अन्टुफ महासागर झैं अबिरल बगिरहनेछ!

-जय कार्की .......................................................................

अन्टुफ!
स्पातिलो बिचारबाट
खँदिलो भएको छ.
न त झुक्नेछ
न त थाक्ने छ
न त टुट्ने छ
न त फुट्ने छ
न त खहरे झैं सुक्नेछ
न त वाष्पिकरण भै उड्नेछ
न त ढिके नुनझै गल्ने छ
न त पछि फर्कने छ
न त यात्राबाट थाकेर
पलायन हुनेछ
न त कुनै दलदलमा फस्नेछ ।
न त चौतारीमा थकाई मार्न
सुस्ताउँनेछ ।
क्रान्तिको जगमा टेकेर
सहीदको सपना साकार पार्न
मातृभूमिको मुहार फेर्न
अघि बढिरहनेछ।
महासागर झैं अबिरल बगिरहनेछ
अघि बढिरहनेछ।
अघि बढिरहनेछ …

-Jaya Karki
Saun 13, 2079

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*