कविता- “स्वर्णिम पलहरु”

…………………….–जय कार्की
दिन र रातको फन्को मार्दै
ऋतु परिवर्तन संगै
याम परिवर्तन संगै
दशक परिवर्तनसंगै
युगीन इतिहासका
स्वर्णिम पलहरु र
मिश्रित अनुभूतिहरु
अझ तिख्खर संझनाका
शीलालेख बनिरहन्छन्
बन्द बाकस र आभासमा
मात्र होेइन
ज्वलन्त दैनिक
उदाहरण बनिरहन्छ
प्रतिच्छायाँ बनि बल्झिरहन्छ
यसो गर, उसोचाँही नगर
भनि मिठासकासाथ
दिशा सूचक यन्त्रले झैं
खबरदारी गरिरहन्छ ।
घटना आकस्मिक घट्छ पनि
घटाईन्छ पनि
त्यो विस्तारै बिस्मृतिमा
प्रबिष्ट हुन्छ पनि
तर इतिहास बनि त्यस्ले
पछ्याई रहन्छ
संझाई रहन्छ
मथिङ्गलको साँचो
खोलिरहन्छ
अनिश्चितै भएपनि
फेरी भेटौंला भनि
आसा जगाई रहन्छ
अपेक्षा जगाई रहन्छ
समयको चापसंगै
निरन्तर दौडिरहन्छ ।
फन्फनी फन्को मारिरहन्छ
सौर्य मण्डलले बनाएको
कठोर अनुशासनले झैँ ।
चैत्र ३०, २०७८ साल काठमाण्डौ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*