अन्टुफ अभियान गीत भाग दुई

अन्टुफ अभियान गीत भाग दुई –२०८१ / शब्दः जय कार्की/ एआई परिकल्पना: प्रेम कार्की, रातु आवाज

 

गीत
हाम्रो क्रान्तिकारी माहासंघ
हाम्रो गतिशील अन्टुफ माहासंघ

कल कारखाना, सडकदेखि संसदसम्म
घन्किदैछ जिन्दाबादको नारा
यही नाराले ब्युँझिए यातायात, निर्माण, कृषि
बगान र सेक्युरिटी मजदुर सारा ।
घन्काउँदैछन अन्टुफ जिन्दाबाद
घन्काउँदैछन माहासंघ जिन्दाबादको नारा ।

अमानवीय ठेक्का–करार प्रणालीको बिरुद्धमा
उत्रिए नेपाल भरका क्रान्तिकारी मजदुर सारा ।
लाउँदै छन् नारा चाँहिदैन, चाँहिदैन ऐनको मजदुर विरोधी दफा र धारा

घरेलु, ब्युटिसियन, स्वयम सेबिका, गार्मेन्ट र कार्पेट मजदुर जागिसके आफ्नो हक लिन
यातायात क्षेत्रका इ रिक्सा र ट्याक्सी श्रमिकहरु झन बढी छन आक्रोशमा
घन्काउँदै छन अन्टुफ जिन्दाबादको नारा
घन्काउँदैछन माहासंघ जिन्दाबादको नारा ।

सल्लाह गर्दैछन् कानेखुशी गर्दैछन अपिल गर्दैछन्
महासंघले आन्दोलनको बिगुल फुक्छ कहिले
सप्तकोशी झैं गडगडाउँदै संघर्षमा उत्रिने छौं हामी तहिले।
घन्काउँदैछन् अन्टुफ जिन्दाबादको नारा
घन्काउँदैछन माहासंघ जिन्दाबादको नारा ।

खानी, पेट्रोलियम र ग्यास मजदुरले लिईसके कासन
मात्र बाँकी छ आन्दोलनको सलाई कोर्न ।

कारखाना मजदुर जागेका छैनन् र काहाँ ?
बनाउँन लागौ संंगठन छ्रैनन् हामी जहाँ जहाँ ।
घन्काउँदैछन अन्टुफ जिन्दाबादको नारा
घन्काउँदैछन माहासंघ जिन्दाबादको नारा ।

अति पेलिएका छन् अति हेपिएका छन् अति परेका छन शोषणमा
संघसंस्था, संचार र अस्थायी करारका निजामति कर्मचारी पनि
ज्वाला बनि दन्किन र पड्किन तयार छन् उनिहरु जतिखेर पनि ।
घन्काउँदैछन अन्टुफ जिन्दाबादको नारा
घन्काउँदैछन माहासंघ जिन्दाबादको नारा ।

मजबुत गतिशील संगठनको आधार बनाई
अमानवीय आउट सोर्सिङ्ग, ठेक्का र करार सिस्टमको करङ नभाँचि हुन्न
मजदुरमाथि गैरकानुनी हुकुम चलाउने जो कसैलाई पनि नढाली हुन्न ।
घन्काउँदैछन अन्टुफ जिन्दाबादको नारा
घन्काउँदैछन माहासंघ जिन्दाबादको नारा ।

लाल सलाम छ, लाल सलाम
विदेशमा पसिना बगाउने साथी सबैलाई।
देशको अर्थतन्त्र बलिष्ठ पारेका छौ रेमिटान्स पठाई ।
अब तिम्रो श्रमको गर्नुपर्दछ यो देशले अपार कदर
फर्कन झट्टै फर्क ए मेरा साथी संगिनी
तिमी नफर्के बन्दैन यो देश किमार्थ ।
घन्काउँदैछन अन्टुफ जिन्दाबादको नारा
घन्काउँदैछन माहासंघ जिन्दाबादको नारा ।

उठ उठ ट्रेकिङ र धातु श्रमिक एक भई उठ
यो देश कंगाल पार्ने भ्रष्टको टाउकोमा घनले ठोक

जाग जाग स्वास्थ्य र सरसफाईका प्यारा मजदुर सारा
मातृभुमीको राम्रो उपचार गर भ्रष्ट क्यान्सरको भेदै काट
सडिसकेको सिनो बनेकालाई कुचो लगाई डम्पिङ साईटमा फाल ।

घन्काउँदैछन अन्टुफ जिन्दाबादको नारा
घन्काउँदैछन माहासंघ जिन्दाबादको नारा ।
आउ मजदुर साथी आउ
संगठनमा आउ
आउ मजदुर साथी आउ
क्रान्तिकारी मजदुर महासंसंघ अन्टुफमा आउ ।
संसारका मजदुर एक हौं नारालाई जुरुक्कै उठाउँ
संसारका मजदुर एक हौं नारालाई जुरुक्क उठाउँ
संसारका मजदुर एक हौं नारालाई जुरुक्क उठाउँ

कार्तिक १, २०८१ साल काठमाण्डौ
शीर्षक : अन्टुफ अभियान गीत भाग दुई –२०८१
शब्दः जय कार्की
एआई परिकल्पना ः प्रेम कार्की, रातु आवाज

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*