किनकि सबैले उस्लाई अर्धपागल नै भन्थे,
उता सहीद मन्चमा तीन दर्जन दलीय
गठबन्धनको चर्का भाषणले
शहर नै ध्वनि प्रदुषित भैरहेको थियो ।
यता ऊ भने;
रुखको हाँगालाई एक हातले समातेर
अर्को हातले हाते माईक समातेर
कुर्लिदै थियो ।
जमानत जफतेलाई घटुवा गर!
भोट बेचुवा गद्दारलाई कार्वाही गर!
दुई जिब्रे नेतालाई कार्वाही गर!
उस्को हाते माइकको खिरिलो भाषण
एकथरी भिड भने ध्यानमग्न भई सुन्दै थियो ।
जेठ महिनाको चर्को घाममा.
पार्कको शितलताको आनन्द पनि लिइरहेकै थियो ।
यता जमघट बढ्दै थियो ;
उता गठबन्धनीय मास घट्तै थियो ।
उ अझ हौसिदै नारा लाउँदै थियो
भ्रष्टचारी नेतालाई कार्वाही गर !
जमानत जफतेलाई घटुवा गर!
भोट बेचुवालाई कार्वाही गर
अन्तरघातिलाई निष्कासन गर!
Be the first to comment