कविता: लतार्नुछ-पछार्नुछ अवसरवादलाई-जय कार्की

लतार्नु छ,
पछार्नु छ,
चरम अवसरवादलाई
नाकैमा घोच्नु छ,
नाङ्गेझार पार्नुछ,
टुटफुट,गुट र अवसरवादमा रम्ने
चण्डाल चतुरेहरुलाई ।
मह देखाई गोबर बेच्नेहरुलाई,
पछार्नका लागि
मौलिक विकल्प खोज्नु छ ।
जनमुक्तिका खातिर मालेमावादलाई
मूल अश्त्र बनाउँदै
समाजवादी यात्रालाई जारी राख्नुछ ।
March 22, 2022.
Jaya Karki

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*