चीनिया मजदुर कवि सु लिझीको दुई कविता

कवि सु लिझी: चीनिया मजदुर कवि/भावानुवादः जय कार्की/ श्रोतः सिमरन, मजदूर बिगूल २०१४

४). म एकपटक समुद्र हेर्न चहान्छु

म एकपटक समुद्र हेर्न चहान्छु
बितेको आधा जिन्दगीमा बगेको आँसुको सागर हेर्न चहान्छु
म एउटा अर्को पहाड चढ्न चहान्छु
विगतमा हराएको मेरो आत्मा
फिर्ता लिन खोज्न चहान्छु
म आकाशलाई छोएर त्यसको
हलुका निलोपन महशुस गर्न चहान्छु
तर म यो केही पनि गर्न सक्तिन
यसकारण म जान चहान्छु यो पृथ्वीबाट
कसैले पनि मेरो विषयमा सुनेको भए
उसलाई म गएकोमा अनौठो नलागोस्
न त दुःख मान्नु परोस
म राम्रै आएको थिएँ आउँदा, र
म जाँदा पनि राम्रैसित जान्छु ।
भावानुवादः जय कार्की
असोज २९ गते २०८१ साल
जोरपाटी, काठमाण्डौ

५). मेसिन पनि ढुसुढुसु उम्दिैछ

मेसिन पनि ढुसुढुसु उम्दैछ
सिलबन्दी गरेको कारखानमा भरिभराउ छ बिरामी फलाम
पारिश्रमिक लुकेको छ पर्दाको पछिल्तिर
त्यसरी नै जसरी तन्नेरी मजदुरले आफ्नो मायालुलाई
लुकाउँछ आफ्नै छातीभित्र
अभिव्यक्तिको समय नै नपुगि
धुलोमा फेरिन्छ ।

तिनको भुँडी फलामले बनेको छ
सल्फ्युरिक, नाइट्रिक एसिड, जस्तो गाढा तेजाबले भरिएको छ
समयभन्दा पहिला नै उनको आँखाबाट आँसु झर्ने मौका नपाउँदै
यो उद्योगले उनलाई निलि सक्तछ
समय बगिरहेको छ उनको टाउको धुवाँमा हराउँछ
उत्पादनले उनको उमेर खाएको छ
पींडाकासाथ दिन रात नै ओभरटाइम गर्दछन्

उनलाई समय भन्दा पहिला नै एउटा साँचोले
उनको शरीरबाट छालालाई अलग गरिदिन्छ
र आल्मुनियमको एक तह गाँसिदिन्छ
यसो गर्दा पनि अझै केही बाँकी रहन्छ
र अरु ती सबै रोगको पोल्टामा पर्दछन्
यसै अवस्थाबाट गुज्रिदै उम्दै पहरेदारी गरिरहेको छु
म मेरो आफ्नै जोवनको चिहानको

लेखक सु लिझी को परिचय-
यी कविताहरू चीनको फक्सकन कम्पनीमा कार्यरत मजदुर सु लिझीका हुन् । लिझीले ३० सेप्टेम्बर २०१४ का दिन उदारवादी आर्थिक प्रणालीले मजदुरवर्गमा लादेको शोषण, दमन र अत्यचार सहन नसकी २४ वर्षको अल्पायुमा आत्महत्या गर्न बाध्ये भएका थिए । त्यसकारण यो आत्महत्या होइन, यो मुनाफाखोर प्रणालीले एक होनहार युवा श्रमिकको सपना र बाँच्ने इच्छाको घाँटी थिचेर मार्यो भनिन्छ ।
लिझीको यहाँ प्रस्तुत गरेको कविताले संसारभरिका मजदुरको हालत र वेदना बोकेको प्रतित हुन्छ ।
लिझी कविता, निबन्ध, चलचित्र समीक्षा र वर्तमान घटनाहरूमा टिप्पणीहरू सहित साहित्यिक कार्यको उल्लेखनीय काम गरेका थिए । फक्सकन कम्पनीमा उत्पादन लाइनको मजदुर भएर दुई वर्ष काम गरेका थिए । लिझीको ३० वटा रचना स्थानीय पत्रिकामा प्रकाशित भएको थियो शेन्जेन इभिनिङ्ग न्युज उनका कविता लेख रचनाहरु श्रद्धान्जलिस्वरुप प्रकाशन गरेको थियो । उनको बारेमा लिबडटकम अनलाईनमा बिस्तृत चर्चा गरिएको लेखरचनाहरु प्रकाशित गरेको छ ।

भावानुवादः जय कार्की
असोज २९ गते २०८१ साल
जोरपाटी
काठमाण्डौ
श्रोतः सिमरन, मजदूर बिगूल २०१४ बाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*