कविता: मधेस आक्रान्त छ-प्रल्हाद बुढाथोकी

मधेस आक्रान्त छ

आधा जनसंख्या काकाकुल हुदा
प्रदेश कमिशनमा व्यस्त छ।
केन्द्र भर्खर बिंऊझियो रे।

अस्ति चिलगाडीमा आएर तिर्खा मेट्छु भन्यो रे।
आकाश न गर्जे पनि धर्ती फार्छु भन्यो रे।
अब बल्ल आँखा खुल्यो रे।
झसङ्ग बिंऊझिदा पो जिंऊदै छु भन्ने भयो रे।

आकाश पाताल जोडेर भएपनि ,
अब मधेसमा बजेट फाल्छु भन्यो रे।
यस्तै यस्तै बकवास गरेर।
जान्छु भन्यो रे।

सक्छौं भने मधेसको लागि राष्ट्रिय गौरवको योजना बनाऊ।
गर्छौ भने मधेसलाई कृषि क्रान्तिको केन्द्र बनाऊ।
पाहाडको पानी मधेसलाई ,
मधेसको रानी चुरेलाई बनाऊ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*