कविता: मधेशको साँढे र तोरीबारी

  • जय कार्की
भ्रष्टहरुको जमात बाहिरबाट हेर्दा
जति मजबुत र खँदिलो देखिन्छ
भित्रभित्रै त्यत्तिक्कै धमिराले खाएको
उत्तिसको रुख जस्तै खोक्रो हुन्छ
सबलाई फाँडुला झैं गरी मधेशको साँढेले
तोरीबारी सोत्तर पारेझै तुजुक देखाउँछ
साँढेको सिङको फेदमा कटबाँसको
लाठि बजारेपछि जसरी ग्वाँग्वाँ गर्दै ढुन्मुनिदै भाग्छ
त्यसरी नै जतिसुकै बलिष्ठ भ्रष्टचारी पनि
न्यायको कठघरामा ठिंगुर्याएपछि
घाममा सेकाएको मुलाको सागझै
लल्याक लुलुक परी फतक्क गल्छ ।
तर पनि नाक जोगाउनकालागि
“म निर्दोष छु” भन्दै डुक्रिरहन्छ !!
-माघ १७, २०७९ साल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*