- जय कार्की
मृत्यु दोहोरी साँझको रम्झम् होईन
मृत्य आफैमा अवसाद हो
मृत्यु आफैमा चिढचिढाहट हो
मृत्यु अन्तिम यात्रा हो
मृत्युु शोकलाई शक्तिमा बदल्न झरिरहेको आँशु हो
मृत्यु भौतिक शरीरबाट अन्तिम बिदाई हो
मृत्यु एक अन्त्य हो ।
मृत्यु एक सत्य हो
सबैभन्दा कष्ट साध्य र अकाट्य हो
यो ब्यंग्य बाण हान्ने बेला होईन
यो घोचपेच गर्ने बेला होइन
यो खुच्चिङ खुचिङ गर्ने बेला होइन
श्रद्धा र आस्थाकासाथ पुष्पार्पणको बेला हो
त्यति पनि गर्न नसके मौन धारण गर्ने बेला हो ।
शिरको टोपी झिकी नतमस्तक हुने बेला हो ।
ब्यंग्यको झटारो र तिक्त बचनको
सुनामी ल्याउले बेला होईन
यो कसैले जित्न नसकेको जीवन चक्र हो ।
ढुक्क भए हुन्छ,
पालो अवश्यम्भावी सबैको आउँछ
त्यसकारण मृत्यु मजाक होइन
शेल्फी खिचे जस्तो सहज र मनोरन्जन होइन
दोहोरी साँझको रम्झम् होईन
मृत्यु कुनै डिस्को डान्सको झिलिमिली फ्लोर होइन
मृत्यु माने जीवनको समाप्ति हो
मृत्यु स्वयंमा शोक शब्द हो ।
मृत्यु एक बिघटन हो ।
मृत्युु
कुनै भ्रामक शब्दजाल होइन
मानवीय अन्तर हृदय हल्लिएको र
क्षतविक्षत भएको बेला हो यो ।
तिम्रो हाम्रो सबैको अबश्यम्भावी
घाटसम्मको अन्तिम यात्रा हो मृत्यु ।…
असार ३० गते २०८० साल
जय कार्की
Be the first to comment