चर्चित भारतीय प्रगतिवादी कवि वरवर राव- नारी!

नारी!
तिम्रो आँसुले तिम्रो दमनकारीलाई
किचिपिची पार्न सक्नेछैन
औ क्रोधको प्रचण्ड आवेगलाई ज्वालामा नुहाईदेउ ।
आफ्नो अधिकारको लागि गर्ज।
एकताको कदमसित कदम मिलाउ
वस्तुको रूपमा व्यवहार गर्ने प्रणालीलाई फाली देउ
व्यक्ति व्यक्ति जम्मा भई एक शक्ति बन,
पितृसत्ताको अन्त्य गर्न हात मिलाउ ।
ज्वलन्त रातो घाम उदाएपछि
विजय हुनेछौ ।
..भावानुवादः जय कार्की
– वरवर राव चर्चित भारतीय प्रगतिवादी कवि
हर्ष ठाकोरको समीक्षाबाट
(Brahmin by birth, Communist by disposition, Varavara’s poems reflect the soul of the oppressed. From “Counterview” By Freelance Journalist Harsh Thakor)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*