जय कार्की
…………………
उ त संगै थियो- आत्मा मिलेको थिएन,
हो… संगै थियो तर उसले कहिल्यै हुँडेल्न र
भत्काउँनु भन्दा केही गरेन ।
संघर्षमा संगै थियो उस्ले सुराकी गर्नुभन्दा
अरु केही जानेन,
उ हामी संग–संगै थियो,
तर उस्ले शोषणको हतियार भन्दा
बाहेक अरु चलाउँनै जानेन
उ अन्तिम दिनसम्म पनि ङिच्च हाँसी सलाम भन्दै
ठगी धन्दा लुकाउँन पछि परेन ।
श्रमजीवि बर्गको पक्षमा काम गरे जस्तो गर्दै,
संगठन र नेतृत्वलाई सखाप पार्न उस्ले कहिल्यै छाडेन ।
मजदुरको सुमधुर गीत गाउँदै मजदुरमाथि नै
छुरा रोप्न कहिल्यै छाडेन ।
सबै स्वार्थ पूरा गरी भ्रष्टाचारको आहालमा डुबेपछि
पानीमाथिको ओभानो बन्न
उल्टो तथानाम आरोप जड्दै ,
हतार हतार गुँडभरी बिष्ट्याएर उड्यो ।
कालो अरिङाल भाग्यो, धमिरा मर्यो राम्रै भयो ।
अब सक्कली र निर्दोष माहुरीहरुलाई भित्र्याई,
बलियो एकताकासाथ झन मजबुत घारहरु बनाऔं ।
अवसरवादी तत्व पलायन हुँदा के को पश्चाताप ?
दिलो ज्यान दिएर झन् आफ्नो किल्लाको रक्षा गरौं ।
Be the first to comment