कविताः संकल्प- जय कार्की

जीवनको परिभाषा खोज्दै
मुक्त संसारको निर्माणमा
दौड़ीरहेंछौं ।
अब त जीवनको उत्तरार्धमा पुगिसक्यौं
तरपनि देश र जनताको जीवनलाई
यसो नियालेर हेर्दा तात्त्विक अंतर देखेनौं
साधु चोर बनेको छ, डाकू साशक बनेको छ
त्यस्कारणले नै नेपालीजन झनझन पछि
धकेलिएको छ ।
सहनु हुन्न नेपालीजन अति भो,
पापको घैंटो भरिन लाग्यो
जती दबिनु थियो पहिला नै दबियौं
अब कदापि सहन्नम
तिनका काला कर्तुत विरूद्ध अंतिम धावा
अबस्य बोल्छौ !
कमजोर नठान समय र परिस्थितिले
हामीलाई मज़बूत बनाउँदैछ
भ्रष्ट शासकहरुलाई गद्दीबाट गलहत्याई
सड़कमा पछार्न हामीलाई पनि आऊंछ !
तबैमात्र यो देशमा भुईं मान्छेले
न्यायको सास फेर्न पाउँछ !!
• Kartik 13,2078
• Kathmandu.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*