भिक्टर जाराको अधुरो गीत

भिक्टर जाराले (भिक्टर लिडिओ जारा मार्टिनेज जन्म २८ सेप्टेम्बर १९३२– सान्टियागो चिलेमा सैनिक तानाशाह पिनोचेद्धारा ४० बर्षको उमेरमा १६ सेप्टेम्बर १९७३ मा हत्या )
चिले रंगशालामा सैनिक तानाशाह पिनोचेले राष्ट्रपति एलेण्डेको बामपन्थी सत्तालाई अपदस्त गरी पाँच हजारभन्दा बढिलाई गिरफतार गरी बन्दि बनाएको विभत्स अवस्थाको बारेमा मारिनु अघि एउटा गीत लेखेका थिए । त्यो गीतको कुनै नाम राखिएको थिएन साधारणतया इस्तादिओ चिले” अर्थात् चिलीको रंगशाला नामले चर्चित छ । यहाँ गीतको शीर्षक जाराको श्रीमती जोन जाराद्धारा भिक्टरको जीवनीमा आधारित लिखित पुस्तक एउटा अधुरो गीतबाट लिईएको हो । सो गीतको भाव यसप्रकारको छ ।—

एउटा अधुरो गीत
हामी छौं यहाँ पाँच हजार
सानो यो शहरको हिस्सामा
हामी छौं पाँच हजार
म चकित छु हामी कति धेरै छौं
शहरहरु र सिंगो देशमा ?
याहाँ मात्रै
दश हजार हातहरु जसले विरुवाको बिजहरु रोप्छन्
अनि कारखाना चलाउछन्
कस्तो मानवीयता
भोकमारी, ठण्डी, त्रास, कष्ट, नैतिक दवाव,
आतंक र असुद्धताको भण्डाफोर गरिरहेछ ।
हामीमध्येका ६ जना वेपत्ता भए
यसै तारामण्डलको अन्तरिक्षमा
एकको मृत्यु
आर्को पिटिए
म विश्वासै गर्न सक्तिन एकजना मान्छे कुटिन्छन्
अरु चारजना उनीहरुको आतंक अन्त गर्न चहान्थे ।
एकजना विना अर्थ गर्जिए
अर्कोले टाउको भित्तामा बजारे
…………………………….
भनिन्छ यो गीत उनले पूरा लेख्न पाएनन् त्यसकारण यसलाई एउटा अधुरो गीत भनिएको हो ।
अनुवाद : जय कार्की

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*