ब्यंग्य: जति मज्जा छ चोइटिनुमा नै छ…

जय कार्की
– जय कार्की
जति मज्जा छ चोइटिनुमा नै छ,
एक फुटेर आठ त भइयो।
अब अरु दर्जनौ बन्नुपर्छ,
र, जनताको सपनालाई तानातान गरेर
च्यात्च्युत पार्नुपर्छ ।
कथंकदाचित
बज्रिने शत्रुको प्रहार थेग्न नसक्ता
हाईतौबा! हाइतौबा गर्दै
बुर्कुसी मारेर एकै ठाउँमा थुप्रिएर गर्जनुपर्छ ।
पाखुरा खैंचेर लल्कार्नु पर्छ, थर्काउनु पर्छ..
त्यसपछि अनेक धाँजामा पुनः भंगालिनु पर्छ ।
टुक्रा टुक्रामा रमाउँनुको जुन मज्जा छ,
एकजुटताको सिंगो पार्टीमा कहाँ छ ?
कत्ति गजबका बुद्धिमान प्राणी?
अनेकौं अनेक रातो फेटा बाँधेका
नेकपाहरु  ।
एकताको गीता पाठ रटिरहन्छन्
तैपनि जुट्नुभन्दा बढि फुटिरहन्छन्
हो, उनीहरुलाई फुट्नुमा नै मज्जा छ
जुट्नुमा के छ र?
………………… Jaya Karki…. Khabarsampurna……..…..
फागुन २६, २०७९ साल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*