जर्मन समाजबादी क्रान्तिका नायक कार्ल लिबनेख्तबारे छोटो चर्चा

कार्ल लिब्नेख्त र रोजा लक्जेमवर्ग
– जय कार्की
कार्ल लिब्नेख्त (१८७१–१९१९) अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका महान् नेता थिए । उनि अवसरवाद तथा सैन्यावाद विरुद्धको आन्दोलनमा सक्रियरुपमा संघर्षमा हेलिएका थिए । लिब्नेख्त पनि रोजा लक्जेमवर्ग जस्तै प्रारम्भमा इन्टरनेशनल ग्रुपमा र पछि गएर स्पार्टाकस समूहको संस्थापक भएका थिए । कार्ल लिब्नेख्त प्रथम विश्वयुद्धको सुरुदेखि नै लुट्को लडाईमा सरकारको समर्थन गर्ने नीतिको कडा विरोधी थिए । कार्ल लिब्नेख्तको शव्दकोषमा फुर्सद र चयनसँग बस्नका लागि स्थान थिएन ।
कार्ल लिब्नेख्त अत्यन्त प्रतिभाशाली र सबैले सम्मान गर्न लायक सामाजिक जनवादी पार्टीका क्रान्तिकारी नेता, प्रखर प्रवक्ता र कुशल संगठक थिए । उनी राइखस्टाग तथा प्रसियाका सांसद पनि थिए । जर्मन तथा अन्तर्राष्ट्रिय समाजवादी युवा आन्दोलनका लागि पनि उनी अत्यन्त प्रेरक तथा क्रियाशील व्यक्तित्व थिए ।
आन्दोलनले गृह युद्धको भयानक रुपधारण गरेपछि सरकारी हत्याराहरुले उनको हत्या गर्ने प्रतिज्ञा नै गरेका थिए । उनलाई पटक–पटक धरापमा पार्ने षड्यन्त्र गरिरहन्थे । त्यसकारण छिटो भन्दा–छिटो र लगातार उनि आफ्नो बासस्थान परिर्वतन गरिरहन्थे । उनको हत्या हुनु अघि नै थुप्रै महत्वपूर्ण कामहरु फत्ते गरिसक्न चाहान्थे । उनको हत्या हुनु पनि आफैमा एउटा आश्र्चायको दुर्घट्ना थियो ।
उनी बलवान र क्रान्तिकारी भावनाले भरिपूर्ण थिए । उनलाई क्रान्तिको रापले नै जन्माएको थियो । त्यसैले क्रान्ति विरोधी अन्धराष्ट्रवादी सामाजिक जनवादी गुट र प्रतिक्रियावादी कैसरको आँखाको कसिङ्गर सावित भएका थिए । उनी मजदुरवर्गका अन्तर्राष्ट्रियतावादी सक्कली नेता थिए ।
त्यसैले नक्कली राष्ट्रवादको खोल ओढेका मजदुरहरुका सत्रुहरुले चारैतिरबाट घेरा हाली उनको हत्या गर्ने प्रयास गरिरहन्थे । उनको आवाजलाई संधैको लागि बन्द गर्न चाहान्थे।
तर भय मुक्त कार्ल लिब्नेख्त जनताको माझमा जान कहिल्यै पछि परेनन् । उनले श्रमजीवि जनताको नेतृत्व गरि नै रहे आम जनतालाई उनीहरुको मुक्तिको चाहाना र युद्धको भयावह परिणामको बारेमा जानकारी गराउन कुनै स्थान छोडेनन् ।
– 2016 feb.16
– Jaya Karki

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*