ए हे हेहे हे
ला ला ला ला
आहा हा!हा हा
गर्दैनौ हामी आंदोलनमा उदारो सौदाबाज़ी
माग पूरा गराई छाड़ने हो हाता हाती !
छिटो ग़र हाम्रो माग पूरा
होईंन भने नगर हामीलाई ठगठाग गर्ने सल्लाहा ।
मजदूर सुतेको बाघ हो घरि घरि नज़िस्क्याउनु है,
शिकार गर्न उठेपछी घाइते मात्र नपार्ला
? खर्लप्प पारी सिद्याऊँला है ।
मजदुर हो २१ औ शताब्दीको अग्रदस्ता हेक्का राख्नु
यो आगोसित खेल्नेहरु भस्म खरानी पनि हुनसक्छन
जानी राख्नु।
भो भो छिर्के दाऊको धराप हामीमाथी पटक्कै नथाप
त्यो फ़ेद नै काटी ढाल्छन मज़दूरले यो कूरामा भर पर।
हुरी -बतास, आँधी चल्ने ठुलो योग परेको छ,
जरो गाड़ी बसेका मैमत्ता ठालुहरु ढल्ने जोग परेको छ.
कुरा बुझ साथी हो बिश्व रंगमंच फ़ेरिएको छ
शत्रु पक्षको कड़ी झन् झन् खस्किदो छ टुक्रिदो छ
मजदुर शक्ति झन् झन् उड़ाउदो र भर्भराउदो छ!
आऊ श्रमिक आउ ! हात – हातमा प्यारो आफ्नो औजार बोकि
जुलुसमा आऊ।
यही औज़ार प्रयोग गरि दमनकारी,
अत्याचारी ,कालाकर्तुतको भन्डाफोर गरौँ !
एहेहे आहाहा …
एहेहे आहाहा….
लाला … लाला
हे हे हे …हे हे
जय कार्की
कार्तिक १६ गते २०८१ साल
Be the first to comment