
नदेज्दा कोन्स्तान्तिनोभ्ना क्रुप्स्कायाको जीवनी र कार्य
नदेज्दा कोन्स्तान्तिनोभ्ना क्रुप्स्कायाले सोभियत जनताको इतिहासमा एक साहसी क्रान्तिकारी, लेनिनको विचार, सच्चा साथी र संगिनी, पहिलो माक्र्सवादी शिक्षक तथा समाजवादी जनशिक्षा पद्धतिको विलक्षण संस्थापकको रुपमा स्थान पाउनु भएको छ ।
इतिहासले यस्ता आदर्श सहबन्ध, महान् प्रेम तथा आत्मिक समानता, जो लेनिन र क्रुप्स्कायाको वीच थियो, यसतो उदाहरण विरलै पाइन्छ । यी दुई महान व्यक्तिहरुले जनकल्याणको लागि संघर्षमा आफ्नो जीवनको आहुति दिएका दिनु भएको थियो।
क्रुप्स्काया लेनिनको घनिष्ट सहयोगी हुनुहुन्थ्यो । लेनिनले उनलाई आफ्ना सबै विचारहरु र योजनाहरुदेखि लिएर सामाजिक परिघटनाहरुको मुल्याँकनदेखि मित्रहरु र शत्रुहरुको बारेमा आफ्ना रायहरु सँधै अबगत गराउनु हुन्थ्यो ।
लेनिनको साथ र उनको मार्गदर्शनमा क्रुप्स्कायाले पार्टी स्थापनाको काम गर्नुभयो । उहाँलाई कुनै पनि अरु व्यक्तिले भन्दा बढी राम्रोसित जान्ने मौका मिल्यो कि लेनिन कसरी काम गर्नुहुन्थ्यो र यो जान्ने पनि कि लेनिनलाई कुन कुराले उदिग्न गथ्र्यो र केले प्रफुल्लित बनाउँथ्यो। कालान्तरमा क्रुप्सकायाले लेख्नु भएको छः “मलाई इलिचसित (उनी लेनिनलाई यसै नामले बोलाउँथिन) गहिरो अनुराग थियो । जेले उनलाई उद्धिग्न पार्दथ्यो, ती सबैले मलाई पनि उद्धिग्न गथ्र्यो । आफ्नो शक्ति र योग्यता अनुसार म उनको काममा मद्दत गर्ने प्रयास गर्दथें।”
क्रुप्स्कायाले नै लेनिनको पहिलो र सबभन्दा उत्तम जीवनी लेख्नु भयो । लेनिनको बारेमा उनको संस्मरण महान नेताको जीवन र कार्यकलापको जानकारीको समृद्ध श्रोत भएको छ ।
“इलिचको निधन पछि मैले बारम्बार यी सबै पढ्न लागें । जुन उनले संस्कृतिको बारेमा लेखेका थिए, र त्यो बेला देखी सकि न सकी सबै लेखहरु लेनिनको शब्दको प्रसङ्गमा अध्ययन गर्छु।” क्रुप्सकायाले लेख्नु भएको छ।
शिक्षा, चरित्र निर्माण, संस्कृति तथा कलाको प्रश्नहरुका बारेमा लेनिनको भनाईहरुको संकलन, अध्ययन र प्रचारको काम क्रुप्सकायाले शुरु गर्नु भएको थियो ।
नदेज्दा क्रुप्स्कायाको जन्म १४ (२६) फरवरी १८६९ मा पिटर्सबर्गमा भएको थियो । उहाँको परिवार त्यो समयको अग्रणी सामाजिक विचारहरुले पभावित थियो । उहाँको पिता कोन्स्तान्तिन इग्नात्येविच क्रुस्कीको सैनिक् सेवाको दिनहरुमा रुसी अफिसरहरुको प्रगतिशील संगठनसित सम्पर्क थियो । सैनिक विधिक अकादमीमा शिक्षा प्राप्त गरिसकेपछि उनलाई उयेज्द प्रान्तको प्रधानको पदमा पोल्याण्डमा नियुक्त गरिएको थियो । यहाँ कोन्स्तानतीन क्रुप्स्की यो कुराको सकेसम्म प्रयास गर्दै रहेका थिए । जारशाही अधिकारीले अत्याचार गर्न नपाउन्, स्थानीय जातिहरुलाई उत्पीडित गर्न नसकुन् । प्रवासीहरु मार्फत उनको सम्बन्ध प्रथम इन्टरनेशनलसित थियो । उनीमाथि क्रान्तिकारी विचार बोकेको जारले शंका गरेको थियो र अराजभक्त घोषित गरेर राजकीय सेवाबाट हटाएर उनीमाथि मुद्दा चलाइयो थियो । ६ बर्ष पछि (१८८० मा ) सिनेट निर्दाेष (तत्कालीन रुसको सर्बोच्च अपील न्यायालय) ले उनलाई निर्दोष घोषित गरेको थियो ।
माता पिताले छोरीको शिक्षा दीक्षाको तर्फ निक्कै ध्यान दिएका थिए । सामाजिक जीवनको अँध्यारो पक्ष कहिल्यै लुकाउँदैन थिए । विभिन्न सामाजिक संस्तरहरु र जातीयहरुको बच्चाहरुसंग मिल्न जुल्न, खेल्नको लागि उनलाई प्रोत्साहित गरेका थिए ।
नदेज्दाको चेतनाको निर्माणमा बाल्यकालको छाप तथा कठिनाईहरु र अभावहरु र मातापिताको साहसको उदाहरणको प्रभाव परेको थियो ।
बाल्यकालमा नै शिक्षा कार्य, विशेष गरी ग्रामीण इलाकाहरुमा शिक्षाको काममा नदेज्दाको रुचि जागेको थियो । ग्रामीण अध्यापिका र क्रान्तिकारी अ.त. यावोस्कार्याले तथा जुन प्राइभेट स्कूलमा नदेज्दा पढ्थिन्, उनको अग्रणी शिक्षकहरुले उनको यस रुचिलाई बढाएका थिए ।
१४ वर्षको आयुमा नदेज्दा पितृसुखबाट बंचित हुनु भएकोे थियो । अब पढ्नुकासाथै ट्युशनहरु पनि पढाउनु परेको थियो ।
वयस्क भएपछि नदेज्दा क्रुप्सकाया जनताको खुशियालीको लागि संघर्षको बाटो खोज्न थाल्नु भएको थियो । सन १८८९ मा क्रुप्स्काया पिटर्सबर्गमा गणितको उच्च शिक्षा प्राप्त गर्न थाल्नु भयो र त्यसैबेलादेखी विद्यार्थी समूहमा सामेल भएर माक्र्स एंगेल्सको रचनाहरुको गहन अध्ययन गर्न थाल्नु भयो । उहाँ यो विश्वासमा पुग्नु भयो कि न त एक्ला एक्लै मानिसहरुको आतंकमा र न त तोल्सतोयको आत्म परिस्कारको बाटो खोज्नु आवश्यक छ, शक्तिशाली मजदुर आन्दोन नै मूल बाटो हो । … मनुष्य जुन ठुला भन्दा ठूला सुखको कामना गर्नसक्छन, त्यही नै मलाई माक्र्सवादले दिएको छ, यो कुराको ज्ञानले सिकाएको छ कता जानु आवश्यक छ र त्यो ध्येयको अन्तिम विजयमा निश्चितकासाथ विश्वासकासाथ, जीवन जोडेको हुन्छ ।
मजदुरहरुको निकट पुग्नको लागि उनीहरुको केही हित गर्नको लागि सन १८९१ देखी क्रुप्स्काया पिर्टर्सबर्गको एक मजदुर इलाकामा आइतबार अर्थात विदाको दिन बेलुकाको समयमा मजदुर पाठशालाहरुमा पढाउन थाल्नुभयो। त्यहाँ मजदुरहरुसंग घनिष्ठ सम्पर्क स्थापित भयो । सन १८९६ मा गिरफ्तार नभएसम्म उहाँ त्यहाँ सक्रिय शिक्षाकार्यमा र राजनीतिक गतिविधिको कार्यमा लागिरहनु भयो ।
आफ्नो क्रान्तिकारी कामलाई क्रुप्स्कायाले कहिल्यै पनि शिक्षाको कामबाट अलग गर्नुभएन, यो कार्यलाई उहाँले पेशेवर क्रान्तिकारीकोे जीवनको एक अभिन्न अंग मान्नुभयो ।
सन १८९३ मा जब लेनिन पिटर्सबर्ग आउनु भयो तब क्रुप्स्काया उहाँद्धारा संचालन गरेको माक्र्सवादी समूहहरु र उनीद्धारा स्थापना गरिएको मजदुर वर्गको मुक्तिको लागि संघर्ष गर्ने लिगमा सक्रिय भाग लिन थाल्नु भयो । उहाँले लेख्नु भएको छः “भ्लादिमिर इलिचसित चिनापर्ची हुनुभन्दा पहिला दुबै क्रान्तिकारी माक्र्सवादी बनिसकेका थियौं, यो कुराको हाम्रो संयुक्त जीवन एवम् काममा छाप पर्यो ।”
क्रुप्स्काया आफना् छात्रहरुको माध्यमबाट मजदुरहरुलाई लेनिनसित सम्पर्क गराउन थाल्नु भयो । त्यही एकैप्रकारको ध्येयले क्रुप्स्काया र लेनिनलाई एक आपसमा ल्याएको थ्यो र त्यसको आधारमा उनीहरुवीच सही र साँचो मैत्री भावना उम्रिरहेको थियो ।
क्रुप्स्कायामाथि प्रहरीले रात दिन विशेष निगरानी राखेको थियो । जारको राजनीतिक प्रहरीको एक रिपोर्टमा भनेको थियोः “ मजदुर र वुद्धिजीवीहरुको वीचमा मध्यस्थको काम गर्छिन्, मजदुर समूहहरुमा प्रचारकको काम गर्दछिन् ।” सन १८९६ मा क्रुप्स्कायालाई गिरफ्तार गरेर ३ वर्षसम्म उफा नगरमा निर्वासनमा रहने सजाय सुनाएको थियो । बडो मुस्किलले लेनिनसित मंगनी भएको नाताले उनीहरुलाई साइबेरियाको शुशेन्कोये गाउँमा, जहाँ योभन्दा पहिला लेनिनलाई निर्वासित गरिएको थियो, त्यहीं सजाय काट्ने अनुमाति दिइयो । त्यहाँ नै उनीहहरुको विवाह भएको थियो । निर्वासनको समयमा उनीहरुको जीवन अत्यन्त परिश्रमले परिपूर्ण थियो । क्रुप्स्काया पतिको विभिन्न कामहरुमा मद्दत गर्थिन् । “रुसमा पूँजिवादको विकास” नामक किताप लेनिनले यही लेख्नु भएको थियो । क्रुप्स्कायाले यसको नक्कल उतार्नु भएको थियो। ब्रिटिश ट्रेड युनियवनवाद को सिद्धान्त र वयवहारका बारेमा अंग्रेज सामाजिक कार्यकर्ताहरु बी. र एस.बेबको पुस्तकको अनुवादमा लेनिनलाई मद्दत गर्नु भएको थियो । लेनिनको माया र हेरचाह, गहिरो हार्दिकताका कारण निर्वासनको उहाँहरुको कठोर दिन त्यति कठिन हुन पाएन ।
लेनिनको सल्लाह अनुसार क्रुप्स्कायाले निर्वासनमा पहिलो पुस्तक कामदार महिला लेख्नु भयो, उहाँले यो कितापबाट यो प्रष्ट पार्नु भयो की रुसमा कामदार नारीको जीवनको अवस्था कति कठोर छ, परिवारमा, बच्चाहरुको पालन पोषणमा तिनको के स्थान छ । उहाँले यो कल्पना गर्नुभयो कि समाजवादी समाजमा बच्चाहरुको पालनपोषण सार्वजनिक संगठनमार्फत हुनेछ, यस्तो स्कुल हुनेछ, त्यसले बच्चाको आत्मिक एवम् शारीरिक शक्तिको विकास गर्नेछ । उनीहरुलाई गहिरो ज्ञान दिनेछ, उत्पादक श्रमको शिक्षा दिनेछ । यो पुस्तक विदेशमा नै (म्युनिख) पहिलो पटक प्रकाशित भएको थियो ।
लेनिन बडो ध्यानले क्रुप्स्कायालाई सल्लाहा दिनुहुन्थ्यो, उहाँका लागि रोचक सामग्र खोजेर ल्याउँनु हुन्थ्यो ।
निर्वासनको सजायको अन्तिम बर्ष क्रुप्स्कायाले उफामा नै बिताउनु भयो । त्यहाँ निर्वासितमा रहेका सामाजिक जनवादीहरुको साथमा उहाँले सम्पर्क स्थापना गर्नु भयो । उहाँ त्यहाँ पढाउनु हुन्थ्यो र समरस्काया गजेता (समाचार पत्र)मा शिक्षा सम्बन्धी लेख लेख्नु हुन्थ्यो । लेनिन त्यो बेला निर्वासनको सजाय काटेपछि विदेशमा बसिरहनु भएको थियो । आफ्नो सजाय काटेर क्रुप्स्काया पनि म्युनिख (जर्मनी) जानु भयो । विदेश प्रवासको कठिन अवस्थामा पनि उहाँ पार्टीे गठनको काममा लेनिनको प्रमुख सहायक बन्नु भयो ।
लेनिनको यो धारणा थियो कि अखिल रुसी माक्र्सवादी गैरकानुनी समाचार पत्रको स्थापना माक्र्सवादी पार्टीकोे एक अत्यन्त महत्वपूर्ण पूर्वाधार हो । उहाँले ईस्क्रा (झिल्को) समाचारपत्र प्रकाशन गर्न शुरु गर्नुभयो । क्रुप्स्काया यस्को सम्पादक मण्डलको सचिव र एक सर्वाधिक सक्रिय कर्मी बन्नुभयो । सबै गोपनीय सम्बन्ध, रुसको सबै सामाजिक जनवादी संगठनहरुसित पत्रव्यवहार उहाँको हातमा केन्द्रित थियो । इस्क्रामा काम गरेको बर्षमा क्रुप्स्कायाले सयौं पत्र गोप्यलिपीमा लेख्नु भयो । ईस्क्राको सम्पादक मण्डलको सचिव पदमा क्रुप्स्कायाको काम उहाँको क्रान्तिकारी जीवनीको एक ज्वलन्त पृष्ठ हो, रुसी सामाजिक जनवादी क्रान्तिकारीको दोश्रो र तेश्रो महाधिवेशन (सन १९०३ र सन १९०५) को तयारीमा क्रुप्स्कायाले सक्रिय भाग लिनु भयो , लेनिनको सिर्जनात्मक कार्यमा, रुसी सामाजिक जनवादी मजदुर पार्टी(बो) के कार्यक्रमको मस्यौदा तयार गर्नमा अनेकौ प्रकारको सहायता गर्नुभयो ।
प्रवासको दौरान अत्यन्त महत्वपूर्ण पार्टी कार्य गर्नुका साथसाथै क्रुप्स्कायाले शिक्षाको विषयमा रुसी तथा विदेशी साहित्यको अध्ययन गर्नुभयो, जेनेभा र पेरिसमा उहाँहरुले स्कूल देख्नुभयो, विदेशी भाषाहरुबारे आफ्नो ज्ञान सुधार्नको लागि पनि समय निकाल्नु भयो ।
यसको साथै उहाँले आफ्नो साधारण गृहस्थी पनि चालाउनु भयो। उहाँ यस्तो वातावरण बनाउने कोशिश गर्दै हुनुहुन्थ्यो, त्यसो हुँदा लेनिनलाई आप्mनो विशाल कार्यको लागि शक्ति बचाई राख्नमा मद्दत मिल्थ्यो । त्यहाँ आउने जानेहरु सबै साथीहरुले भन्थे। उहाँको घरमा साधारण वातावरण थियो, त्यहाँ कसैलाई कुनै संकोच हुँदैनथ्यो ।
लेनिनको एक सहयोगी व. बोंच ब्रुयेविचले आप्mनो संस्मरणमा लेखेका छनः “निरन्तर ध्यान, साथीका आनीवानी, संगै बस्ने, एक अर्काको समाचार र आफ्नो नयाँ विचार भन्ने, राजनीतिक जीवनको सबै महत्वपूर्ण कुराहरुमा मिलेर विचार गर्ने कामना तथा परिश्रमपछि मिलेर आराम गर्न जाने यस्ता थिए लेनिन परिवारको सम्बन्ध ।”
सन १९०५–१९०७ को पहिलो रुसी क्रान्तिको बेलामा क्रुप्स्काया लेनिनसंगै पिटर्सबगृ आउनु भयो । यहाँ उहाँ क्रान्तिकारी काममा जुट्नु भयो । रुसी सामाजिक जनवादी मजदुर पार्टीको केन्द्रीय समितिको सचिवको एकोनाताले उहाँले सन १९०५ मा ताम्मेरफोर्स नगरमा भएको पार्टि सम्मेलनमा र सन १९०६ मा स्टकहोममा भएको पार्टी महाधिवेशनमा भाग लिनु भयो ।
सन १९०७ मा भएको क्रन्ति असफल भएपछि लेनिन र क्रुप्स्काया फेरी रुस छोडेर जेनेभा जानु पर्यो । र, फेरी पार्टी कार्य संचालनको काम शुरु भयो, क्रुप्स्काया सन १९०६ देखी १९०७ को समयमा छापिदै आएका बोल्शेभिक साप्ताहिक समाचारपत्र प्रोलेतारी (सर्वहारा) र सन १९१०, १९११ मा प्रकाशित गैरकानुनी समाचारपत्र राबोचाया गजेता (मजदुर अखबार)को सचिव हुनुहुन्थ्यो, लेनिनद्धारा पेरिसको नजिक लोंजुमोमा संगठित पार्टी स्कूलमा विशाल संगठनात्मक तथा शिक्षण कार्य गरिरहनु भयो ।
सन १९१२ को क्रान्तिकारी उथलपुथलको दिनहरुमा लेनिन र क्रुप्स्काया क्राकोव (पोल्याण्ड) नगरमा सर्नु भएको थियो ताकि रुसको अधिक नजिक हुन सकियोस। रुससहित त्यहाँबाट प्रकाशन हुनलागेको अखबार प्राभ्दासित, राजकीय दुमामा बोल्शेभिक गुटसित सम्पर्क स्थापित गर्ने सारा काम क्रुप्स्कायाको काँधमा थियो । उहाँ रुसमा संचालित गैरकानुनी संगठनहरुसित पत्रव्यवहार गर्नुहुन्थ्यो ।
लेनिनको पहलकदमीमा सन १९१४ मा पिटर्सबर्गमा रबोत्निसा (कामदार महिला) पत्रिका प्रकाशन हुन थाल्यो । यसको पनि मुख्य जिम्मा क्रुप्स्कायाको थियो। उहाँ यो पत्रिकाको एक प्रमुख कर्मी रहनु भयो । सन १९१५ मा क्रूप्स्कायाले रुसी प्रतिनिधिमण्डलको सदस्यकोरुपमा बर्लिनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा भाग लिनुभयो र यहाँ त्यहाँ युद्धको बिषयमा बोल्शेभिक पार्टीको कार्यक्रमको समर्थन गर्नुभयो ।
दोश्रो पटक विदेश प्रवासको समयमा पनि क्रुप्स्कायाले शिक्षाशास्त्रको प्रश्नहरुका बारेमो गहिरो अध्ययन कायम नै राख्नु भयो । उग्रपंथी पत्रिकाहरु स्वोबोभm्नोय वोस्पितानिये (मुक्त चरित्र निर्माण) रुस्काया श्कोला (रुसी स्कूल) र प्रोस्विश्चेनिये (ज्ञान प्रसार)मा उनको लेख छापिन्थे । पत्रपत्रिकाहरुमा उठाई रहेको सर्वाधिक महत्वपपूर्ण शिक्षा सम्बन्धी समस्याहरुबारे आफ्नो प्रतिक्रिया व्यक्त गर्दै क्रुप्स्कायाले नै रुसमा सबैभन्दा पहिला जनशिक्षाको प्रश्न माक्र्सवादी दृष्टिकोणबाट प्रस्तुत गर्नुभयो ।
बुर्जुवा स्कूल शिक्षा पद्धतिको खोक्रोपन उदांगो पार्दै क्रुप्सकायाले ती नयाँ पद्धतिको रुपरेखा कोर्नुभयो, त्यसको उदेश्य मजदुरवर्गको समाज बनाउनु थियो ।
क्रुप्सकायाको सबै रचनाहरुलाई विचार रातो सूत्रको रुपमा बुनिएको थियो, यसको अर्थ स्कूले शिक्षा र चरित्र निर्माणमा सामाजिक राजनीतिक परिस्थितिहरुमाथि निर्भर हुन्छन् । उहाँको भनाई थियो उदयमान पींढीको विश्व दृष्टिकोण र भावनाहरुमा स्कूलको प्रभाव यस कुरामा निर्भर रहन्छ कि सत्ता कस्को हातमा छ, उसको भावना यसमा व्याप्त रहेको छ ।
क्रुप्स्कायाको लेख रचनाहरुले माक्र्सवादी शिक्षाशासत्रको कतिपय सिद्धान्तहरुको निरुपणमा ठूलो भूमिका खेलेको थियो ।
क्रुप्स्कायाले सधैं लेनिनको सहायता र समर्थन पाउँनु हुन्थ्यो । लेनिन शिक्षा र चरित्र निर्माणको प्रश्नहरुलाई नयाँ समाजको लागि क्रान्तिकारी संघर्षको अभिन्न अंग मान्नु हुन्थ्यो ।
सन १९१३ मा शिक्षाको प्रश्नका बारेमा अखिल रुसी महाधिवेशन भयो । यसको तयारीको दिनहरुमा लेनिन र क्रुप्स्कायाले प्राभ्दा मा ८ लेखवटा लेख्नुभयो ताकि शिक्षकहरु र मेहनतकश जनसमूहलाई स्कूले शिक्षाको सर्वाधिक महत्वपूर्ण प्रश्नहरुमा बोल्शेभिकहरुको विचारसित परिचित गराउन सकियोस ।
लेनिनको परामर्शमा सन १९१५ मा क्रुप्स्कायाले जनशिक्षा र जनवाद शीर्षकमा एक विशाल शोधग्रन्थ तयार गर्नुभयो, यो पुस्तक सन १९१७ मा पहिलो पटक छापियो । यो श्रम विद्यालयको विचारको विकासका बारेमा पहिलो माक्र्सवादी रचना हो । यस्मा क्रुप्स्कायाले यो प्रष्ट पार्नु भयो कि कुन प्रकारको जनशिक्षाको कार्यमा बौद्धिक विकासको साथसाथै श्रमलाई जोड्ने आवश्यकताको विचार जनवादी क्षेत्रमा उत्पन्न गराउन सकिनछ र अझ विकास गर्न सकिन्छ। यस ग्रंथमा पहलो पटक शिक्षा तथा चरित्र निर्माणको प्रश्नहरुमा माक्र्स तथा एंगेल्सको विचार सुव्यवस्थित रुपले प्रस्तुत गरियो, रुसी, पेस्तालोत्सी, ओवन तथा सन १७८९ को फ्रान्सिसी क्रान्तिका नेताहरुको शिक्षा सम्बन्धी धरोहरप्रति माक्र्सवादी दृष्टिकोणबाट विचार निश्चित गरियो, स्कूले शिक्षाको पद्धति र व्यवहारबारे तकनिकी प्रगतिको प्रभावमाथि ध्यान दिइयो । कतिपय पश्चिमी देशहरुको विकासमा नयाँ साम्राज्यवादी चरणको कारण स्कूले शिक्षामा कस्तो मौलिक परिवर्तन आएको छ भन्ने बारेमा क्रुप्स्कायाले धारणा प्रस्तुत गर्नु भयो । साथै उहाँले शिक्षा सम्बन्धी नविनतम धाराहरुको विश्लेषण पनि गर्नुभयो । उहाँकोे भनाई रहेको छ जनशिक्षा र जनवाद त्यो पुस्तिका हो, जस्मा स्कूललागि शिक्षा सम्बन्धी कार्यक्रम र नयाँ विचार निरुपित गर्नको लागि तथा सोभियत सत्ताको स्थापना पश्चात व्यवहारिक कार्यको लागि आधार मानिएको छ । अक्टुबर क्रान्तिभन्दा पहिला लेखेको अरु रचनाहरुभन्दा क्रुप्स्कायाले ऐतिहासिक विकासद्धारा निर्धारित अपार महत्वको कार्यभार पुरा गर्नुभयो । यो कार्यभार थियो क्रान्ति हउन्जेल शिक्षा मोर्चाको आमूल पुनरगठनको तयारी पक्ष हो ।
गोर्कीलाई लेख्नु भएको पत्रमा लेनिनले क्रुप्स्कायाको यो रचनाको उच्च मूल्याँकन गर्नु भएको थियो ।
फरबरी सन १९१७ मा बुर्जुवा जनवादी क्रान्ति आरम्भ भएपश्चात लेनिन र क्रुप्स्काया अन्ततः कैयौं बर्षको प्रवासपछि स्वदेश फर्किन पाउनु भयो । क्रुप्सकायाले महान अक्टुबर समाजवादी क्रान्तिको तयारीको विराट कार्यमा भाग लिनु भयो । पेत्रोग्रादको बिबोर्ग जिल्लाको दुमामा निर्वाचित भएर उहाँले त्यहाँ संस्कृति तथा शिक्षा विभागको काम संभाल्नु भयो । जनसमूहमा राजनीतिक ज्ञान प्रसारको व्यापक कार्य गर्नुभयो । मजदुरहरुको स्कूल तथा मजदुरका बच्चाहरुको लागि निशुल्क भोजनालय खोल्नुपर्छ, बाल श्रमको उपयोग बन्द गर्नुपर्छ, शिक्षाको क्षेत्रमा पार्टीको कार्यक्रम जनताहरुकावीचमा लैजानमा विशेष भूमिका खेल्नु भयो ।
पार्टीको निर्देशनमा क्रुप्स्कायाले मजदुर युवाजनको समाजवादी संघ गठित गर्नमा, देशको तरुणहरुमा क्रान्तिकारी आन्दोलन बढाउने काममा भाग लिनुभयो । क्रुप्स्कायालाई तरुण आन्दोलनको एक प्रवर्तक, युवाजनको मित्र तथा शिक्षक मानिन्छ । अक्टुबर क्रान्तिको विजयकासाथ क्रुपस्कायाको राजकीय तथा शिक्षाकार्यको नयाँ समय आरम्भ भयो ।
सोभियत सत्ताको पहिलो दिनबाट नै क्रुप्स्काया जनशिक्षाको सोभियत पद्धति बनाउने काम जुट््नु भयो । सन १९१८ र १९२९ सम्म उहाँ रुसी संघात्मक जनतन्त्रको शिक्षा कमिसारियतको आयोगको सदस्यमा नियुक्त हुनुभयो । जनशिक्षा तथा ज्ञान प्रसारको महत्वपूर्ण कार्यको संचालन गरिरहिन । सन १९२९ देखी १९३९ सम्म क्रुप्स्काया शिक्षाको उपजनकमिसार(मन्त्री) हुनुभयो । त्यसै वर्ष नवोदित सोभियत जनतन्त्रको अस्तित्वको लागि उग्रसंघर्ष र बुद्धिजीविहरुद्धारा गरिएको भीतरघातको वर्ष थियो । यो देशमा जसको तीन चौथाई आवादी निरक्षर थियो, जहाँ ४७ जातिहरुको आफ्नो लिपि थिएन, त्यहाँ जनशिक्षाको नयाँ पद्धतिको आधार स्थापना गर्नु थियोः वर्गाधारित बुर्जुवा प्रकृतिको पुरानो स्कूले शिक्षा व्यवस्था खत्तम गर्नु थियो, पुरानो पाठ्यापुस्तकहरु, पुरानो शिक्षा विधिहरु हटाउनु थियो, शिक्षकहरुभित्र जुन प्रतिगामी थिए, उनीहरुको विरोध खत्तम गर्नु थियो । शुरु शुरुमा भने जनशिक्षाको संचालकहरुलाई अत्यन्त कठिन स्थितिको सामना गर्नु परयोः कुनै अनुभव थिएन, कसैले यो जानेको थिएन, नयाँ स्कूले शिक्षा पद्धतिको निर्माण कसरी गर्ने ।
यस्ता परिस्थितिहरुमा क्रुप्स्कायाको अनुभव र ज्ञानको विशेष महत्व थियो ।
“हामी ठूलो आसा र आपेक्षको कोणबाट नदेज्दा कोन्स्तान्तीनोभालाई हेर्दथ्यौं, किनकि उनीसित साँच्चै यस क्षेत्रमा भन्नको लागि केही थियो, जबकि अरुले भने अड्कल लगाउनु पथ्र्यो, बाटो खोज्ने र जीवनबाट सिक्नुपर्दथ्यो।” रुसको पहिलो शिक्षा जनकमिसार(मन्त्री) अ.लुनाचास्र्कीले लेखेका छन् ।
अतितको गहन ज्ञान, साँस्कृतिक धरोहरप्रति संरक्षण तथा सामाजिक विकासको क्रमको समझदारी फलस्वरुप क्रुप्स्कायाले
बच्चाहरु र किशोरहरुको सबै शिक्षा संस्थाहरुको लागि नयाँ सिद्धान्त, त्यस कार्यको नयाँ विधिहरु र नयाँ रुप तय गर्ने, जनशिक्षा कार्यको संचालनको नयाँ रुप निर्धारित गर्नमा सफलता प्राप्त गर्न सक्नु भएको थियो ।
नवप्रतवर्तक शिक्षाशास्त्री क्रुप्स्काया सबै सामाजिक राजनीतिक परिघटनाहरुमा शिक्षा सम्बन्धी पहल लिनु भएको थियो । ती जन्म लिईरहेका नवीन तत्वहरुलाई हेर्नुहुन्थ्यो ती नव मानवको व्यक्तित्वको गठनमा सहायक हुनसक्थे । उनले लेखिन “बाटो संधै सहज हुँदैन थियो, तर यो कुरामा कुनै सन्देह भएन कि बाटो सही हो । संभवतः गलत कदम उठाए, यो हुनु नै थियो तर गल्तीलाई सच्याउन सकिन्थ्यो र आन्दोलन विशाल लहर र लक्ष्य तर्फ बढिरहेको थियो ।” जसको समाधानमा क्रुप्स्कायाले उल्लेखनीय प्रभाव नपारेको होस् ती क्षेत्र कमै थिए । शिक्षा सम्बन्धी उहाँको विचार आफ्नो समयभन्दा निक्कै अघि बढेको थियो, र त्यसको महत्व आज पनि उत्तिक्कै रहेको छ ।
चरित्र निर्माणको सार, जीवनसंग स्कूलको सम्बन्ध, बौद्धिक शिक्षाको श्रम शिक्षा र पोलिटेक्निकल शिक्षाकोसम् बन्ध , शिक्षाको अन्तर्य र त्यसको संगठनात्मक रुप, वैज्ञानिक विश्वदृष्टिकोणको निरुपण, बाल कम्युनिष्ट आन्दोलनको अन्तर्य एवम् संगठनात्मक रुपको आधारभूत सिद्धान्त, स्वप्रबन्धको प्रश्न, स्कूल र परिवार को परस्पर सम्बन्ध, शिक्षकको भूमिका र स्थान, उनिहरुको प्रशिक्षण आदि प्रश्नहरुमाथि उनिहरुको विचार नै सर्बप्रथम यस्ता विचार हुन् क्रूप्स्कायाको शिक्षा सम्बन्धी बहुपक्षीय कार्यहरुमा एक आंतरिक एकता हो, ति सबै प्रमुख सामाजिक शैक्षिक समस्या नव मानवको चरित्र निर्माणमा केन्द्रित छन्।
क्रूप्स्काया उच्चतः शिक्षित व्यक्ति हुनुहुन्थ्यो, उहाँसित कैयौं विदेशी भाषाहरुको ज्ञान थियो । उहाँ ती मानिसहरुको कडा विरोध गर्नुहुन्थ्यो, जो अतितको शिक्षा सम्बन्धी धरोहरलाई अस्वीकार गर्दथे, साथै ती मानिसहरुको पनि जो वुर्जुवा शिक्षाशास्त्रको विचारहरुलाई यन्त्रवत ग्रहण गर्दथे । वैज्ञानिक कम्युनिज्मको विचारहरुलाई सृजनात्मक तरिकाले प्रयुक्त गरेर उनीहरुले विश्वस्त ढंगले यो देखाउँथे कि नयाँ संस्कृति, नयाँ शिक्षापद्धति नयाँ स्कुलको निर्माण अतितको धरोहरलाई आलोचनात्मक दृष्टिले ग्रहण गरेर र मानवजातिद्धारा संचित ज्ञानलाई सुदृढ आधार बनाएर नै गर्न सकिन्छ ।
सैद्धान्तिक प्रस्थापनाहरुलाई जीवनसंग स्कूलहरुको व्यवहारिक कार्यकासाथ घनिष्ठ रुपले जोडेर क्रुप्स्कायाले सोभियत स्कूलहरुको शिक्षा पद्धतिको विकासको वस्तुगत नियमसंगत खोज गर्नुभयो । समाजवादी समाजमा स्कूलको शिक्षा र कम्युनिष्ट चरित्र निर्माणको लक्ष्यहरु एवं कार्यभारहरुको बारेमा क्रुप्स्कायाले पहिलो प्रस्थापनाहरु निरुपित गर्नुभयो, त्यो परिस्थितिमा त्यसको अपार महत्व थियो । स्कूलको शिक्षा र कम्युनिष्ट चरित्र निर्माणको कार्यमा परिष्कारको परिप्रेक्ष्यलाई इंगित गर्दै क्रुपस्कायाले अर्थव्यवस्था, राजनीति र संस्कृतिको वीच परस्पर सम्बन्धका बारेमा खास किसिमले जोड दिनुभयो । उनको भनाई थियो शिक्षा सम्बन्धी अपेक्षाहरु अनुरुप गति लिनु आवश्यक छ ।
क्रुप्स्कायाको सबै रचनाहरु मानवातवादको विचारहरु, बच्चाको व्यक्तित्वप्रति आदर, बच्चाहरुमा विश्वास, त्यस्मा मानवलाई हेर्ने योग्यता र उसको शक्तिमा विश्वासको भावनाहरुले ओतप्रोत रहोस भन्ने कुरा प्रष्ट पारिएको छ ।
उहाँको शिक्षा सम्बन्धी काम केन्द्रीय विचार थियो, व्यक्तित्वको चौतर्फी विकासको विचार, जस्ले नयाँ समाजवादी समाजको स्कूलले मुर्त रुप लिनमा समर्थ हुनुपर्छ । हरेक पटक नयाँ स्थितिमा माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई आधार बनाएर क्रुप्स्काया विचारमाथि नयाँ सम्बन्धहरु र माध्यमहरुको प्रसंगमा विचार गर्नुहुन्थ्यो । स्कूलको शिक्षा र चरित्र निर्माणको उदेश्यहरुको होस या शिक्षाको अन्तर्यको, अध्यापनको विधिहरुको या सामाजिक सक्रियता बढाउने हरेक विषयमा उहाँको लागि यो विचार नै प्रस्थान विन्दु थियो र हरेक नयाँ स्थिितिमा त्यस्को विशेष महत्व थियो र ठोस रुप थियो ।
व्यक्तित्वको चौतर्फी विकासको, नयाँ समाजवादी समाजको बुर्जुवा शिक्षाशास्त्र र मानव विकासको विचारहरुलाई क्रुप्स्कायाले सामूहिकतावादको विचारसित घनिष्ठरुपले जोड्नुहुन्थ्यो, यो विचारको साथमा मानिसको सारा मानसिकतामा परिवर्तन आउनु पर्दछ ताकि मानिस व्यक्तिवादी नभएर, जस्तो कि पुँजिवादले उनीहरुलाई बनाएको छ । सामूहिकतावादी बनुन् । शिक्षाको उत्पादक श्रमसित, पोलिटेक्निकल शिक्षासित सम्बन्ध जोडनु पर्छ यसमा मुख्य जोड थियो ।
अन्तर्राष्ट्रिय मंचमा उग्र विचारधारात्मक संघर्षको समसायिक परिस्थितिमा क्रुप्स्कायाद्धारा गरेको बुर्जुवा शिक्षाशास्त्र र स्कूलको शिक्षा पद्धतिको सिद्धान्तनिष्ठ आलोचना विशेषतः महत्वपूर्ण भएको छ । आफ्नो रचनाहरुमा उहाँले लेख्नु भएको छ– बुर्जुवा समाजमा सत्ताधारी वर्गको नीति र प्रतिगामी शिक्षा सिद्धान्तहरु वा स्कूलको शिक्षाका बिषयमा गहिरो सम्बन्ध उदाङ्गो पार्नुभयो । उहाँले लेख्नु भएकोे– “वुर्जुवा वर्गको हातमा स्कूल अधिकाधिक नहदसम्म उसको वर्ग प्रभुत्वलाई सुदृढ गर्ने साधन बन्दै जान्छ । बुर्जुवा वर्ग यो साधनलाई यथासम्भव परिष्कृत गर्न, यसलाई अधिक सुक्ष्म, अधिक सफल बनाउन, शिक्षा दीक्षाको नयाँ विधिहरु लागू गर्न …. नयाँ परिस्थितिहरुको अनुकूल बनाउन, त्यसमाथि नियन्त्रण गर्न हरसम्भव प्रयास गर्दछ।”
अग्रणी शिक्षकहरुलाई सोभियत सत्ताको वरिपरि एकजुट गर्ने काममा पनि क्रुप्स्कायाले निक्कै मेहनत गर्नुभयो ।.. पायनियर, कोम्सोमोल (युवा कम्युनिष्ट संघ)का सहदस्यहरुकासाथमा उहाँको घनिष्ट सम्बन्ध थियो । हजारौं मेहनतकशको साथ उहाँको पत्रव्यवहार हुन्थ्यो । हृदयदेखि नै साँचो महानता तथा उच्च संस्कृतिकासाथ जुन विनम्रता र साधापन पाइन्थ्यो, त्यो क्रुप्स्कायाको चरित्रको अभिन्न लक्षण थियो । यी सबैका कारण मानिसलाई उहाँतर्फ आकर्षित गथ्र्यो, उहाँकोसाथ दुखसुख बाँढ्नकालागि प्रेरणा दिन्थ्यो । क्रुप्स्काया असाधारण इच्छाशक्ति र सहनशक्तिको स्तम्भ नै हुनुहुन्थ्यो । लेनिनको मृत्युको कारण गहिरो चोट परेको बेलामा पनि उहाँले अत्यन्त सादगी भाषण गर्नु भयो र कसरी लेनिनको कामलाई जारी राख्नु आवश्यक भनि संझाउनु भयो । उहाँको निकट मित्रलाई लेखेको पत्रमा उहाँले लेख्नु भयो “अब म भ्लादिमिर इलिचको बारेमा, उनको कामको बारेमा सबभन्दा बढि सोच्न चहान्छु, उनको रचनाहरु नै पढ्न चहान्छु । तर अरु काम पनि गर्नु परेको छ …यी सबै कामहरु तनमनले गर्नु परेको छ ।”
कम्युनिज्मको निर्माणमा स्कूलको भूमिका र स्थानको बारेमा क्रुप्स्कायाको प्रमुख विचारहरुको बारेमा हाम्रो देशमा सफलतापूर्वक कार्यान्वयन भैरहेको छ । पोलिटेक्निकल शिक्षाको यस्तो पद्धति बनाएको छ कि जसको मूलभूत सिद्धान्त लेनिनको रचनाहरुबाट निरुपित भएका छन् । आधुनिक सोभियत स्कूलले युवा पींढीलाई आधारभूत ज्ञान प्रदान गर्दछ । उनीहरुलाई मानसिक एबम् श्रमकोलागि तयार गर्दछ, उनीहरुका लागि आफ्नो इच्छाअनुसार तथा विवेकसंगत तरिकाले व्यवसाय छान्ने अवसर निश्चित गर्दछ । स्कूलले जीवनप्रति सचेतन मार्ग ग्रहण गर्न, नयाँ समाजको निर्माणमा सक्रिय भाग लिन सिकाउँछ ।
क्रुप्स्कायाको शिक्षा सम्बन्धी विशाल धरोहरको हाम्रो देशमा उच्च मूल्याँकन गरेको छ । उहाँको विलक्षण कामहरुको निम्ति सरकारले उहाँलाई लेनिन पदक र लाल श्रम झण्डा पदक” ले विभूषित गरेको थियो । सोभियत विज्ञान एकेडेमीले जनशिक्षाको क्षेत्रमा उनको रचनाहरुलाई उच्च मूल्याँकन गरेर उहाँलाई मानव एकेडमीशियनमा चयन गरेको थियो ।
सन १९६७ देखी सोभियत सरकारले क्रुप्स्काया पदक प्रदान गर्ने निर्णय गर्यो । यो पदकले ती मानिसलाई सम्मान गरियो, ज–जस्ले उदियमान पींढीको शिक्षा र चरित्र निर्माणको लागि विशेष कार्य गरेका थिए । सन १९६८ देखी शिक्षा एबम् चरित्र निर्माणको विशेषमा श्रेष्ठ वैज्ञानिक शोध कार्यको निम्ति क्रुप्सकाया पुरस्कार प्रदान गर्न थालियो । रुसी संघात्मक जनततन्त्र सरकारले बच्चा एवम् किशोरहरुको लागि श्रेष्ठ साहित्यिक रचनाहरुका लागि क्रुप्स्काया पुरस्कार प्रदान गर्दछ ।
अनेकौं देशहरुमा क्रुप्स्कायाको रचनाहरुको गहनरुपमा अध्ययन गरिंदै आएका छन् ।
शिक्षा, विज्ञान तथा संस्कृतिको बारेमा संयुक्त राष्ट्रसंघको संगठन (युनेस्को) सन १९६९ देखी विकासशील देशहरुमा साक्षरताको प्रचारको क्षेत्रमा विशेष कार्य गरेका संगठनहरु र ब्यक्तिहरुलाई क्रुप्स्काया पुरस्कार प्रदान गर्दछ । यो पुरस्कारको राशी युनेस्कोलाई सोभियत सरकारबाट प्राप्त हुन्थ्यो ।
…….
क्रुप्स्कायाले उदीयमान पींढीहरुकालागि पोलिटेक्निकल शिक्षा तथा श्रम शिक्षाको सिद्धान्त एबम् व्यवहारको अमूल्य योगदान गर्नुभयो । उहाँले यो प्रमाणित गर्नु भयो कि विभिन्न एैतिहासिक चरणहरुमा कुन प्रकारले श्रम शिक्षाको अन्तर्यमा परिवर्तन आउँछ र यो सँधै यो कुरामा निर्भर रहन्छ कि कुनचाहीं सामाजिक वर्गले यो शिक्षालाई मूर्त रुप प्रदान गरिहेको छ । क्रुप्स्कायाले नै सबभन्दा शुरुमा पोलिटेक्निकल शिक्षामा आधारित माक्र्स र एंगेल्सको विचारहरुमाथि गहिरो विश्लेषण गर्नुभयो ।
क्रुप्स्कायाले जीवनभरी माक्र्सवाद लेनिनवादको ती विचारहरलाई संझाईरहनु भयो र प्रचार गरिरहनुभयो, ती थिए उत्पादक श्रमलाई शिक्षा र व्यायामसित जोड्ने मात्रै होइन कि सामाजिक उत्पादन बढाउनको लागि अत्यन्त महत्वपूर्ण शर्तमाथि जोड दिनुभयो । यसका अतिरिक्त नयाँ समाजवादी समाजको उच्चतः विकसित, सृजनात्मक श्रमको लागि चौतर्फी मानिसहरुलाई शिक्षित गर्ने विधिकोरुपमा पनि जोड्नु भयो । शारीरिक तथा मानशिक श्रमको प्रतिस्थापना खतम गर्ने एउटा उपाय हुनसक्तछ । क्रुप्स्कायाले माक्र्सको यही विचारमाथि विशेष जोड दिनुहुन्थ्यो कि मजदुर वर्गद्धारा राजनीतिक सत्ता प्राप्त गरेपछि मात्र उदीयमान पींढिहरुको पोलिटेक्निकल शिक्षाको ढोका खुल्नेछ ।
“श्रम सबै किशोरहरुको लागि अनिवार्य हुुनुपर्दछ, र शिक्षाकोसाथै त्यो सित घनिष्ठ सम्बन्ध हुनुपर्दछ ।”– भि.आई. लेनिन
साभार-
नदेज्दा क्रूप्स्काया
श्रम शिक्षा और चरित्र निर्माण, प्रगति प्रकाशन मास्को
सन १९८५
पेज नम्बर ७–२० सम्म
अनुवादः जयकार्की, कम्युनिष्ट अनलाइनकोलागि
Be the first to comment