हामी जित्ने छौं, हामी जित्ने छौं एक दिन पिट सीगर- प्रशिद्ध अमेरिकी जनगायक

  •  प्रशिद्ध अमेरिकी जनगायक पिट सीगर
सुप्रशिद्ध अमेरिकी लोकगायक पिट (पिटर) सीगरको जन्म मई ३, १९१९ मा अमेरिकाको म्यानहाटनमा भएको थियो भने जनवरी २७, २०१४ मा ९४ बर्षको उमेरमा दिबंगत भएका थिए । उनी अमेरिकी लोक गायकका नामले निकै परिचित थिए ।
संगीत क्षेत्रको अति महत्वपूर्ण ग्राम्मी अवार्ड लगायत कैयौं सम्मानद्धारा सम्मानित थिए उनी । सामाजिक कार्यकर्ताको हैशियतले पनि निकै चर्चामा रहेका पिटले अन्याय अत्याचार, दमन धरपकड, भियतनाम युद्ध, उपनिवेशबादी नीति,काला जातिमाथि गरिने बर्बर आतंक श्रमिकहरुको पक्षमा न्यायको माग गर्दै उनीहरुको आन्दोलनमा साथ दिएकोले र श्रमिकहरुको पक्षमा गीत रचेर गाएर जनमत तयार गरेकोले कम्युनिष्ट भएको आशंका गरी कालो सूचिमा राखिएको थियो ।
कानुनी तथा अदालति अनुसन्धानबाट प्रमाणित पनि भएन उनी सरकार सामु झुक्ता पनि झुकेनन । उनले जनताको पक्षमा जिवन पर्यन्त गाउन पनि छाडेनन । ”हामी जित्ने छौ हामी जित्ने र्छौं ” बोलको गीतलाई इन्टरनेशनल गीतको नयाँ कडि भनि अत्यधिकले अझै पनि उत्तिक्कै मन पराईरहेका छन भन्नु हुन्छ रेडियो डेमोक्रयासी नाउ की प्रस्तोता एमी गुडम्यान ।
सो गीतलाई नेपालीमा प्रगतिवादी वरिष्ठ गायक रामेशले अनुवादसहित संगीतबद्धगरी आफैले गाउँनु भएको छ । यो गीत नेपालमा पनि त्यत्तिक्कै लोकप्रिय रहेको छ । गायक रामेशको दुई दर्जनभन्दा ठूलो संगीत मण्डलीले १०० औं अक्टोबर क्रान्ति दिवसको समापन समारोहको लागि अन्तिम गीतकोरुपमा गाएको थियो । त्यसपछि यो गीत झनै लोकप्रिय भएको छ ।
अंग्रेजी भाषामा अति सामान्य र सबैले सहजै बुझने शैलीमा रचित यो गीतले बोकेको भावनालाई आत्मासाथ गर्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो । पिट सीगरप्रति फेरी एकपटक गहिरो संझाना सहित उहाँको गीत । यो गीत जोन बायज लगायत अरु अरु गायकहरुले पनि केही नयाँ शैलीमा गाएका छन । तर सबैभन्दा मीठो शैलीमा गायक रामेसले गाएको महशुस भयो किनकी मातृ भाषामा भएकोले र उहाँको गाउँने शैली नै निकै फरक पनि छ ।
गीतकार : पिट सिगर
संगीत तथा स्वर : रामेश श्रेष्ठ
हामी जित्ने छौं
हामी जित्ने छौं
हामी जित्ने छौं
हो हो
हृदयदेखि विश्वास गर्छौं
हामी जित्नेछौं
एक दिन
एक जुट हुँदैछौं
एक जुट हुँदैछौं
एकजुट हुँदैछौं
सबै
हो हो
हृदयदेखी विश्वास गर्छौं
हामी जित्नेछौं एक दिन
हामी निडर छौं
हामी निडर छौं
हामी निडर छौं
सबै
हो हो
हृदयदेखी विश्वास गर्छौं
हामी जित्नेछौं
एक दिन
सत्यले जित्नेछ
सत्यले जित्ने छ
सत्यले जित्ने छ
एक दिन
हो हो हो
हृदयदेखी विश्वास गर्छौं
हामी जित्नेछौं एक दिन
विजयी बन्ने छौं
विजयी बन्नेछौं
विजयी बन्नेछौं
एक दिन
हो हो
हृदयदेखी विश्वास गर्छौं
हामी जित्नेछौं एक दिन
मिलेर बस्नेगर्छौं
मिलेर बस्नेछौं
मिलेर बस्नेछौं
सबै
हो हो
हृदयदेखी विश्वास गर्छौं
हृदयदेखी विश्वास गर्छौं
हृदयदेखी विश्वास गर्छौं
हामी जित्नेछौं हामी जित्नेर्छौं
हामी जित्नेछौं
एक दिन!
-Jaya Karki.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*