“सिपिसी(CPC)ले कानुनी शासनको कार्यान्वयन कसरी गर्दछ” ?-जय कार्की

” चुनिएका संस्थाहरूमाथि चिनिया कम्युनिष्ट पार्टी  संचालनबारे” -प्रकाशक चाइना इन्टरकन्टिनेन्टल प्रेस  “पार्टी निर्माणका प्रयासहरु र चिनिया कम्युनिस्ट पार्टीको भ्रस्टचार विरुद्धको अभियान”- लेखक- वांग कियांग़, ” सिपिसीले कानुनी शासनको कार्यान्वयन कसरी गर्दछ ?”- लेखक दाइ मुकाई – अनुवादक चेन छु -प्रकाशक चाइना इन्टरकन्टिनेन्टल प्रेस


यी तीन पुस्तकहरु निकै महत्वपूर्णको रहेको महशुस गरेको छु । झण्डै १८ पेज लामो पार्टी विधानको पृष्ठभूमिबाट प्रारभ भएको विधान अत्यन्त महत्वपूर्ण रहेको छ । माओ विचारधारा, देङ्गको सिद्धान्त र बर्तमान राष्ट्रपति शि जिन पिङको चिनिया चरित्रको समाजवादी विचारधारा र राष्ट्रपति जियाँङ जमिन, हु जिन्ताओको महत्वपूर्ण देनहरु: तीन प्रतिनिधित्व ( The Three Represents and world outlook) तथा समुन्नत विकासको बैज्ञानिक दृष्टिकोणसहित पार्टी केन्द्रदेखी भुई तहको संगठनसम्मको पार्टी संचालन संरचना र उनीहरुको अधिकार र कर्तव्य बारे मिहिन तर खरोरुपमा किटान गर्नुकासाथै आलोचना र आत्मालोचनालाई सबैभन्दा बढि महत्व दिइएको छ ।
त्यसरी नै जनवादी केन्द्रियतालाई पार्टी संचालनको अपरिहार्य आधार मानेको छ । र, पार्टी कार्यक्रमलाई शतप्रतिशत पालना गर्नुपर्ने र त्यसो नगर्ने ठग वा कुराका पोका कार्यकर्ता तथा नेताको लागि कार्वाहीको कडा व्यवस्था गरिएको छ ।

अनि ठूला नेताहरुको बोस वा शासक बन्ने र मातहतका नेता कार्यकर्तामाथि हुकुम चलाउने प्रबृत्तिलाई धुलिसात पार्दै जनसेवककोरुपमा काम गर्न किटानी गरेको छ भने सबै प्रकारको भ्रष्टाचारलाई निर्मूल गर्ने दृढता व्यक्त गरिएको छ ।
स्मरणीय के छ भने सन २०२४ सम्म आइपुग्दा चिनमा भ्रष्टाचारको अवस्था शून्य सहशीलतामा झारेको दाबी गरेको मात्र छैन कि संयुक्त राष्ट्रसंघमा भ्रष्टाचार अन्त्यकोलागि हस्ताक्षर गर्ने पहिलो राष्ट्र बनेको छ चीन । र, विश्वका पाँच दर्जन देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा समावेश गरी सहयोग गरिरहेको छ ।
चीनले अरु कानूनलाई गहिरो अध्ययन, अनुसन्धान र त्यसको व्यवहारिक विश्लेषण गरेर केही हलुका बनाएर संशोधन गरेको भएता पनि भ्रष्टचार विरुद्धको कानुनलाई झनै कठोर बनाएको पनि प्रष्ट पारेको छ अर्थात देशको समुन्नत विकासको अवरोधक र समाजवादको सबैभन्दा ठूलो शत्रुकोरुपमा भ्रष्टचारलाई किटानी गरेको छ ।
भ्रष्टचारको तीन रुप र विशेषताको पहिचानकासाथ वर्गीकरण गर्नुकासाथै समाप्त गर्ने तरीका पनि प्रस्तुत गरेको छ । विदेश भाकपगेका र विदेशमै सरिसकेकालाई पनि देशभित्र नै थुतेर कार्वाही गरिरहेको छ ( Take out  tigers, Swat flies, Hunt down foxes)। त्यस्ता भ्रष्टहरुमा सरकारी ओहोदामा रहेका बडेबडे पदका , प्रान्तीय सरकार, मेगा प्रोजेक्टका सिइओ तथा पार्टीभित्रको पोलिटब्यूरो तहसम्म रहेका सबै खालका भ्रष्टहरुमाथि कानूनी कार्वाहीको दायरामा ल्याइरहेको छ ।

यहाँ उल्लेख गरिएका किताबहरु चिनिया कम्युनिष्ट पार्टीको आधिकारिक दस्तावेज हुन् । कुनै लेखक, विश्लेषक तथा प्रोफेसरले आफूखुशी मनलागेको, खट्केको विचार वा मनको कथनी लेखेको किताब होइनन् ।
यी पुस्तकहरुमा बताइए अनुसार सोभियत संघको सत्तालाई ध्वस्त पार्ने, टुक्राटुक्रा पार्ने, भरभराउँदो विश्व कम्युनिष्ट आन्दोलन तथा माक्र्सवाद लेनिनवादमाथि गंभ्भीर प्रश्नचिन्ह खडा गरी यो आधारस्तम्भलाई छिमल्ने निकृष्ट औजार भनेको सरकारी वा गैर सरकारी भ्रष्टचार नै हो भनि प्रष्ट किटानी गरिएको छ । एकपटक राष्ट्रपतिमा निर्वाचित भएपछि नमरुन्जेल अर्को राष्ट्रपतिको परिकल्पना समेत नगरेकोले सोभियत संघमा डरलाग्दो बिकृति उत्पन्न भएको थियो ।
लिओनिद ब्रेजनेभ राष्ट्रपति बनेपछि सम्पूर्ण भ्रष्टाचारको ढोकाहरु खुल्ला भएको थियो । उनको ज्वाईं रुसको सबैभन्दा ठूलो भ्रष्ट र तस्कर थियो । त्यसकारण देशव्यापीरुपमा बनमा सल्केको डढेलो झैं भ्रष्टाचारको आगो लागेको थियो । यसतो भयंकर अपराधलाई रोक्न ब्रेझ्नेभले कुनै कदम चालेका थिएनन् । जनवादी केन्द्रियतावादको अभ्यासको अन्त्य गरी केन्द्रीयतावाद, नोकरशाही तन्त्र जबरजस्तरुपमा लागू गरेका थिए । सोभियत सत्ता विरुद्ध नै श्रमजीवि जनता खडा हुन थालेका थिए । कुशासनका कारण सोभियत सत्ताप्रति आम पार्टी सदस्य जनताको मोह भंग भएको थियो ।
धेरै पार्टी सदस्य हुँदैमा पार्टी मजबुत हुँदैन विचारमा खँदिलो र फलामे अनुशासित र पार्टी लाईनप्रति दृढ पार्टी सदस्यले मात्र पार्टीलाई अघि बढाउँन सक्छ, रक्षा गर्न सक्छ, जनताकोवीचमा काम गर्नसक्छ, जनसेवक बन्न सक्छ भनि प्रष्ट पार्ने काम पनि पुस्तकले गरेको छ ।
त्यतिमात्र होईन लेनिनको नेतृत्वमा अक्टोबर क्रान्तिमा हेलिंदा र संसारलाई अचम्भित पार्दै समाजवादको स्थापना गर्दा लेनिनको पार्टीमा पार्टी सदस्य २० लाख मात्र थिए तर राष्ट्रपति गोर्भाचेवले सोभियत संघको विघटन गर्दा पनि वास्तै नगरी बस्ने अवस्थामा पुगेका सोभियत कम्युनिष्ट पार्टी बोल्शेभिकको पार्टी सदस्य दुई करोडभन्दा माथि पुगेको थियो । तर, उनीहरु माक्र्सवाद लेनिनवाद तथा बोल्शेभिकवादभित्रका खोक्रा वा गुदीविहीन र भ्रष्ट पार्टी सदस्य थिए ।
त्यसकारण भ्रष्टाचारलाई चिनिया कम्युनिष्ट पार्टीले अत्यन्तै खतरणाक र कम्युनिष्ट पार्टीलाई नष्ट गर्ने औजारकोरुपमा परिभाषित गरेको छ । भ्रष्टाचारले सबै प्रकारको पार्टी संयन्त्र, देश तथा सरकारलाई सिध्याउने क्यान्सर सरह मानेको छ ।
चिनिया कम्युनिष्ट पार्टीले जसरी व्यक्तिपूजाको चलनलाई निरुत्साहित र हतोत्साहित पारेको छ त्यसरी नै अनाबश्यक, अनर्गल टिकाटिप्पणि तथा पार्टी तथा संगठनलाई हानी पुर्याउने गरी वा ब्यक्तिगत लान्छना वा चरित्र हत्या गर्नमाथि पूर्णतः रोक लगाएको छ । पार्टी, पार्टी नेता तथा पार्टी सदस्यहरुमाथि दुरुत्साहन हुने वा देखिने गरी कुनै पनि प्रकारको दुष्प्रचारलाई निषेध गरेको छ । तर बैठकमा आलोचना आत्मालोचनालाई अनिवार्य बनाएको छ । त्यही थलोभित्र समाधान खोजेको छ ।
पार्टी महाधिवेशन, सम्मेलन वा प्रान्तीय, जिल्ला, नगर, गाउँ वा वडा स्तरीय कुनै पनि निर्वाचनमा मत किन्ने वा वेच्ने धम्क्याउने र मत बहिस्कार गर्न लगाउने , मत नदेवस भनि बहकाउँने, उक्साउने,  मत आफ्नो पक्षमा पार्ने र गलत ढंगले विजयी हुने जस्ता क्रियाकलापलाई अपराध मानेको छ र कार्वाही देखि रद्द गरी दण्ड सजायँ समेत गर्ने समेत बताएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहीतको ग्यारेन्टी गरेको छ ।

अर्को विषय पनि निक्कै उल्लेखनीय छ पार्टी मिटिङ्ग, भेला वा प्रशिक्षण कार्यक्रमहरुमा अनाबश्यक तामझाम सत्कार अर्थात खादा, माला र कुनै पनि नेताकोलागि ब्यक्ति पुजा झल्किने गरी अनाबश्यक अनेक शब्दावलि वा वाक्यको भरमार प्रयोग नगरी विषय केन्द्रित रहने कसैलाई पनि अनाबश्यक प्रभावमा पार्न अलंकारीक संकेत वा शब्दको प्रयोग नगर्ने भनिएको छ साधा जीवन उच्च विचार र आचरणलाई विशेष जोड दिइएको छ । र, आफैबाट शुद्धिकरण वा सुधारको अभियान प्रारम्भ गर्नुपर्दछ भनेर पटक पटक निर्देशन गरेको छ ।
चीनले शयौं वर्षदेखि परम्परामा रहेको ब्यक्तिको साशनको अन्त्य गरी शतप्रतिशत कानूनी साशनमा जनवादी चीनलाई रुपान्तरण गरिसकेको छ ।
शि जिन पिङ विचारधाराको संसारभरि प्रचार गर्न र विचारधाराको परिचय गराउँन ४० भन्दा बढि भाषामा एक करोडभन्दा माथि शि को संकलित रचनाहरुको पनि वितरण गरिरहेको छ ।
सबैभन्दा ठूलो कुरा त के हो भने अठारौं महाधिवेशनदेखि शि ले माओ विचारधारालाई पूर्णत पार्टीेको फाउन्डेशनकोरुपमा खडा गर्नुभएको छ । पार्टी अनुशासन, पार्टी संचालनलाई माओविचारधाराको जगमा थप उचाई प्रदान गर्नुभएको र आजको समुन्नत चीनको विकासमा माओको नै सबैभन्दा ठूलो देन रहेको प्रकाश पार्नुभएको ।

चिनीया कम्युनिष्ट पार्टी कहिले दायाँबाद, कहिले अति बाँयाबादबाट लड्दै जुझ्दै १०० वर्षको गौरबशाली इतिहास कायम गरेको पनि बताईएको छ । यसभन्दा अघिको दस्तावेजहरुमा महान सांस्कृतिक क्रान्तिलाई चीनको १० बर्षको सर्बनाशको बर्ष भनि प्रचार गरेको बाक्लै सुन्न र पढ्न पाइन्थ्यो भने हाल त्यसलाई बामपन्थी गल्ति थियो र त्यसबाट चिनिया कम्युनिष्ट पार्टीले सकारात्मक पाठ सिकेको पनि उल्लेख गरिएको छ । समग्रमा यी तीनवटा पुस्तक पढिसकेपछि हरेक देशका कम्युनिष्ट पार्टीहरुमा नयाँ आसा र नयाँ कार्यक्रम तथा मालेमावादको विकास र निर्माणमा शयौं गुणाको उर्जा थपिएको महशुस गर्दै निराशा र शत्रुपक्षको दुष्प्रचारको प्रतिरोध गर्न सक्षम हुने प्रष्ट छ ।

Jaya Karki, communistonline.com

सामूहिक नेतृत्वको अपरिहार्यतालाई सबैभन्दा बढि महत्व दिनुकासाथै व्यक्तिको साशनको अन्त्य नै भएको घोषणा गर्दै संसारभरिका कम्युनिष्ट पार्टीहरुसितको सम्बन्धलाई सुमधूर बनाउने सो भन्दा इतरका दल तथा सरकारहरुसितको सम्बन्धलाई पनि मजबुत बनाउने र आन्तरिक मामिलामा कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने र नरहने पनि प्रष्ट पारेको देखिन्छ ।

  • (पुस्तक उपलब्ध गराउनु भएकोमा अन्टुफ उपाध्यक्ष सोम कामरेडलाई धन्यवाद)

1 Comment

Leave a Reply

Your email address will not be published.


*