विश्व साहित्यका महान उपन्यासकार ग्राब्रियल गार्सिया मार्केज -जय कार्की

चिलीको सुविख्यात लेखिका इसाबेल एलेण्डे नोबेल पुरस्कारद्धारा विभुषित विश्व साहित्यका महान उपन्यासकार, कथाकार, स्क्रिन राइटर तथा पत्रकार गाब्रियल गार्सिया मार्केजको विषयमा भन्नु हुन्छ “एउटा तरिकाले उहाँले पाठकहरुमाथि विजय हाँसिल गर्दै, विश्वलाई पनि जित्नु भयो र विश्वलाई हाम्रा वारेमा वताउनु भयो । ल्याटिन अमेरिकाको वारेमा र हामी को हौं भन्ने वारेमा वताउनु भयो । उहाँले लेखेका पानाहरुमा हामीले आफ्ना अनुहार हेरेका छौं ।” इसाबेल एलेण्डे पुनः स्पष्टिकरण दिदै भन्नु हुन्छ गाबोको वान हण्ड्रेड यर्स अफ सोलिच्युड (१०० सय बर्षको एकान्तवास) पढिसकेपछि मेरो कथा मलाई कसैले सुनाई रहेको जस्तो लाग्यो ।
कोलम्बियाको विश्व प्रशिद्ध उपन्यासकार गाब्रियल गार्सिया मार्केजको ८७ वर्षको उमेरमा अप्रिल १७, २०१४ का दिन विहिवार मेक्सिकोमा निधन भएको थियो । उनलाई २० औं शताब्दीको सवैभन्दा महान लेखक भनि सम्वोधन गरिएको छ । १०० वर्ष एकान्तवासमा नामको उनको यो विश्व प्रशिद्ध कृति पाँच करोडप्रति विक्री भैसकेको छ । ल्याटिन अमेरिकामा बाईबल पछि सवैभन्दा बढि विक्री भएको पुस्तक यही हो । यो पुस्तक २५ वटा भाषामा अनुवाद गरिएको छ ।
उनका हरेक कृतिहरु चाल्र्स डिकेन्स र बाल्जाक, हेमिंवे र लिओ टल्सटयको कृतिहरुको वरावरीमा दाँजेर पढिन्छ ।
गार्सियाको जन्म आराकाटाका नामको कोलम्बियाको क्यारिबियन तटमा मार्च ६ को १९२७ मा एउटा गरिब परिवारमा भएको थियो । उनको माता र पिताको नाम लुइसा सान्तियागा मार्केज र गाब्रियल एलिजिओ गार्सिया थियो । उनका पिता हुलाकको क्लर्क र टेलीग्राफ अपरेटर थिए । उनको आयस्ताले श्रीमती र १२ जना वालवच्चाको भरणपोषण हुन्थ्यो ।
सन्तानमा गाब्रियल सवैभन्दा जेठा थिए । उनले मावलमा बाल्यकाल विताएका थिए । बाल्यकालमा हजुरबा र हजुरआमाले सुनाएका जादु र भुतका कथाहरु सुन्ने शौभाग्य पाएका थिए । मावली हजुरबा निकोलस मार्केज मेजिया रिटायर आर्मी कर्णेल थिए । सवैभन्दा वढि उनले लेखेका उपन्यास र कथाहरुमा उनकै प्रभाव परेको छ । किशोरावस्थामा नै अध्ययनको लागि राजधानी बोगोटा प्रवेश गरेका मार्केजले कानूनको विद्यार्थी हुने मौका पाए पनि पढाई पूरा नगरी पत्रकारितामा प्रवेश गरेका थिए ।
उनले लेखेका सम्पुर्ण पुस्तकहरु सर्वाधिक लोकप्रिय रहेका छन् । उनी एकजना यस्ता लेखक थिए जो चर्चित रक स्टार जस्तै चर्चित थिए । उनको सय वर्षको एकान्तवास उपन्यास सन १९७६ मा प्रकाशित भएको थियो । मार्केजलाई जादुगरी यथार्थवादी लेखक भनिन्छ । तर उनी भन्छन्् म मेरा वरिपरिका यथार्थलाई कथा वस्तुमा उन्छु त्यसकारण म यथार्थवादी चाँही हुं । मार्केजको लेखनमा घरपरिवारभित्रको प्रभाव, त्यतिखेरको राजनीतिक, सामाजिक परिवेश र सो समयमा कोलम्बियामा ला भ्वाईलेन्सिया नामको कुख्यात गृहयुद्धको चपेटामा ३ लाख मानिसहरुले ज्यान गुमाएका थिए । त्यसैगरी कोलम्बियामा प्रारम्भ भएका लागू औषध कारोबारीको युद्धले देशलाई आक्रान्त पारेको थियो । उनका मूल विषयहरु यसैमा आधारित थिए ।
इसाबेल एलेण्डे भन्नुहुन्छ उनी संधै बामपंथी थिए । फिडेल क्यास्ट्रोको मित्र थिए । क्रान्तिका समयमा उनीहरुवीच मित्रता कायम भएको थियो । क्युबाली शसस्त्र युद्धको समयमा उनले युद्ध पत्रकारकारुपमा आफ्नो भूमिका निभाएका थिए । उनी क्युबालाई मन पराउँथे । उनी क्युबामा वसे र पछि पनि धेरै पटक क्युबाको भ्रमण गरिरहे । क्युबाली क्रान्ति सम्पन्न भएपछि उनले हाबानामा फिल्मी इष्टिच्युटको स्थापना गर्ने जिम्मेवारी पाएका थिए ।
उनको वामपंथी दृष्टिकोणका कारण कोलम्बियामा वस्न उनलाई अनेकौं समश्याहरु आईपरिरहेकोले कोलम्बियामा बस्न नसक्ने भएपछि ज्यानको खतरावाट जोगिन देश छोडेर मेक्सिकोमा अप्रवासी हुन गएका थिए । उनी मेक्सिको भन्दा बाहेक अरु देशहरुमा पनि वसेका भएपनि लामो समयसम्म र देह त्याग नभएसम्म त्यहिं बसेका थिए ।
सन १९५० को समयमा ल्याटिन अमेरिका भरि नै तानाशाहहरुको दमनचक्रले बिगबिगी रहेको थियो । कोलम्बियामा रोजास पिनिल्ला थियो । भेनेजुयलामा पेरेज जिमिनेज, पेरुमा ओड्रिया, त्रुजिल्लो सान्तो डोमिङ्गोमा, अर्जेन्टिनामा पेरो र क्युबामा बाटिस्टा थियो । दमन र ज्यानको जोखिमका कारण सो समयमा ल्याटिन अमेरिकी लेखकहरु निर्वासनमा बसेर कलम चलाइरहेका थिए । युरोप लगायत अन्य मुलुकहरुमा वसेर उनीहरु कलमजीवी भएर वाँचिरहेका थिए भने अर्को तर्फ ल्याटिन अमेरिकी तानाशाहहरुको विरुद्धमा जुधिरहेका थिए । लोकतन्त्रका खातिर लडिरहेका थिए । उनीहरुका लागि यसकारण पनि आफ््नो देश झन्् असुरक्षित थियो । यसैप्रकारको घटना चिलीमा पनि घटेको थियो । जब चिलीमा शैनिक कु भयो त्यहाँका नाम चलेका लेखक तथा कविहरु देश छाडेर जान वाध्ये भएका थिए । नोबेल पुरस्कार विजेता विश्व प्रशिद्ध कवि पाब्लो नेरुदा अर्जेन्टिनामा पलायन हुन वाध्ये हुनु भएको थियो ।
गाब्रियल गार्सिया क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रो तथा क्युबाली जनताको अभिन्न मित्र हुनुहुन्थ्यो । उहांको देहान्त भएको खवर सुन्ने वित्तिक्कै राष्ट्रपति राउल क्यास्ट्रोले एक बक्तब्य जारी गर्नु भएको छ बक्तब्यमा भनिएको छ ः यो विश्व, विशेषत अमेरिकी जनताहरुले भौतिकरुपमा एक जना महान विद्वान तथा लेखक गुमाएका छन् । क्युबालीहरुले एकजना प्रिय मित्र जस्ले निरन्तर ऐक्यवद्धता जारी राखेका थिए , गुमाएका छन्, उहाँ जस्ता मानवको कार्यहरु अमर रहिरहने छन् ।— (हबाना अप्रिल १७,२०१४)
गाब्रियल गार्सिया मार्केजलाई सम्मान तथा आदरपूर्वक गाबो भन्ने गरिएकोे छ । गाबोले चिलीका तानाशाहका विरुद्धमा डटेर कलम चलाउनु भएकोले उनी चिलीमाा असाध्ये सम्मानित छन् । उनको देहान्तमा चिली कम्युनिष्ट पार्टीले गहिरो समवेदना व्यक्त गर्दै बक्तब्य जारी गर्दै भनेको छ ः “चिली कम्युनिष्ट पार्टी कोलम्बियाका लेखक गाब्रियल गार्सिया मार्केज दिवंगत भएकोमा उहाँप्रति गहिरो दुःख ब्यक्त गर्दै उहाँको परिवार, कोलम्बियाका जनता र ल्याटिन अमेरिकी जनताप्रति समवेदना जाहेर गर्दछ ।” यो दुखदायी समाचार सुनेपछि चिली कम्युनिष्ट पार्टीका उपध्यक्ष गुलेर्मो टेलिएरले संक्षिप्त प्रतिकृया दिदै भन्नु भयो “गाब्रियल गार्सिया हाम्रो पार्टीको महान मित्र हुनुहुन्थ्यो । भोलोदिया, ग्ल्याडिस र अन्य थुप्रैको अनन्य मित्र हुनुहुन्थ्यो । उहाँ तानाशाही व्यवस्थाको विरुद्धको आन्दोलनमा क्रियाशील सहयोगी हुनुहुन्थ्यो । उहाँले बहुआयामिक तरिकाले ऐक्यवद्धता जनाईरहनु भयो । यी महान उपन्यासकारलाई हामी कहिल्यै विर्सने छैनौ । वान हण्ड्रेड यर्स अफ सोलिच्युड (एक सय वर्षको एकान्तवास) का जन्मदाता जसको अमर कृतिले नोबेल पुरस्कार प्राप्त गर्न सक्यो र संसारभरि नै सम्मान पाएको छ ।”
गाबोको देहान्तमा कोलम्बियामा तीन दिनसम्मको राष्ट्रिय शोक मनाउने राष्ट्रपति हुवाँ म्यानुअल सान्तोसले घोषणा गरेका थिए भने कोलम्बियाको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । राष्ट्रपति सान्तोस स्वर्गीय गाबोको श्रद्धान्जली सभामा भाग लिन मेक्सिको आइपुगेका थिए । सान्तोस यति धेरै नत मस्तक हुनुको एउटै कारण थियो त्यो हो विगत ६० वर्षदेखि शसस्त्र संघर्षरत माक्र्सवादी फार्क विद्रोहीहरुलाई शान्तिप्रकृयामा ल्याउन गाबोले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । फार्क विद्रोहीहरुले पनि गाबोको निधनप्रति अपूरणीय क्षति भएको भन्दै शान्तिप्रक्रियामा उहाँले खेल्नु भएको भूमिकाको उच्च मूल्यांकन गरेको छ ।
यी विश्वविख्यात साहित्यकारले सन १९८२ मा One Hundred Years of Solitude साहित्यिक कृतिका लागि नोबेल पुरस्कार प्राप्त गर्नु भएको थियो । उनको शुप्रशिद्ध पुस्तकहरुको नाम Love in the Time of Cholera, Chronicle of a Death Foretold and 2005’s Memories of My Melancholy Whores लगायतका १५ भन्दा वढि चर्चित कृति रहेका छन् ।
शुरुका दिनहरुमा यी पत्रकारले श्रृंखलावद्धरुपमा कोलम्बियाका तैराकीहरुको अवस्थाका विषयमा लेखेर कन्जरभेटिभ सरकारप्रति आक्रोश पोखेका थिए । तर युरोप प्रबेश पश्चात उनले पत्रकारिताको काम छाडेर उपन्यास लेखनमा हात वढाएका थिए । सन १९७६ मा उनको प्रख्यात उपन्यास वान हण्डे«ड यर्स अफ सोलिच्युड प्रकाशित भएको थियो ।
सन १९२८ मा भएको अमेरिकाको युनाइटेड फ्रुट कम्पनीले केरा वगानका श्रमिकहरुमाथि चलाएको नरसंहारको घटनामा आधारित स्टर्म लिफ नामक कृति सर्बप्रथम प्रकाशित गरेका थिए । यो पुस्तकको नाम नेपालीमा पातहरुको हुरी भन्न सकिन्छ । सवै केरा बगानका सवै मजदुरहरुलाई मारेपछि उक्त स्थानमा केवल सुकेको पातको डंगुरलाई हुरी वतासले उडाउँदा उराठ लाग्दो आवाज मात्र आएकोले सो पुस्तकको नाम नै उनले लिफ स्टर्म राखेका थिए । यसै उपन्यासको विकसितरुप वान हण्ड्रेड यर्स अफ सोलिच्युड कृति भएको विश्लेषकहरुको ठम्याई छ ।
मार्केजले अमेरिकाले चिलीको वामपंथी राष्ट्रपति साल्भाडोर एलेण्डेको सत्ता अपदस्त गरेकामा कठोर विरोध जनाएका थिए । त्यसकारण उनलाई अमेरिकाले कम्युनिष्ट भएको आरोप लगाई अमेरिका प्रबेशमा प्रतिवन्ध लगाएको थियो । तर राष्ट्रपति बिल क्लिन्टनले सन १९९५ मा सो प्रतिवन्ध हटाएका थिए र पछि उनी स्वयंं मार्केजको निकै महत्वपुर्ण प्रशंसक बन्न पुगेका थिए । मार्केजको निधनमा समेत उनले गहिरो चिन्ता ब्यक्त गरेका थिए ।
क्युबाका राष्ट्रपति फिडेल कास्त्रोसित गाबोको सम्बन्ध यति गाढा थियो कि उनी प्रकाशोन्मुख पुस्तकका पाण्डुलिपीहरु राष्ट्रपति देखाई अनुमोदन गराउथे । क्युबामाथि अमेरिकाले पचास वर्ष देखि लगाएको आर्थिक नाकावन्दीको विरुद्धमा उनी संधै खडा भएका थिए ।
सन १९९८ मा ७२ वर्षको उमेरमा उहाँले क्याक्बियो नामक पत्रिकाको स्वामित्व नोबेल पुरस्कारको रकमवाट लिनु भएको थियो । उहाँले सो पत्रिकाको स्वामित्व किनिसकेपछि भन्नु भएको थियो “यदि म पत्रकार हुँदैन थिएँ भने सवै सामाग्रीहरु तथ्यगतढंगले जुटाउन सक्तैन थिएँ र मैलै पुस्तकहरु पनि लेख्न सक्ने थिईन” भनि पत्रकारिताको निकै खुलेर प्रशंसा गर्नु भएको छ ।
मार्केज म्याजिक रियलिज्मको विषयमा भन्नु हुन्छ ल्याटिन अमेरिकाको इतिहास तानाशाहहरुको चक्रब्युह, रोमान्टिक क्रान्तिकारीहरु, लामो समयसम्मको भोकमारी, बिरामी द्धन्द यी सवै नै म्याजिक यथार्थवादभित्रका तत्वहरु हुन । मार्केज आफ्ना रचना वा पुस्तक प्रकाशन गर्नु अघि फिडेल क्यास्त्रोलाई पढ्न दिई सुझाव माग्नु हुन्थ्यो ।
सुप्रशिद्ध लेखक विलियम केनेडी यी महान तथा विश्व विख्यात लेखकको वान हण्ड्रेड यर्स अफ सोलिच्युड कृतिका विषयमा भन्नु हुन्छ “बुक अफ जेनेसिस पछि आएको यो नै पहिलो साहित्यिक कृति हो र समस्त मानव जाति यसलाई पढनै पर्छ ।” त्यसैगरी अर्का ल्याटिन अमेरिकी लेखक कार्लोस फुयन्तेसले यो पुस्तकलाई “ल्याटिन अमेरिकाको बाइबल भन्नु भएको छ” भने ल्याटिन अमेरिकाका प्रशिद्ध उपन्यासकार मारियो भार्गास ल्योसा भन्नु हुन्छ “यो असाधारण उपन्यास ल्याटिन अमेरिकी विरताको महान उपन्यास हो ।” चिलीका महान कवि पाब्लो नेरुदाले “डन क्विजट पछि स्पेनिश भाषामा प्रकाशित सवैभन्दा महत्वपूर्ण कृति” भनि प्रशंसा गर्नु भएको छ । ल्याटिन अमेरिकी सुप्रशिद्ध लेखकहरु कार्लोस फुयन्तेस, कोर्ताजार, मारियो भार्गास ल्योसा भन्दा निकै उचाईमा पुगे ल्याटिन अमेरिकी तानाशाहरुको विरोधी कलमजीवि गाबो ।
उहांको विषयमा एउटा रमाइलो प्रसंङ्ग के छ भने मार्केज र उनकी जीवन संगिनी मर्सेडेस अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित साउथ अमेरिकन पब्लिकेशनका प्रमुख फ्रान्सिस्को पोरुवालाई वान हण्ड्रेड यर्स अफ सोलिच्युड पुस्तकको टाइप गरेको पाण्डुलिपी हुलाकमार्फत पठाउन राजधानी मेक्सिको सिटी पुगेर हुलाकमा पाण्डुलिपी जोखाउनु भयो । सो किताव जम्मा ४९० पेजको थियो टाइपराइटरमा टाइप गराँउदा । हुलाकको कर्मचारीले पुस्तकको वजन जोखेर ८२ पेसो लाग्ने उत्तर दिए । तर उनीहरुको सवै थैली झोरझार गर्दा पनि ५३ पेसो भन्दा वढि निस्केन । त्यसैले पुस्तकलाई दुई भागमा वरावरी पारेर भाग लगाई प्रकाशकलाई एक भागमात्रै पठाएका थिए । तर पहिलो भागको सट्टा दोश्रो भाग पहिलो लटमा पठाएकोमा उहाँहरु वडो दिक्क हुनु भयो । तर प्रकाशकले दोश्रो भाग पढेर हर्ष विभोर हुँदै पोष्टेज चार्ज पठाएपछि पहिलो भाग पनि पठाउँन सफल हुनु भएको थियो ।
सवैभन्दा वढि हण्डर खाएर, सवैभन्दा ठूला समश्याहरुवाट गुज्रेर, सवैभन्दा दरिद्रका दिनसित जुझ्दै, बेश्यालयको वेश्याहरुलाई टुलुटुलु हेर्दै, कोठा भाडा तिर्न नसकी निकालिएपछि कफी शपमा एक कप कफी किनेर पिउँदै रात कटाउने यी नै हुन् २० सौं शताब्दीका महान बाम्पन्थी धाराका चर्चित लेखक गाब्रियल गार्सिया मार्केज । समाजरुपान्तरणका लागि तथा बाम राजनीतिलाई केन्द्रमा राखेर अविचलित गतिमा साम्राज्यवादी तानाशाहरुका विरुद्धमा कलम चलाई रहने यी कलमजीवि योद्धा हाम्रा लागिपनि उत्तिक्कै सम्मानका हकदार छन ।
नोटः (क) इसाबेल एलेण्डे साल्भाडोर एलेण्डेको काकाको छोरी हुनुहुन्छ । सिआईएको उक्साहटमा एलेण्डेको सत्ता तानाशाह पिनोचेले सन १९७३ मा कब्जा गरि राष्ट्रपतिको समेत हत्या गरेपपछि इसाबेल एलेण्डे चिलेवाट भेनेजुयला भाग्न वाध्ये हुनु भएको थियो । यो सामाग्री डेमोक्रेसी नाउ रेडियोले २०१४, अप्रिल १८ मा स्व. गाब्रियल गार्सियाको विषयमा एलेण्डेसित लिएको अन्तरवार्ताको आधारमा तयार पारेको हो । सो अन्तरवार्ता हुवाँ गोन्जालेज र एमी गुडम्यानले लिनु भएको थियो ।
ख. यहाँ प्रयोग गरिएका सवै तस्बीरहरु गार्डियन समाचारपत्र १८ अप्रिल २०१४ बाट लिएको हो ।
तस्बीर: १.गाब्रियल गार्सिया मार्केज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*