कविता: प्यारो घाँसीको झल्झल समझना आयो

दरबार हाईस्कूलको सान बढ़ाएको छु
रानीपोखरीतिर हरदम टुलुटुलु हेरिरहेको छु
दिनमा हजारौं गाड़ीको प्रदूषणको थप्पड़ खाँदा खाँदा
धुलाम्मे भएर चिनी नसक्नुको भएको छु
बेस्याहर, धुलो, कर्कश आवाज़ले
जीर्ण र पिंडरोगी रोगी भएको छु
कसैलाई मेरो हेर-विचारको फ़ुरसद छैन
राजधानीको मुटुमा बिराजमान भएजस्तो मात्रै भो
समझना त चुंदी रम्घाको नै भो
भरजन्म घांसकाटी जनसेवा ग़र्ने मेरो
प्यारो घाँसीको झल्झल समझना आयो ।
  • जय कार्की,
  • 3 Feb 2024.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*