चिलेका सुप्रशिद्ध प्रगतिवादी गायक भिक्टर जाराको – एउटा अधुरो गीत

  • तानाशाह पिनोचेले हत्या गरिनु अघिको भिक्टर जारा परिवारको सातमा (फाइल फोटो)/ अनुबाद: जय कार्की

चिलेका सुप्रशिद्ध प्रगतिवादी गायक भिक्टर जारालाई १९७३ को ११ सेप्टेम्बरका दिन चिलेमा भएको अपदस्त पश्चात गिरफ्तार गरी चिलेको रंगशालामा राखिएको थियो । उनको हत्या १६ सेप्टेम्बरका दिन हत्या गरेको थियो । जाराले हत्या हुनु अघि यो गीत लेखेका थिए । उनले यो गीतलाई पूरा गर्न नपाएकोले यो गीतलाई अधुरो गित भनिन्छ ।-

एउटा अधुरो गीत
हामी छौं यहाँ पाँच हजार
सानो यो शहरको हिस्सामा
हामी छौं पाँच हजार
म चकित छु हामी कति धेरै छौं
शहरहरु र सिंगो देशमा ?
याहाँ मात्रै
दश हजार हातहरु जसले विरुवाको विजहरु रोप्छन्
अनि कारखाना चलाउनछन्
कस्तो मानवीयता
भोकमारी, ठण्डी, त्रास, कष्ट, नैतिक दवाव, आतंक र
असुद्धताको भण्डाफोर गरिररहेछ ।
हामीमध्येका ६ जना वेपत्ता भए
यसै तारामण्डलको अन्तरिक्षमा
एकको मृत्यु
आर्को पिटिए
मैले पत्याउनै सकिन एक मान्छेले
अर्को मान्छेलाई यसरी यतना दिन्छ.
अरु चारजना उनीहरुको आतंक अन्त गर्न चहान्थे ।
एक भने शून्यतामा बिलाए।
अर्कोले टाउँको भित्तामा बजारे
.फासीवादको रूप कति भयावह!
…..             भिक्टर जारा
……
– अनुबाद जय कार्की

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*