मई दिवस!-जय कार्की

बर्ग बैरी हरदम लागिरहेछन हामीलाई धुजाधुजा पार्न
बुझेका छन् बर्ग बैरीले पनि युनियन नै हो मजदुरको प्राण
त्यसैले हामीमाथि घुमाई फिराई गरिरहेछन सबै खाले आक्रमण
टिक्तैन शोषण-दमनकारी यो पुँजिवादी प्रणाली,
हात बाँधेर बस्यौ भने समूल नष्ट गर्न सकिन्न साथी,
आउ सामेल हौं मजदुर-किसान र दमितबर्गको मोर्चामा
अत्याचारी दमनकारी सत्तालाई नपल्टाई
पुग्दैनौ श्रमजीविवर्गको समाजवादी सत्तामा ।
मई दिवसको विश्वव्यापी सन्देशले भन्दैछ
ढुलमुले नीतिलाई परित्याग गर
संसार जित्न अघि बढ ।
Jaya Karki
Baishakh 3, 2079

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*