वाल्ट ह्विट्म्यान (सन १८१९-१८९२) अमेरिकाको महान कवि हुन् । ” घाँसका पातहरू” एक मात्र कविता संग्रह हो। ह्वाइटम्यानलाई विश्व कवितामा स्वतन्त्र पदको पहिलो प्रयोगकर्ता मानिन्छ। उहाँ मानव समतावादी र विश्व लोकतन्त्रका समर्थक हुनुहुन्छ।
म शरीरको कवि अनि आत्माको कवि
स्वर्गको सुख मसित छ र नर्कको पींडाहरु मसित छ,
सुख म बुन्दछु र दुःख म हुर्काउँछु,
दुःखलाई म नयाँ भाषामा रुपान्तरण गर्दछुम त्यति नै महिलावादी कवि हुँ जतिकि पुरुषको
र भन्छु– महिला हुनु पुरुष हुनु जत्तिकै गरिमामय हो ।
म भन्छु– मानिसकोलागि आमा हुनु जत्तिको ठूलो अरु केही छैन
म समृद्धि र गौरवको गीत गाउँछु
अति भयो बचाउनुस बचाउनुस
म देखउन चहान्छु आकार केबल परिवर्तन हो ।
तिमी के अरुभदा अघि बढेकै हौ? राष्ट्रपति हौ कि कसो?
यो सामान्य कुरा हो, सब आइरन्छन्, गैरहन्छन्
म त्यही हुँ जो नाजुक र छिप्पिदै गएको रातहरुसंगै हिड्छु
रातको शिथिल अंगालो र आवेगमा धरती र समुद्रलाई बोलाउँछुअलि नजिक आउ, ए खुला छाति भएको रात –
अझ नजिक आउ जिजीविषा बढाउने चुम्बकीय रात ।
अहिलेसम्म जागेको रात– ए नाङ्गो पागल गर्मीको रात।
दक्षिण हावा चलेको रात–अलिकति ठूला ताराहरुको रातए चिसो सास भएकी विशाल धरती मुस्कुराउ!
उँघ्दै र पग्लिदै गरेको जंगल भएको धरती!
सूर्यास्त भएको धरती–कुहिरोले ढाकेको पहाडी सिखरभएको धरती!
ससाजस्तै चम्किने हलुका नीलो पूर्णिमाको प्रकाशमय धरती!
नदीको ज्वारको उज्यालो र छायाँ भएकी धरती !मेरोलागि मस्त उज्यालो भएका छन र उठेका छन्
धमिलो बादलहरु भएको धरती!
सुदूरलाई आलिङ्गनमा लिने धरती
फूलेका स्याउको गाढा वासना भएको धरतीमुस्कुराउ है तिम्रो मायालु आए
ए अपूरणीय दानी!
तिमीले मलाई माया गर्यौ–यसकारण म पनि तिमीलाई माया गर्छु
ओ अव्यक्त अगाध माया!
भावानुवादः जय कार्की, communistonline.com
अंग्रेजीबाट लाल्टुले अनुवाद गरेका हुन् धन्यवाद।
कार्तिक १२ गते २०८१ साल काठमाण्डौ
Be the first to comment