कविता: सामना!

जय कार्की …………………………………………..
सामनाजी!
अब आफै शुरु गरौं
अरुले गरिदेलान्को अपेक्षा नगरौं
खिया लागेको हतियारलाई अर्जापेर
धारिलो बनाउँ
विचारमा लागेको खोटलाई पखाल्न
आलोचना र आत्मालोचनालाई
सिरोधार्य गरौं
मन मात्र फाटेको भए
मन मिलाउने सियोले सिलाउँ
भ्रष्टाचारको मलमूत्रको आहालमा
डुबेकालाई भने
बन्चरेडाँडामा बिसर्जन गरौं ।
सामनाजी!
हामी आफै अग्रसर बनौं
ढुक्क हौं अरुपनि आउनेछन्
अबश्य साथ दिनेछन्
…………………………………..
जय कार्की
साउन १७,२०८० साल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*