कारोबारी युद्ध-जय कार्की

युद्ध !
अपरिहार्य ?
सुन्दै मुटुमा ऐठन हुने
“अभिसापी” शब्द
स्थायी सान्तिको लागि
रे ?
पटक्कै झुठको
खेती नगरौं
यस्तरी ।
मानव बस्ति भुटेर
संस्कृति र सभ्यतालाई मासेर
मान्छेहरुको
कङ्कालको
धुरीमाथी
उभिएर
सेतो
झण्डा फहराईएको
युद्धपछिको मुर्दा सान्ति ।
भो यो संसारलाई
चाहिएन ।
सँधैकोलागि
बन्द गर,
अजङ्गको मुनाफाधारी
हतियारको प्रतिष्पर्धि
कारोबारी युद्ध ।
फागुन २९, २०७८ साल
पोखरा
फागुन २९, २०७८ साल
पोखरा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*