कविता- न हँसिया ! न त हथौडा !

जय कार्की

एउटा दम्भी जम्बो पार्टीले सर्वश्व गुमाएर,

अजङ्गको अभिमानको सुरुङ्ग खनि छाड्यो ।

खन्दै जाँदा, खन्दै जाँदा-

सुरुङ्गभित्र पुरानो कुहिएको सिनु भेट्टायो ।

“गन्हायो गन्हायो” भनि सर्बत्र हल्लिखल्लि भएपछि

अनेकन प्रयत्नकासाथ पूरपार पार्दै

नक्कली लौरीको टेको लाग्दै

फेरी सतहमा नै फर्कियो ।

आउँन त सतहमा आयो,

तर, सरमको मारे

निहुरमुन्टी लाईरह्यो…

किन झोक्रिएको भनि सोधेको ?

न हातमा हँसिया रह्यो!

न त हथौडा!

न त रह्यो विचारधारा,

भनि क्वाँ क्वाँ रोयो

त्यो दम्भी विचरा !!

  • Jaya Karki
  • Asar 27,2078

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*