जिम्बावेका विद्रोही कवि चेन्जेराई होभ्सको कविताको एक अंश-अनुबाद जय कार्की
……………………………………
अस्विकार:
जब प्रहरी आएर तिम्रो ढाडमा
कोर्रा बजार्न थाल्नेछन्
तिमीले झुक्न अस्विकार गर्नुपर्छ
जब बिच्छीहरुले तिम्रो
आँखा र कानहरुमा डस्न थाल्नेछन्
तिमीले त्यसको बशमा पर्न
अस्वीकार गर्नुपर्छ
जब संसार घुम्न थाल्छन
यातना कक्षमा
तिमीले अस्वीकार गर्नुपर्छ
मर्न दिन्न
मेरो आत्मालाई!
..
अनुबाद –Jaya Karki,
February 20, 2021


Be the first to comment