जीएन साईबाबा, प्रोफ़ेसर, प्रगतिबादी साहित्यकार तथा आदिबासी सरोकार, मानवअधिकारबादी/ भावानुवादः जय कार्की
जब मैले मर्न अस्वीकार गरें
मेरो जंजिरहरू खुकुलो भए
म बाहिर आएँ
फराकिलो घाँसे मैदानमा
घाँसका पातहरूसंगै मुस्काउँन थालें
मेरो मुस्कानले उनीहरुलाई सहि नसक्नु भयो
मलाई फेरि जंजिरले बाँधे
मैले मर्न फेरी अस्वीकार गरें
मेरो जीवन देखि थकित भएर
अपहरणकारीहरूले मलाई रिहा गरिदिए
म बाहिरिएँ
उदाईरहेको सूर्यको हरियो उपत्यकाहरूमा
लहलहाएको घाँससंगै म मुस्कुराएँ
मेरो अमिट मुस्कानले तिनीहरु आक्रोसित भए
तिनीहरूले मलाई फेरि कब्जा लिए
मैले फेरी पनि जोड्दारसंग मर्न अस्विकार गरें
दुःखको कुरा के भयो भने–
मलाई मार्ने कसरी, उपाय उनीहरूले भेटेनन्
किननि म धेरै माया गर्छु
बढिरहेको घाँसको सरसराहटलाई ।
जी एन साईबाबा (1967 – 12 October 2024)
– जीएन साईबाबा, प्रोफ़ेसर, प्रगतिबादी साहित्यकार तथा आदिबासी सरोकार, मानवअधिकारबादी
भावानुवादः जय कार्की
असोज २८ गते २०८१ साल
श्रोतः मुहार पुस्तकमा विजुका र एक्सबाट
Be the first to comment