प्रेमचन्दका भनाई- डा. मुकेश चालिसे

प्रेमचन्दका भनाई- डा. मुकेश चालिसे चालिसे डाँडा, ललितपुर

भारतीय जनताका सपना, सङ्घर्ष तथा जीवनका सच्चा हितैषी प्रेमचन्दको जन्मदिवस (३१ जुलाई)का अवसरमा प्रकाशित दुइ चर्चित उद्धहरण ।

क) प्रेमचन्दको ‘राष्ट्रियता र अन्तरराष्ट्रियता’ लेखबाट

१. सम्पत्ति विषको मुहान

मानव समाजको बनावट तथा समुहको आधार सम्पत्ति (धन) रहेसम्म सँसार मानवताका लागि विश्वव्यापीकरण (अन्तरराष्ट्रिय) हो भन्ने सुरुवात हुनै सक्तैन । राष्ट्र–राष्ट्रहरू बिच, दाजुभाई बिच, महिला–पुरुष बिच झगडाको मूल कारण नै धन–सम्पत्ति हो । सँसारमा जतिपनि अन्याय र अत्त्याचार (व्यभिचार) भएकाछन्, जतिपनि हिँसा र मनोमालिन्य भएकाछन्, जतिपनि मूर्खता र अज्ञानता देखिएका छन्, ति सबै रहश्यको मुलजरो नै यही विष हो । सम्पत्तिमाथि मानिसको व्यक्तिगत अधिकार कायम रहेसम्म मानव–समाजको उद्धार हुनै सक्तैन । प्रजातन्त्रको नाममा कामदारहरूको सेवा समय घटाइएको होस्, बेरोजगारकालागि बाँच्ने न्युनतम आधार दिइएको होस, भूमिपति र पूँजिपतिहरूका अधिकार नियन्त्रीत गरिएको होस्, मजदुर–किसानहरूको स्वामित्वमा बृद्धि गरिएको होस्, देशको मुद्रा सस्तो बनाइएको होस्, यस्ता जतिपनि सुधारहरू गरिएका भएपनि मौजुदा साशनको मक्किएको महल चहकिलो भएर ठडिइरहन सक्तैन । यसलाई नयाँ तरिकाले भत्काएर फेरी निर्माणगर्नै पर्नेछ ।

सबै समुदायले आदिकाल देखि लक्ष्मीको (धनकी दवता) पूजा गर्दै आएका छन् । तर सँसारका सर्वसाधारणलाई जतिपनि अकल्याँण लक्ष्मीले गरेकी छिन् त्यति त राक्षसले पनि गरेका छैनन् । त्यसैले, यीनी देवी होइनन् बोक्सी हुन् ।

सम्पत्तिले मानिसलाई बँधुवा मजदुर वा किनिएका नोकर बनाइदिएको छ । उसका मानसिक, शारीरिक तथा आत्मिक सबै शक्ति सम्पत्ति आर्जन र सञ्चयमा नै बितेको देखिन्छ । देह त्यागगर्ने बेलासम्म पनि मेरो सञ्चीत सम्पत्तिको के हाल होला भन्ने घिड्घिडो धेरैले गरिरहेका हुन्छन् । हामी सम्पत्ति कमाउन बाँच्छौँ, धेरै कमाउन हिरिक्कै हुन्छौँ । धेरै लेखपढ गरेर विद्वान बन्न खोजेको सम्पत्तिकै लागि, खरानी धसेर जोगी बनेको पनि सम्पत्तिकै लागि हो । घ्यू बेचाहाले आलु वा बोसो मिसाएर किन बेच्छ ? दूध बेच्नेले किन पानी मिसाएर बेच्छ ? ताल–तालका विविध स्तरका बैज्ञानिकले किन हिँसा –आतङ्क र मानव प्रजातिको बेमाख हुने यन्त्र–हतियार बनाउँछन् ? वेश्या किन बन्छन्, तथा चोरी किन हुन्छ ? यी सबैको एउटै र एकमात्र कारण धन–सम्पत्ति÷पूँजि नै हो । त्यसैले, जबसम्म सँसारमा सम्पत्तिहिन समाज व्यवस्था बन्दैन त्यस कालखण्ड सम्म सम्पत्ति र व्यक्तिबाद अन्त्य हुनैसक्दैन, सर्वसाधारणलाई शान्ति पनि हुँदैन ।

ख) प्रेमचन्दको ‘रङ्गभूमि’ उपन्यासबाट

२) पात्र सूरदासको कुरा ‘…यसरी कसैलाई बलजफ्ती गर्नकालागि मनलागी कानुन बनाउनु होस् । यहाँ सरकारको मनलागीमा च्याप्प समात्ने त कोही छैनन् । उसका सल्लाहकार पनि त सेठ–महाजन नै छन् नी । … ती सबै नियम धनिहरूको लाभकालागि बनाइएका हुन्छन् साथै धनिहरूलाई नै ती नियमहरूलाई कहाँ कसरी प्रयोगगर्ने भन्ने पनि अधिकार दिइएको हुन्छ । यो त ‘दुधको साक्षी बिरालो’ वा ‘कुकुरलाई हाड पैँचो’ भन्याजस्तै होइन र !’

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*