अनमोल छन् आप्रावासी श्रमिक– जय कार्की

बैदेशिक रोजगारी नेपालको लागि
नखाउँ भने दिनभरीको शिकार,
आँट गरी खाउँभने कान्छा बुबाको अनुहार ।
बिदेश नजाउँ देशमा रोजगारी फिटिक्कै छैन
बिदेश जाउँ जिउँदो फर्कि आउँने टुङ्गो छैन ।
भनि देउ न ए मेरा श्रमिक साथी!
यो दुर्दशा कस्ले बनायो हामीलाई ?
भए भरको देशभित्रको कलकारखानाहरु
उदारीकरण र निजीकरणको नाममा
कौडिको मोलमा पुँजिपति र दलाललाई जिम्मा लगाए
कलकलाउँदो युवा शक्ति सबलाई खाडि मुलुकतिर बेचि पठाए
मुलुक बाहिर जानलाई खुट्टा न उचालौं
ए नेपाली युवाजन!
अनेक दुःख जिलो गरी युवा श्रम शक्तिलाई मातृभूमिमै लगाऔं ।
उदारीकरण र निजिकरण गरी देशलाई बेरोजगारीको कारखानामा
बदल्ने बदमास बिदेशीका दलालहरुलाई
एकजुट भई घोक्रेठ्याक लाउँ ।
हाम्रो मात्रृभूमि अरु कसैले यहाँ आई बनाउँदै बनाउँदैन
अमूल्य युवा जनशक्तिलाई बिदेशमा धकेलिरहे,
यो शुन्दर प्राकृतिक छटाको देशले कदापि मुहार फेर्दै फेर्दैन ।
– December 18, 2021( Paush 3, 2078)
On the occasion of the international Migrants worker Day.
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*