प्रकृतिले कोरेकी छन् शुन्दर चित्रमय संसार
बोट विरुवा र रुखहरूले दिएका छन आकर्षण
शितलता प्रदान गरिरहेछिन् ।
प्राण-बायुुको भण्डारण गरी
जीवनदान दिईरहेकी छन्
हे शुन्दर जैविक विविधता
खोला, झर्ना नदि हुँदै
सागर र महासागर तिम्रो शुन्दर श्रृष्टि
तिम्रो रंगीन क्यान्भासमा सबैको महत्व उत्तिक्कै छ
एकको विनाशमा अर्कोको सत्यनाश निश्चित छ
तिम्रो संरक्षणमा नै जीवनको अस्तित्व छ
यो गाम्भिर्यताप्रति सबको ध्यान केन्द्रित हुनुपर्छ ।
यो जीवनदायी प्रकृतिको विविधता नजोगाई
कहाँ छ तिम्रो, हाम्रो र उसको अस्तित्व ?
जोड गरौं
पारिस्थिकीय प्रणालीलाई जोगाउँन
२०८१ साल जेष्ट ११ गते
Be the first to comment