“कम्युनिष्ट आदर्शहरुप्रति निष्ठा”- मिखाएल शोलोखोव

मि. शोलोखोवको रचना हृदय के आदेश पर बाट पेज १८८ देखी १९०
सम्भवतः कलाको कुनै पनि अरु क्षेत्रमा बिभेदिकरण यस्तो विधि छैन जति धेरै साहित्यमा छ । एउटा उपन्यासमा, जसको पात्रहरुको आत्मिक संसार एबम् राजनीतिक विचार उपन्यासमा अभिव्यक्त हुन्छ । लेखक आफ्नो सहानुभूति र विद्धेषलाई लुकाउन अथवा त्यसमाथि पर्दा हाल्नमा असमर्थ हुन्छ । उः पाठकबाट आफ्नो विचारधारात्मक विश्वासलाई लुकाउन सक्तैन ।
अलग अलग लेखकहरुको बारेमा चर्चा गर्नुको अर्थ हो साहित्यको बारेमा चर्चा गर्नु, किनकि कलात्मक चिन्तन र साहित्यिक परम्पराहरुको निरन्तरताद्धारा घनिष्ठतासित जोडिएको हुन्छ । हामी लेखक बस्तुतः एउटा श्रृंखलाको अलग अलग कडि जस्तै हौं ।
हाम्रो समयमा जीवनले यो प्रमाणित गरिदियो कि मात्र त्यो कला जनताको वीच जीवित रहन्छ तथा लामो समयसम्म जीवित रहने अधिकार त्यसले प्राप्त गर्दछ, जस्ले जनताको हितको पूर्ति गर्नसक्छ ।
र स्वभाविकरुपले त्यो कला जसले मात्र गुलाम बनाउँने वर्ग, यस्ता परजीविवर्गको आत्मिक आवश्यकताहरुलाई पूरा गर्दछ, जसको ऐतिहासिक रंगमन्चबाट पटाक्षेप भैरहेकोछ, त्यसको विनाश र विस्मृत अवश्यम्भावी छ ।
यो आधुनिक साहित्यको इतिहासले सुस्पष्ट पारेको छ । गद्य र काब्य दुबैमा बुनिन चाहे जति नै प्रतिभाशाली किन नहुन्, तिनलाई लगभग भुलिइसकिएको छ, र हाम्रा पाठकहरुमाझ विशेषरुपले नौजवानहरुको वीच निक्कै कम परिचित छन् । यो यस कारणले होइन कि त्यो सोभियत संघमा प्रकाशित थिएन ।
अर्को तर्फ, गोर्की र सेराफिमोविच कहिल्यै विस्मृत हुने छैनन् । उहाँहरु बुनिनको समकालिन हुनुहन्थ्यो । उहाँहरुले साहित्यिक दृश्य पटलमा एकसाथ पदार्पण गर्नुभएको थियो, तर उहाँहरुले अलग अलग तरिकाले जनताको सेवा गर्नुभएको थियो । यसकारण उहाँहरुको कृतिहरुको मूल्याँकन पनि फरकफरक तरिकाले गरिन्छ । बुनिनलाई अर्सेन्येवको जीवन कथासंग्रहकोलागि नोबेल पुरस्कार प्रदान गरिएको थियो । जबकि स्वीडिश एकेडेमीले गोर्कीलाई क्लिम साम्गिनको जीवनको लागि त्यसरी सम्मानित गरिएको थिएन । गोर्कीको यो कृति शैलीमा परिनिष्पन्न तथा जारशाही रुसमा समाजको सबै वर्गहरु र तप्काको आफ्नोे सर्बग्राही बर्णनमा निकै व्यापक छ ।
यसतै प्रकारले स्वीडिश साहित्यिक समालोचकले गोर्कीको उत्कृष्ट उपन्यास अर्तामोनोव परिवार माथि ध्यान दिन चुकेका थिए । यही चीज सेराफिमोविचको लौह धारा तथा सोभियत गद्यको अरु धेरै महत्वपूर्ण रचनाहरुको साथ पनि भएको छ ।
जस्तैकि तपाईंलाई थाहा छ, अन्तर्राष्ट्रिय रंगमन्चमा कलाकृतिहरुको मूल्याँकन पनि बर्गीय हितहरुको आधारमा गरिन्छ र यसबाट पनि पूँजिवादी सिद्धान्तकारहरुको यो बक्तव्य गलत सिद्ध हुनजान्छ कि कला आफ्नो स्वरुपमा वर्गहीन हुन्छ ।
सोभियत जनताले एक साधारण लेखक अलेक्सान्द्र सेराफिमोविचको जन्म शताब्दी मनाई रहेका छन् । गोर्की, मायाकोवस्की, अलेक्सेई तोल्सतोय, येसेनिन र सेर्गेयिव त्सेन्स्कीको रचनाहरुलाई हाम्रो देश अथवा पूरै संसारले कहिल्यै पनि बिर्सन सक्दैन र त्यो भावी पींढिहरुलाई एउटा साँस्कृतिक सम्पदाकोरुपमा विरासतमा हमेसा प्राप्त हुनेछ ।
लौह धारा उपन्यास सोभियत साहित्यको अमूल्य सम्पति हमेशा बनिरहनेछ । सेराफिमोविचले लेख्नु भएको पुस्तकहरुमा यो उपन्यास हाम्रो लागि यसकारणले विशेषरुपबाट मूल्यवान छ कि यो ती प्रथम दुई पुस्तकहरु, दोश्रो पुस्तक फुर्मानोवको विद्रोह हो मध्ये एक थियो, जसले ती बीरहरुको एक प्रभावशाली चित्रण प्रस्तुत गरेको छ, जुन सत्ता एबम् कम्युनिज्मको महान उदेश्यको योद्धाहरु अघिल्लो पंक्तिहरुमा थिए जुन क्रान्तिको ती प्रथम सैनिकहरुप्रति प्रेम र आभारले अनुप्राणित थियो ।
अलेक्सान्द्र सेराफिमोविचको सम्पूर्ण जीवन उनको रचनाहरुको सरह नै बस्तुतः क्रान्तिकारी थियो । अन्त्यसम्म उहाँहरुले इमान्दारीपूर्वक प्रगति, क्रान्ति र हाम्रो कम्युनिष्ट पार्टीको सेवा गरे ।
हामी, दोनका मानिस, सेराफोमिविचप्रति एक विशेष आभार एवम् हार्दिक सम्मानको भावना केवल यसकारणले नै राख्दैनौं कि उनको पालनपोषण हाम्रो प्रदेशमा भएको थियो । यसकारणले पनि राख्तछन कि त्यो त्याहाँका ती सबै निवासीहरु चाहे ती कज्जाक, नवागान्तुक, कुबान कज्जाक हुन् वा स्ताब्रोपोल क्षेत्रको किसानको साथ पितातुल्य सहानुभूतिकासाथ व्यवहार गर्दथे जस्ले रुसको दक्षिणमा सोभियत सत्ताको स्थापना गर्न र त्यसलाई मजबुत बनाउँनको लागि हतियार उठाएका थिए र त्यसको शक्तिलाई आफ्नो रगतले सुदृढ गरेका थिए ।
मेरो विचारमा आज यो हाम्रो दोन प्रदेशमा जुन चीज बनिरहेकोछ, तीे हाम्रो यस असाधारण, सुप्रशिद्ध लेखक तथा देशबासीको सबैभन्दा भव्य स्मारक हुनेछ ।
हामी पाठक यस राम्रो र आकर्षक ब्यक्तिको स्मृतिलाई हमेशा बनाई राख्नेछौं र उहाँको पुस्तकहरुलाई संरक्षण गरेर राख्नेछौं, जसले कम्युनिष्टको उदेश्यलाई पूर्ति गर्दछ ।
मि. शोलोखोवको रचना हृदय के आदेश पर बाट पेज १८८ देखी १९०
सन १९६३
अनुवादः जय कार्की,
काठमाण्डौ
असोज २८ गते २०७९ साल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*