीतको भाव यसप्रकारको छ । यहाँ गीतको शीर्षक जाराको श्रीमती जोन जाराद्धारा भिक्टरको जीवनीमा आधारित लिखित पुस्तक “एउटा अधुरो गीत”बाट लिईएको हो । यो गीत उनले पूरा गर्न पाएनन् रे । त्यसकारण यसलाई एउटा अधुरो गीत भनिएको हो । सो गीतको भाव यस्तो थियो । यो गीतले हालै म्यान्मारमा भएको सैनिक “कु” को झल्को दिएको भान हुन्छ ।
एउटा अधुरो गीत-भिक्टर जारा, चिली
हामी छौं यहाँ पाँच हजार
सानो यो शहरको हिस्सामा
हामी छौँ पाँच हजार
म चकित छु हामी कति धेरै छौँ
शहरहरु र सिँगो यो देशमा ?
यहाँ मात्रै
दश हजार हातहरु जसले बिरुवाको बिजहरु रोप्छन्
अनि कारखाना चलाउँछन्
कस्तो मानवीयता ?
भोकमारी, ठण्डी, त्रास, कष्ट, नैतिक दवाव, आतँक र
असहिष्णुताको भण्डाफोर गरिरहेछ ।
हामीमध्येका ६ जना बेपत्ता पारिए
यसै तारामण्डलको अन्तरिक्षमा
एकको मृत्यु,
आर्को पिटिए
म विश्वासै गर्न सक्तिन एकजना मान्छे कुटिन्छन्
अरु चारजना उनीहरुको आतंक अन्त गर्न चहान्थे ।
एकजना विना अर्थ गर्जिए
अर्कोले आफ्नो टाउको भित्तामा बजारे
– Anubad Jaya Karki
Magh 20,2080

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*