कविताः आत्मालोचित मान्छे –जय कार्की

खाँचो छ अचेल
तोड्नेहरुलाई पनि
जोड्नेको ।
चाहिएको छ
खण्ड खण्ड गर्नेलाई पनि
अखण्ड गर्नेको ।
आवश्यक छ अचेल,
घाउमा नुुन चुक घोप्ट्याउनेको होइन
मलम पट्टि गर्नेको ।
खाँचो छैन यहाँ
कुण्ठा र निराशाको भतेर लाउनेको
खाँचो छ्रैन यहाँ,
बर्गीय आन्दोलनमाथि भ्वाँङ पार्नेको
खाँचो छैन यहाँ, उत्पीडित
जातीय आन्दोलनको छाला काढ्नेको
खाँचो छ याहाँ अचेल,
अन्धभक्त र महिमा मण्डन गर्नेका बिरुद्ध
आत्मालोचित चेत भएको मान्छेहरुको ।
चैत्र १४ गते २०७९ साल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*