
आज महान् रुसी अक्टुवर समाजवादी क्रान्तिले १०७ वर्ष पुरा गरिसकेको छ । सन १९१७ अक्टुवर २५ ( रुसी नयाँ पात्रोका अनुसार सन १९१७ नोवेम्बर ७ ) दिन रसियन कम्युनिस्ट पार्टी ( बोल्सेविक ) को रणनीतिक योजना र महान् लेनिनको नेतृत्वमा महान् रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भएको थियो । त्यसैले आज विश्व सर्वहारा श्रमजीवी वर्गले उक्त अक्टुवर क्रान्तिको १०७ आौं वर्षगाँठ धुमधामका साथ मनाउन गइरहेका छन् । यस अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र ऐक्यबद्धता जाहेर गर्दछ ।
रुस र चीनमा गठित प्रतिक्रान्तिका घटना पश्चात् अन्तर्राष्ट्रिय क्रान्तिकारी साम्यवादी आन्दोलन रक्षात्मक अवस्थाबाट गुज्रिएर क्रान्ति र प्रतिक्रान्तिका सकारात्मक र नकारात्मक अनुभव र शिक्षाकाबीचबाट अगाडि बढिरहेको छ । आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको काँधमा दक्षिणपन्थी संशोधनवादका विवाद प्रकारका षड्यन्त्र र हमलाहरुलाई वैचारिक ( दार्शनिक , वैचारिक , राजनीतिक तथा साँगठनिक ) रुपमा परास्त गरि वर्गबिहिन , राज्यबिहिन समानतामूलक नौलो संसारको रुपमा स्थापना गरिने वैज्ञानिक साम्यवादी समाज निर्माणको ऐतिहासिक कार्यभार पुरा गर्नका लागि क्रान्तिकारी अन्तर्राष्ट्रिय संगठन निर्माण गर्दै विश्वभरका क्रान्तिकारी कम्युनिस्ट सर्वहारा श्रमजीवी वर्गलाई एकताबद्ध गर्ने जुन जिम्मेवारी काँधमा आइपुगेको छ , त्यसमा हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले महत्त्वपूर्ण सहयोग गर्दै अगाडि बढ्ने दृढ विश्वास दिलाउँदछौं ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : ७ नोवेम्बर २०२४
( २२ कार्तिक २०८१)
( हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
Be the first to comment