
मई दिवसका आठ सहीद योद्धामध्ये एक माईकल स्क्वाबले विभेदकारी घोरपक्षपाति (कंगारु कोर्ट)लाई दिएको कठोर जवाफ
मजदुर नेता अगस्त स्पाइस पश्चात ७ अक्टोबर १८८६ मा सिकागोको अदालतमा बोल्ने पालो माइकल स्क्वाबको थियो । उनिमाथि आरोप थियो हेमार्केट चोकमा भएको ४ मई १८८६ को सभामा बम हानेर ७ जना प्रहरी ४ जना निर्दोष नागरिक मारेको । प्रहरीको पहिलो रिपोर्ट थियो उनले थुप्रै बम हानेका थिए । पछि थाहा भयो त्यहाँ त एक मात्र बाम हानेको थियो त्यसपश्चात प्रहरीले एफआरआईको रिपोर्टमा एकमात्रै बाम प्रहार गरिएको भएपनि त्यो माइकल श्क्वाबले नै हानेको हो भन्न थाल्यो (तर अदालतमा जे भैरहेको छ यसले न्यायको धज्जी उडाएको छ … हामीले मजदुर आन्दोलन गर्यौं त्यसलाई षडयन्त्र भनिदैछ । यो षडयन्त्र होइन ।
यो आन्दोलन हो । निशानामा हामी होइनौ । निशानामा मजदुर आन्दोलन हो । समाजवाद हो । हरेक मजदुर आन्दोलन हमेसा समाजवादी आन्दोलन हुनुपर्दछ । हामी समाजवादको, क्रान्तिको कुरा गरिरहेका छौं । तपाई त्यसलाई षडयन्त्र भनिरहनु भएको छ, यी धनाड्य मानिसहरुले धनको पहाड खडा गरिरहेका छन्, महलमा बस्तछन् मोजमस्ति गर्दछन्, यी सबै हाम्रो त्यस श्रमको कारणबाट भएको हो, जस्को भुक्तानी तिनीहरुले हामीलाई गरेका छैनन् ।
हामी जब बजार जान्छौं हामी बासी मासुको सानो भाग र कुहिन लागेको तरकारीमात्र किन्न सक्छौं ।
आधुनिक मेसिनहरु आजको आवश्यकता हुन् तर त्यो नै हाम्रा लागि अभिशाप भैरहेका छन् । तर त्यसको आवश्यकता छ किनकि त्यसले काम गर्न सजिलो बनाउँछ र उत्पादन कैयौं गुणा बढाउँछ । … समाजावद र कम्युनिष्टको आधार बलियो हुनुका कारण कारण यहि हो । यस्तो नसोच्नुस है यसलाई बिदेशीले अमेरिकामा ल्याए (वास्तवमा माइकल श्क्वाब जर्मनीमा जन्मेका थिए र त्यहीं नै समाजवादी आन्दोलनसित जोडिएका थिए ।
हामी भत्किएको र चर्केको घरहरुमा बस्छौं र बिरामी भएर मर्छौं … तपाईंहरुलाई के थाहा छ मजदुरहरु कस्तो हालतमा बाँचेका छन् । मलाई थाहा छ । म डिपार्टमेन्टल स्टोरको सामान भण्डारन गर्ने ठाउँमा बसेको छु । मैले मजदुरहरुलाई भोकभोकै मरिरहेको देखेको छु । ..काम गर्दागर्दै थाकेर ढलेको र मरेको देखेको छु । १२, १४ बर्षका किशोर–बच्चाहरुलाई पनि काममा जोतिनु परेको छ .. यो सबै कुरा तपाई धन्याड्यको अखबारहरुमा छापिंदैन छाप्तैन ।
अमेरिकामा जन्मेका कम्युनिष्टको संख्या बाहिरका भन्दा कैयौं गुणा बढी छ । समाजवादको अर्थ हो जमीन र उद्योग सबै समाजको अधिनमा हुनुपर्दछ र सबैले काम गर्नुपर्दछ । तब सबैलाई निक्कै कम घण्टा काम गर्दा पनि प्रशस्त पुग्छ । मलाई यो कुरा थाहा छ हाम्रो लक्ष्य आज या भोली नै पूरा हुनेवाला छैन तर तपाई देख्न पाउनु हुनेछ यो अवश्य पूरा हुनेछ ।
…. त्यो दिन हेमार्केटमा बम कस्ले हानेको थियो मलाई केही पनि थाहा छैन । हिंसा फैलिने त्यो षडयन्त्रको बारेमा मलाई केही थाहा छैन जसको बारेमा तपाई जिकिर गरिरहनु भएको छ । त्यो म होइन ।
माइकल श्क्वाबलाई पनि फाँसीको सजाय अदालतले तोकेको थियो तर त्यसलाई पछि आजीवन कारावासमा परिवर्तन गरिएको थियो । दश बर्षको सजाय भुक्तान गरेपछि उनि रिहा भएका थिए । त्यसपछि उनले मजदुर अधिकारको लागि काम गरिरहे । उनको मृत्यु सन १८९८ को २९ जुनको दिन भएको थियो ।
मई दिबस जिन्दाबाद ।
सिकागोका अमर सहिदहरुलाई रातो सलाम
संसारका मजदुर एक होऔ
………………….
श्रोतः सत्यबीर सिंहको मुहार पुस्तक, अप्रिल २८, २०२२
अनुवाद: जय कार्की
Be the first to comment