
काजी नजरूल इस्लाम बंगालको मजदुर किसान पार्टीको संस्थापक सदस्यहरूमध्ये एक हुनुहुन्थ्यो…
काजी नजरूल इस्लाम एकजना चर्चित क्रान्तिकारी कवि, स्वतन्त्रता सेनानी, र बंगलादेशका राष्ट्रिय कवि हुनुहुन्थ्यो । उहाँ संगीतकार पनि हुनुहुन्थ्यो उहाँको निधन अगस्त २९, १९७६ मा भएको थियो ।
उहाँ बंगालको मजदुर किसान पार्टीको संस्थापक सदस्यहरूमध्ये एक हुनुहुन्थ्यो र सो पार्टी भारतको पहिलो वामपन्थी संगठनहरूमध्ये एक थियो ।
काजी नजरूल इस्लाम बहुआयामिक श्रष्टा हुनुहुन्थ्यो । पूर्णत धर्म निरपेक्षतामा विश्वास गर्ने र सही ढंगले व्यवहारमा उतार्ने अचम्मको क्षमता भएको व्यक्तित्व उहाँसित थियो ।
उहाँले हिन्दु भजन, किर्तन पनि लेख्नुभएको थियो भने बिद्रोही र स्वतन्त्रा संग्राममा आधारित गीत रचनाकासाथै गाउनुभएको थियो भने मुस्लिम धर्मको पनि त्यत्तिक्कै प्रार्थनाहरु लेखेर संगित भर्नुभएको थियो ।
उहाँका गीतहरु ज्ञानबर्धक छन् , परिवर्तनका बाहक छन, ती सबै अहिले पनि सुबिख्यात छन्, कर्णप्रिय छन् ।
ब्रिटिश साम्राज्यवादको अन्त्यकालागि उहाँ अभियन्ता नै हुनुहुन्थ्यो भने मजदुर किसान वर्गको माझमा हुर्केकोले उहाँ बामपन्थी मात्र होइन मजदुरवर्गको पक्षमा आन्दोलनकारीकारूपमा चर्चित पनि हुनुहुन्थ्यो ।
ख्यातिप्राप्त बंगलादेशका यी राष्ट्रिय कवि, विद्रोही तथा मजदुरवर्गका कवि काजी नजरूल इस्लामको जन्म सन १८९९ को मई महिनाको २४ तारेखका दिन बर्दवान जिल्लाको आसनसोल चारलिया गाउँमा भएको थियो । उनका पिता काजी फकिर अहमद र आमा जाहेदा खातुन हुन् ।
नजरूलले ८ वर्षको उमेरमा बुबा गुमाएका थिए । उनको बाल्यकाल गरिबी र पीडासित जुझ्दै बितेको थियो । उनै महान श्रष्टाप्रति श्रद्धान्जलि। काजी नजरुल पद्मश्री पुरस्कार र स्वतन्त्रता दिवस (independent day) पुरस्कार पनि प्राप्त गर्नु भएको थियो ।

-
– जय कार्की
Be the first to comment