बोल कमरेड बोल..
सही, सही बोल
झूठ चाँही बोल्दै नबोल
दमनका विरुद्ध बोल
अत्यचारका विरुद्ध बोल
शोषणका बिरुद्ध बोल
मजदुरको हक र अधिकारको पक्षमा बोल
बोल कामरेड भ्रष्टाचारको बिरुद्धमा बोल
साम्राज्यवादको बिरुद्धमा बोल
बिस्तारबादको विरुद्धमा बोल
अपराधीको बिरुद्धमा बोल
भ्रष्टाचारीका बिरुद्ध,
मुखमा लागेको ताला फुटाएर बोल
बोल कामरेड बोल
दमित किसानको पक्षमा
ब्याजले ढाड कुप्रिएका
किसानहरुको पक्षमा बोल
घेराबन्दि गरी,
नृशंश दमन गर्नेका विरुद्धमा बोल
बोल कामरेड बोल
झूठा आश्वासन र भाषण बाँढ्नेका विरुद्ध
सबभन्दा चर्को श्वरमा बोल
बोल कामरेड आफै बोल
मेरा लागि अरु कसैले बोलिदेलाकि
भन्ने भ्रममा नपर
कोही बोलिदेलाकी भनि
बेकारको पालो पर्खने भूल नगर
बोल कमरेड बोल ।
२०८० साल बैशाख १० गते
Be the first to comment