काम कसरी गर्नुपर्दछ, हामीले लेनिनबाट सिक्नुपर्दछ– नादेज्दा क्रुप्स्काया

  • अनुवादः जय कार्की

लेनिनसित माक्र्सको सम्पूर्ण ज्ञान थियो । उनी सन १८९९ मा पिटर्सबर्ग आए, अनि हामी त्यस समयको माक्र्सवादीहरु यो देखेर चकित भएः उनलाई (लेनिन) माक्र्सवादी ज्ञान कति धेरै थियो । सन १८९१–१९०० मा जब माक्र्सवादी समूहहरु संगठित हुन सुरु गर्दै थिए, हरेकले खास गरी पुँजिको पहिलो भागको अध्ययन गर्दै थिए । पुँजि किताब प्राप्त गर्न निक्कै कठिन थियो तर असम्भव भने थिएन । भन्नु आवश्यक छ, जहाँसम्म माक्र्सको अन्य कृतिहरु प्राप्तिको सम्बन्ध थियो निकै खराब अवस्था थियो । हाम्रो समुहको अधिकाँश सदस्यहरुले “कम्युनिष्ट घोषणापत्र” समेत कहिल्यै देखेका थिएनन् । उदाहरणको लागि मैले त्यो किताब पहिलो पटक जर्मन भाषामा सन १९८९ मा निर्वासनको समयमा पढेको थिएँ ।

कार्ल माक्र्स

माक्र्स तथा एंगेल्सको कृतिहरुमाथि कडा निगारानी लगाइएको थियो । यति भन्नु काफी छ लेनिनले उनको लेखमा “आर्थिक रुमानियतको चरित्र चित्रण” मा त्यस्लाई उनले “नोवोये स्लोवो” (नया शब्द)को लागि लेखेका थिए । माक्र्स तथा माक्र्सवाद शब्दहरुको उपयोग नगरेर तथा माक्र्सको केवल अन्योक्तिपरक (रुपकात्मक) चर्चा गर्नको लागि बाध्ये भएका थिए ताकि पत्रिकाको अस्तित्वमा धक्का नलागोस ।
लेनिन जर्मन तथा फ्रेन्च भाषाहरु जान्दथे र माक्र्स तथा एंगेल्सको जेजति कृतिहरु ती भाषाहरुमा प्राप्त गर्न सकिन्थ्यो, त्यसलाई उनले प्राप्त गर्ने कोशिस गरेका थिए । आन्ना इल्यिनिच्नाले (बहिनी) मलाई भनेकि थिइन, लेनिनले आफ्नो बहिनीसित मिलेर कसरी फ्रेन्च भाषामा “दर्शनको दरिद्रता” को अध्ययन गरेका थिए । यद्यपि उनले ज्यादाजसो जर्मन भाषामा पढ्नु परेको थियो । उनलई मन परेको माक्र्स तथा एंगेल्सको कृतिहरुको जुन अंश अत्यधिक महत्वपूर्ण तथा हृदयग्राही लाग्थ्यो सो अंश रुसी भाषामा उल्था गरिहाल्थे ।
लेनिनको प्रथम रचनामा “जनताको मित्र के हो र सामाजिक जनवादीहरुको विरुद्धमा कसरी लड्छन्” यसलाई उनले गैरकानुनी तरिकाले प्रकाशित गराएका थिए । “कम्युनिष्ट घोषणापत्र”, “राजनीतिक अर्थशास्त्रको समीक्षाको एक प्रयास”, “दर्शनको दरिद्रता”, जर्मन विचारधारा, आर्नोल्ड रुगेको नाममा माक्र्सको १९४३ को पत्र, एंगेल्सको ड्युहरिङ्ग मत खण्डन, तथा “परिवार, निजी सम्पति र राज्यको उत्पति” को उल्लेख गरेका थिए ।
“जनताको मित्र” रचनाले त्यो समयको अधिकाँश माक्र्सवादीहरुलाई व्यापक बनाउनको लागि निक्कै काम गर्यो, जसलाई त्यो बेला माक्र्सको कृतिहरुको धेरै थोरै ज्ञान थियो । यो किताबले कैयौं बिषयमा नयाँ उज्यालो देखायो यसकारण यसले राम्रो सफलता पायो ।
लेनिनको अघिल्लो कृति “नरोदवादको आर्थिक तत्व तथा श्री स्त्रुभेको किताबमा उनको समीक्षा” मा “अठारौं ब्रुमेर” “फ्रान्समा गृहयुद्ध”, “गोथा कार्यक्रमको आलोचना” तथा पुँजिको दोश्रो भाग र तेश्रो भागको उल्लेख गरेका छन् ।
पछिल्ला वर्षहरुमा प्रवासमा बस्नु पर्ने बाध्यताले लेनिनले माक्र्स तथा एंगेल्सको कृतिहरु सम्पूर्ण अध्ययन गर्न सकेकोले पूर्ण ज्ञान हाँसिल गर्न सके ।
लेनिनले सन १९१४ मा ग्रानातको “विश्वकोष”को लागि माक्र्सको जीवनी लेखे, त्यो माक्र्सको कृतिहरुमा लेनिनको शानदार ज्ञानमा आधारित निक्कै सुन्दर तरिकाले प्रकाश पारेको छ ।

यसबारे ती अनगिन्ति उद्धहरणहरुबाट थाहा पाउन सकिन्छ जस्लाई लेनिनले माक्र्सको कृतिहरु पढेको समयमा टिपोट उतार्थे । माक्र्सवाद लेनिनवाद संस्थानसित कैयौं नोटबुकहरु छन्, जसमा भ्लादिमिर इल्यिचद्धारा माक्र्सको कृतिहरुबाट लिएका टिपिएका उद्धहरण हुन ।
लेनिन आफ्नो गतिविधिमा यी उद्धहरणहरुको उपयोग गर्थे, त्यसलाई दोहोर्याएर पढ्थे तथा त्यसमा निशाना लगाउँथे । तर लेनिन माक्र्सलाई केवल जान्ने मात्र होइनन्, उनी पूरै शिक्षाको विषयमा गभ्भीर चिन्तन पनि गर्दथे । सन १९२० मा कोम्सोमोलको तेश्रो अखिल रुसी महाधिवेशनमा भाषण गर्दै उनले नौजवानलाई सल्लाह दिएका थिए “मानव ज्ञानको समग्र योगलाई आत्मसात गरियोस् तथा यसरी ग्रहण गर्न सकियोस कि कम्युनिज्म कुनै यस्तो बस्तु होइन, जस्लाई कण्ठस्थ पारेर हाँसिल गर्न सकियोस । तर यस्तो केही चिज हो, जस्मा आफुले नै सोचविचार गर्नु परोस, केही यसतो चीज हो, बर्तमान शिक्षाको दृष्टिकोणमार्फत अवश्यम्भावी निष्कर्ष मुर्त हुनसकोस ।” 

“यदि कुनै कम्युनिष्टले घोर, गम्भीर तथा कठिन परिश्रम नगरीकन, यस्ता तथ्यहरुलाई नबुझिकन जसको आलोचनात्मक तरिकाले निरीक्षण गर्नु आवस्यक छ , बनिबनाउ निष्कर्षहरुको आधारमा कम्युनिज्मको डिङ हाँक्न शुरु गर्छ भने त्यो पक्कै पनि अत्यन्तै निन्दनीय कम्युनिष्ट हुनेछ ।”
यो कुराले हाम्रो अघिल्तिर यो सवाल प्रस्तुत गर्दछः लेनिन माक्र्सको अध्ययन कुन किसिमले गर्दथे ? यसको उत्तर अंशतः उनको उपरोक्त शब्दहरुमा हेर्न सकिन्छः यो अत्यन्त आवश्यक छ कि माक्र्सको विधि प्रष्टसित बुझ्न सकियोस् र त्यसबाट ज्ञान आर्जन गर्न सकियोस, देश विशेषमा मजदुर आन्दोलनको विशिष्ट लक्षणहरु कुन तरिकाले अध्ययन गरिन्छ । यसै गरे लेनिनले । उनको लागि माक्र्सको सिद्धान्त कुनै जडसूत्र थिएन, तर कामको लागि पथ प्रदर्शक थियो । एकपटक उनले भनेका थिएः “सबैले माक्र्सको परामर्श लिन चहान्छन् । यो उनको लाक्षणिक गुण थियो । उनी हर्दम माक्र्ससित सल्लाह लिन्थे । सबभन्दा विकट पलहरुमा, क्रान्तिको हरेक मोडमा उनी माक्र्सलाई पुनः पढ्न थाल्थे । जब तपाई उनको अध्ययन कक्षमा प्रवेश गरेको खण्डमा तपाई उनको वरिपरि सबलाई झक्झक्याई रहेको अवस्थामा पाउनु हुनेछ । तर उता इल्यिच माक्र्सलाई पढिरहेका हुन्थे र यस्तो तल्लिन हुन्थे कि उनीहरुलाई त्यहाँबाट उनको ध्यान हटाउनको लागि निक्कै कोशिस गर्नुपथ्र्यो ।

लेनिन,  जीवन संगिनी क्रुप्स्काया

उनी आफ्नो स्नायुतन्त्रलाई चिसो पुर्याउनको लागि अथवा मजदुर वर्गको शक्तिमा या त्यसको अन्तिम विजयमा विश्वासकासाथ आफुलाई सुसज्जित गर्ने उदेश्यले माक्र्सको अध्ययनमा लीन हुँदैन थिए– यो विश्वास भने स्वयं उनीसित धेरै थियो; एकमात्र उदेश्य माक्र्सबाट परामर्श गर्नु तथा उनीबाट मजदुर आन्दोलनको चालू प्रश्नहरुको उत्तर प्राप्त गर्नु रहेका हुन्थे । लेनिनले आफ्नो लेख “दोश्रो दुमाको बारेमा फ्रान्ज मेहरिङ” मा लेखेका थिए : “यसता मानिसहरुको तर्क गलत तरिकाले चुनिएको उद्धहरणहरुमाथि आधारित हुनेछ, ती प्रतिकृयावादी निम्नपुँजिपति वर्गको विरुद्ध ठुला पुँजिपति वर्गको लागि समर्थनको सम्बन्धमा आम प्रस्थापनाहरुलाई चुन्दछन तथा उनीहरु आलोचनात्मक ढंगको रुसी क्याडेटहरु तथा रुसी क्रान्तिमाथि लागु गर्दछन् ।”
“यस्ता मानिसहरुको लागि मेहरिङले एक राम्रो पाठ पढाउँथे (सबक) । पुँजिवादी क्रान्तिमा सर्वहारा वर्गको काममा जो कोही पनि माक्र्ससित परामर्श गर्न चहान्छन् (मोटो अक्षर मेरो– न.क.) त्यसलाई ठीक तरिकाले जर्मन पुँजिवादी क्रान्तिको युगको सम्बन्धमा उनको बयानहरुलाई पढ्नु आवश्यक छ । हाम्रो मेन्शेभिक ती बयानहरुसित अकारण नै लाजमर्दो अवस्थामा पर्ने थिएनन् । त्यसमा हामी पुँजिवादी संझौतापरस्तहरुको विरुद्ध त्यो निर्मम संघर्षको सर्वाधिक पुर्ण तथा सर्वाधिक स्पष्ट अभिव्यक्तिकारुपमा हेर्छौं जसले रुसी “ बोल्शेभिक” रुसी पुँजिवादी क्रान्तिमा चलाई रहेका छन्।”
माक्र्सको ती कृतिहरुलाई चुन्नुपर्दछ जुन ठ्याक्कै मिल्दोजुल्दो स्थितिहरुको विश्लेषणसंग सम्बन्धित थियो, त्यसको समग्र अध्ययन गर्न तथा त्यसको त्यो स्थितिसित तुलना गर्नु, जहाँ हामी रहिरहेका थियौं, ताकी स्पष्टता तथा अन्तर सामुन्ने ल्याउन सकियोस– यो थियो लेनिनको विधि । यसलाई उनी सन १९०५–१९०७ को क्रान्तिमा कसरी लागू गर्नसकिन्छ, यो उनको काम गर्ने तरिकाको उत्कृष्ट एवम् सुस्पष्ट प्रमाण थियो …..।
माक्र्सको चिठ्ठी पत्र तथा गतिविधिबारे सन १९०७ को भ्लादिमिर इल्यिच लेनिनको लेख विशेषरुपले महत्वपूर्ण रहेको छ ।
त्यो होः कुगेलमानको नाममा कार्ल माक्र्सको चिठीहरुको रुसी अनुवादको प्रस्तावना”, “दोश्रो दुुमाको बारेमा फ्रान्ज मेहरिङ” तथा फ. आ. जोर्गेको चिट्ठी–पत्रको प्रस्तावना” । यी लेख खास किसिमले अन्तिम– माक्र्सको अध्ययन गर्ने लेनिनको विधिबारे विशेषरुपले निकै राम्रो तस्विर प्रस्तुत गर्दछ । यो अन्तिम लेख त्यस समय लेखेका थिए जब लेनिन बोग्दानोवकासाथ आफ्नो मतभेदको सिलसिलामा दर्शनको अध्ययनमा तल्लिन थिए तथा उनको ध्यान द्धन्दात्मक भौतिकवादको समस्याहरुमाथि केन्द्रित रहेको थियो ।
त्यसै किसिमको प्रश्नहरुमा, जस्ले योे देशमा क्रान्तिको पराजयले जन्म दिएको थियो, माक्र्सको ब्याख्याको तथा द्धन्दात्मक एवं ऐतिहासिक भौतिकवादको प्रश्नहरुको एकैसाथ अध्ययन गरेर लेनिनले माक्र्सबाट यो सिके कि ऐतिहासिक विकासको अध्ययन माथि द्धन्दात्मक भौतिकवादको विधिलाई कसरी लागू गर्न सकिन्छ । उनले “फ.आ. जोर्गेको चिठ्ठी–पत्रको लागि प्रस्तावना” मा लेखेः “माक्र्स तथा एंगेल्सले ब्रिटिश, अमेरिकी तथा जर्मन मजदुर आन्दोलनहरुमा जुन ब्याख्या दिनुभयो त्यसलाई एक अर्कासित तुलना गर्नु निकै शिक्षाप्रद रहेको छ । यस्ता तुलनाले अझ त्यतिखेर महत्व ग्रहण गर्दछ, जब हामी यो संझना गरौं कि एकातर्फ जर्मनी र आर्को तर्फ ब्रिटेन तथा अमेरिकाले पुँजिवादी विकासको अलग अलग गन्तव्यहरुको तथा ती देशहरुको सम्पूर्ण राजनीतिक जीवनमाथि एक वर्गको रुपमा पुँजिपति वर्गको प्रभुत्वको विभिन्न रुपहरुको प्रतिनिधित्व गर्दछन् । वैज्ञानिक दृष्टिकोणले हाम्रो सामुन्ने यहाँ भौतिकवादी द्धन्दवादका नमूना, विभिन्न राजनीतिक तथा आर्थिक व्यवस्थाहरुको विशिष्ट गुणहरुको सिलसिलामा भिन्न भिन्न मुद्धाहरु तथा समस्याहरुको भिन्न भिन्न पहलुहरुलाई सामुन्ने ल्याउन तथा त्यसमाथि जोड दिने योग्यता मौजुद रहेको छ । मजदुर पार्टी व्यवहारिक नीति तथा कार्यनीतिको दृष्टिकोणले यहाँ हाम्रो सामु त्यस किसिमको नमूना विद्यमान रहेको छ जसबाट “कम्युनिष्ट घोषणापत्र” को रचनाकारहरुले भिन्न भिन्न देशहरुमा राष्ट्रिय मजदुर आन्दोलनहरुको अलग अलग गन्तव्य अनुसारको संघर्षशील सर्वहारावर्गको कार्यहरुको परिभाषा गरेका थिए ।”
सन १९०५ को क्रान्तिले धेरै ठूला संख्यामा नया तथा तत्कालिक विषयहरुलाई तात्कालिक समाधानको लागि प्रस्तुत गर्यो तथा त्यसलाई समाधान गर्नकोलागि लेनिनले माक्र्सको कृतिहरुको अझ धेरै गहन मनन् गरे । माक्र्सको अध्ययन लेनिनको विधि (सही अर्थमा माक्र्सवादी) यस तरिकाले क्रान्तिको ज्वालामा खहारिएको थियो परिस्कृत भएको थियो ।
माक्र्सलाई अध्ययन गर्ने लेनिनको विधिले उनलाई माक्र्सवादलाई तोड्ने मोड्ने तथा त्यसलाई क्रान्तिकारी तत्वबाट बंचित गर्ने कोशिशहरुका विरुद्ध संघर्ष गर्ने साधनहरुले सुसज्जित गरे । हामीलाई थाहा छ अक्टुबर क्रान्तिको संगठनमा तथा सोभियत सत्ताको स्थापनामा लेनिनको पुस्तक “राज्य र क्रान्ति” ले कस्तो जबर्जस्त भूमिका खेलेको थियो । यो पुस्तक राज्यको सम्बन्धमा माक्र्सको क्रान्तिकारी शिक्षाहरुको उनको गहन अध्ययनमा सम्पूर्णमा आधारित रहेको छ ।
आउनुस, “राज्य र क्रान्ति” को प्रथम पृष्ठलाई उद्धृत गरौंः

”  सिद्धान्तसित आज जे भैरहेको छ, त्यो इतिहासमा मुक्तिको लागि संघर्षरत उत्पीडित बर्गहरुको क्रान्तिकारी चिन्तकहरु तथा नेताहरुको सिद्धान्तहरुको साथ पटक पटक भयो । महान क्रान्तिकारीहरुको जीवनकालमा उनीहरुले उत्पीडित वर्गमाथि लगातार यंत्रणाहरु दिइरहे, उनीहरुको सिद्धान्तहरुको अधिकतम बर्बर द्धेषभाव, अधिकतम क्रोधोन्मत घृणा तथा झूठ र कुत्साको अधिकतम बैमानी भरिएको प्रचारहरुको सामना गर्नुपर्यो । उनीहरुको मृत्यु पश्चात उत्पीडित वर्गहरुलाई बहलाउन तथा उनीहरुलाई बेवकुफ बनाउने उदेश्यको लागि, साथै क्रान्तिकारी सिद्धान्तलाई त्यसको सारबाट बन्चित गर्न, उनीहरुको क्रान्तिकारी धारलाई कुण्ठित गर्न तथा त्यसलाई भ्रष्टिकरण गर्नकोलागि उनीहरुलाई अहानीकारक देव प्रतिमामा परिवर्तन गर्न केही हदसम्म उनीहरु नामहरुलाई पूज्ययोग्य बनाउने प्रयत्न गरे भनिन्छ । माक्र्सवादलाई यस किसिमले दूषित गर्नमा आज पूँजिपति वर्ग तथा मजदुर आन्दोलनमा मौजुद अवसरवादीहरुको वीच सहमति छ । उनीहरुले यस सिद्धान्तको क्रान्तिकारी पहलुलाई, तिनको क्रान्तिकारी आत्मालाई समाप्त गरे, मधुरो बनाई दिए अथवा विकृत बनाई दिए । जे पुँजिपति वर्गको लागि स्वीकार्य छ अथवा स्वीकार्य प्रतित हुन्छ,त्यसलाई ल्याएका छन्, अघि सारेका छन्, र त्यसैको स्तुति गरेका छन । सबै सामाजिक अन्धराष्ट्रवादी आज “माक्र्सवादी” बनेका छन्, नहाँस्नु होला । जर्मन पुँजिवादी विद्धान, ती हिजोसम्म माक्र्सवादलाई नष्ट गर्ने विशेषज्ञ थिए, अहिले आधिकारिक “राष्ट्रिय जर्मन” माक्र्सको कुरा गर्दछन्, जस्ले, अर्थात तिनीहरुको दावा छ, मजदुर युनियनहरुलाई शिक्षित गरे र डकैतिपूर्ण युद्ध चलाउनको लागि त्यस्को सानदार ढंगले संगठित गरे । यी परिस्थितिहरुमा माक्र्सवादको अभूतपूर्वरुपले व्यापक विकृतिलाई चिर्दैै, हाम्रो पहिलो कर्तव्य राज्यको विषयमा माक्र्सको वास्तविक सिद्धान्तको पुनःस्थापना गर्नु हो ।”

माक्र्स तथा एंगेल्सले लेख्नु भयो उहाँहरुको शिक्षा “कुनै जडसूत्र होइन, तर गधिविधि पथदर्शक” हो । लेनिन उहाँहरुको यी शब्दहरुलाई दोहोर्याउँदै गर्दा कहिल्यै थाकेनन् । लेनिन, माक्र्स तथा एंगेल्सको कृतिहरुको अध्ययन गर्ने आफ्नो विधि तथा क्रान्तिकारी आन्दोलनको व्यवहारिक कार्य एवं सर्बहारा क्रान्तिको युगको पूरा वातावरण बमोजिम माक्र्सलाई सही अर्थमा क्रान्तिकारी सिद्धान्तलाई कार्यकलापको वास्तविक पथप्रदर्शक बनाउन सकेको हो ।
म एउटा निकै आवश्यक प्रश्नको चर्चा गर्नेछु । हामीले सोभियत सत्ताको स्थापनाको पन्द्रौं जन्मोत्सव मनाएको त्यति धेरै दिन भएको छैन । यस सिलसिलामा हामीले संझेका थियौं, अक्टुबर १९१७ मा सत्ता हासिल गर्ने कार्य कुन प्रकारले संगठित गरिएको थियो । यो स्वतः स्फूर्त ढंगले होइन, परन्तु त्यसमाथि लेनिनले पहिला नै गहिरो चिन्तन गरेका थिए, विप्लव कसरी संगठित गर्नुपर्दछ, माक्र्सको यी प्रत्यक्ष निर्देशनहरुलाई उनले पथ प्रदर्शन गरेका थिए ।
अक्टुबर क्रान्तिले सत्ता सर्वहारावर्गको हातमा स्थानान्तरित गरेपछि संघर्षको तमाम अवस्थाहरु मौलिक रुपले बदलेका थियौं, परन्तु लेनिनले माक्र्स तथा एंगेल्सको कृतिहरुको शब्दहरुबाट होइन, तर उहाँहरुको क्रान्तिकारी सारतत्वद्धारा पथप्रदर्शन गरेका थिए, त्यसलाई सर्वहारावर्गको अधिनायकत्वको अवधिमा माक्र्सवादलाई समाजवादको निर्माणमा लागू गर्न सकियो ।
मैले केही कुराको मात्रै विषय उठाएको हुँ । लेनिनले माक्र्सबाट जे जति ग्रहण गरे, ती सबैलाई के पत्ता लगाउन, क्रान्तिकारी आन्दोलनको कुन कार्यको सिलसिलामा उनको तरिकाको विवेचन गर्नको लागि निकै धेरै शोध गर्नुपर्दछ । मैले त राष्ट्रीय प्रश्न, साम्राज्यवाद आदि जस्ता महत्वपूर्ण प्रश्नहरुको चर्चासम्म गरेको छैन । यो विषयले लेनिनको संग्रहित रचनाहरु तथा लेनिनको संकलित ग्रंथहरुको प्रकाशन शोधकार्यलाई अधिक सुगम बनाउने छ ।
क्रान्तिकारी संघर्षको तमाम खुड्किलाहरुमा–सुरुदेखि अन्तसम्म जुन तरिकाले स्वयं लेनिनले माक्र्सको अध्ययन गर्दथे, उनी माक्र्सको बारेमा मात्रै होइन, लेनिनको बारेमा, अध्ययनको विधि तथा माक्र्सको शिक्षालाई व्यवहारमा ल्याउनकोलागि उनको विधिले हाम्रो समझदारीलाई उत्तम, गहन बनाउँने छ ।
एउटा निकै नै महत्वपूर्ण तथ्यको पनि चर्चा गर्नु आवश्यक छ, त्यो यो हो कि माक्र्सको लेनिनद्धारा अध्ययन, माक्र्स तथा एंगेल्सको कृतिहरुसम्म मात्रै सीमित थिएनन् । माक्र्सको बारेमा उनको “आलोचकहरु”ले जुन लेखे, ती पनि अध्ययन गर्दथे । माक्र्सले यो या त्यो विचार कसरी बनाए, यसको पनि अध्ययन गर्दथे, उनले ती किताबहरु पढे जसले स्वयं माक्र्सको विचारहरुलाई जन्म दिएको थियो तथा उनलाई त्यो बाटो तर्फ निर्देशित गरेको थियो जसलाई उनले अपनाए । यसो भन्न सकिन्छ कि उनले माक्र्सवादी दृष्टिकोणको उद्गमको अध्ययन गरे, माक्र्सले यो वा ती लेखकहरुबाट के र कसरी ग्रहण गरे सो कुराको अध्ययन गर,े गरिछाडे….।

यहाँ पुरानो शीर्षकलाई राखिएको छ । धन्यवाद

  1. पेज नम्बर १५२ देखी १५९ सम्म
    लेनिन पुस्तक और सस्मरण
    प्रगति प्रकाशन मास्को
    सन १९७६
    अनुवादः जय कार्की
    असार २०, २०८१ साल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*