
लुशुनको कविता शरद् १९३५
पृथ्वीमा शासन गर्ने शरद्को धकले झस्किएको म
आँट्न सकुँला आफ्नो कलमको टुप्पोमा बसन्तको न्यानो भर्न ?
धुलोको यो विस्तृत फाँटमा सयौं भावना डुबेका छन् ।
सरसराउने बतासमा हजारौं अधिकारीहरु भागेका छन् ।
बुढेसकालमा फर्कन्छु म तालमा, तर पाइन्न त्यहाँ विश्राम गर्न नरकटहरु;
रित्ता बादलमा खस्छन् मेरा सपना, एक तमासको चिसोमा कठाँग्रिन्छ कपाल र दाँत ।
विजनमा भाले बासेको सुन्ने मेरो चाहना भेट्टाउँछन् खालि निस्तब्ध शान्ति ।
म उठ्छु अस्ताउँन लागेका तारापुञ्ज हेर्न ।
एशिया महादेशका कविताहरु
पेज नम्बर १३१
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
प्रथम संस्करण २०३० बाट
प्रस्तुति जय कार्की
Be the first to comment