कविता: जीवन्त मुहान – गाफुर गुल्याम

सम्पूर्ण पृथ्वीमण्डल
ब्युँझेको छ आज,
सत्यझैं शक्तिशाली
लेनिनको आवाजले ।
एशियाले फ्याँकिन्
सुषुप्तताको घुम्टो आफ्नो,
र अफ्रिका लम्किन्
मिर्मिरेलाई भेट्न ।
लाखौंलाख नदीनाला
मिले एउटै प्रवाहमा ।
नयाँ पुस्ताको
सुखसमृद्धिको नाममा ।
को रोक्न सक्छ अब
बीचैमा त्यस प्रवाहलाई,
जसको जीवन्त मुहान हो-
लेनिन ।
………..
– लेनिन गाथाबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*