बर्तोल्त ब्रेख्तको १० कविता

हिट्लरको नाजीवादी सत्ताबाट प्रताडित बर्तोल्त ब्रेख्तको जन्म सन १८९८ मा जर्मनीको अग्सबर्गमा भएको थियो भने सन १९५६ मा बर्लिनमा दिबंगत हुनु भएको थियोे। जर्मन भाषाबाट अनुवाद- मोहन थपलियाल/ भावानुवाद:  जय कार्की

१. भोको मान्छेको रोटी खोसियो

भोको जनताको रोटी खोसियो
मान्छेले हृदयको आर्तनादलाई कुल्चियो
जनताको पसिनामाथि ब्यर्थको खेलवाड गर्दैछ
विजय उत्सवको माला टिलिक्क टल्काईंदैछ
गोलाबारुद कारखानाको चिम्नीबाट
धुवाँ पुत्पुताई रहेकैछ ।

-सन १९३३–४७

२.खाल्डो

उनिहरुले एउटा खाल्डो पुर्न
एउटा आर्को खाल्डो खने

-सन १९३३–४७

३. आगामी समयको झिलिमिली परेको कथा

जंगल फेरी पनि फस्टाउनेछन्
किसानहरूले फेरी पनि अन्न फलाउने छन्
शहरहरू फेरी पनि उस्तै देखिने छन्
पुरुषहरूले अझै सास फेर्न पाउने छन् ।
– सन १९३३–४७

४. युद्ध हुनेछ

होइन यो पहिलो युद्ध ।
भएको थियो युद्ध यसअघि पनि।
जब अन्तिम युद्ध समाप्त भएथ्यो
त्यो बेला बने कोही विजेता
भए कोही विजयी-
विजयीहरूका अघिल्तिर पनि आमजनता मरे भोकै
जित्नेहरूका अघिल्तिर पनि मरे जनता भोकभोकै

– सन १९३३–४७

५.पर्खालको सन्देश

पर्खालमा खरीले लेखिएको थियो–
तिनीहरू युद्ध पिपाशु हुन्
यो लेख्ने मान्छेलाई
शुरुमै ढालिसकेछन उनिहरुले।
– सन १९३३–४७

६.संभ्रान्तहरु भन्छन्

संभ्रान्तहरु भन्छन्ः
हो यो महानताको बाटो
ती तल धसिएकाहरु भन्छन्ः
मसानघाट जाने बाटो हो यो ।
– सन १९३३–४७

७. नेता र शान्तिको फोश्रो कुरा

नेताले गर्न थाल्छन् जब शान्तिको कुरा
जनताले अथ्र्याउन छाल्छन्
युद्ध हुँदैछ छिट्टै
जब गर्छन् नेताहरूले युद्धको बिरोध
युद्ध मोर्चामा जाने आदेश
दिईसकेका हुन्छन्।
-सन १९३३–३८

८.सेना युद्धमा रवाना हुँदैछन्

सेना युद्धमा रवाना हुँदा
धेरैले चाल पाउदैनन्
दुश्मन आफ्नै खोपडीभित्रको
रणभूमिमा छ
हुकुम दिदैछ जस्ले
आफुभित्रको शत्रुको हो त्यो हुकुम
र, जस्ले गर्दैछ सत्रुको बखान
ऊ स्वयं सत्रु हो, हाम्रा लागि ।
– सन १९३३–३८

९. शिखरमा बसेका ठालूको बकवास

शिखरमा बस्नेहरू यसो भन्छन्ः
शान्ति र युद्धको सार फरक छ
तिनीहरूको शान्ति र युद्ध
हावा र आँधी जस्तै हो
युद्ध तिनीहरूको शान्तिबाट उत्पन्न हुन्छ
आमाको गर्भबाट जन्मेको छोरा जस्तै
मेरो आमाको भयानक अनुहार संझिदै
तिनीहरूको युद्ध समाप्त हुनेछ
जे जे भने पनि शान्ति पन्साएथ्यो उस्ले।
– सन १९३३–३८

०. बाउ–छोराको सम्बाद (१९४०(६)

मेरो सानो छोराले सोध्छः म गणित पढुँ?
के फाइदा छ त्यसमा, उस्लाई भन्छु
एउटा रोटी दुई गाँसभन्दा बढी हुन्छ
तिमीले एक दिन जानिहाल्छौ

मेरो सानो छोराले सोध्छः
के म फ्रान्सेली भाषा सिकुँ ?
के फाईदा त्यो सिकेर, म भन्छु उस्लाई
यो देश तहस नहस हुँदो छ
तर तिमीले आफ्नो पेटलाई माड्दै
विलाप गर
अनि थाहा पाउने छौ तुरुन्तै कष्ट के हो?
मेरो सानो छोराले मसित सोध्छः के म इतिहास पढुँ?
के फाईदा छ, म भन्दछु
आफ्नो टाउको जमीनमा धसाई राख्न सिक
तबै त बाँच्न सक्छौ तिमी।
– सन १९३३–३८

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*